समाचार
विराटचोकमा स्वच्छ पिउने पानीको लागि आधुनिक प्रविधिको धारा निर्माण हुने
विराटचोकः सुन्दरहरैँचा नगरपालिकाको विराटचोक बजारमा आरो प्रविधिद्वारा फिल्टर गरिएको स्वच्छ पिउने पानीको सार्वजनिक धारा निर्माण हुने भएको छ ।
वडा नम्बर १२ र नगरपालिकाको बजेटबाट करीब ९ लाख लागतमा महेन्द्रा प्युरिफायर प्रा.लि.ले धारा निर्माण गर्ने भएको हो । कम्पनीका प्रदेश १ प्रमुख सुशील घिमिरेले काठमाडौ बाहिर पहिलो पटक यो प्रविधिको धारा निर्माण हुने बताए । एउटा सेन्सरसहित २ वटा धारा सञ्चालन हुने भएका छन् । धारा निर्माण गर्न मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी र वडाध्यक्ष रोशनप्रसाद ढकालले संयुक्त रूपमा शिलान्यास गरे ।
यात्री र किनमेल गर्न आउने नागरिक, व्यापारीहरूलाई निःशुल्क स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले आधुनिक धारा निर्माण गर्न लागिएको नगरप्रमुख गुरागाईले बताए ।
कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्की, निवर्तमान अध्यक्ष नवराज चापागाईंलगायतको उपस्थिति रहेको थियो । यो धारा १ महिनामा निर्माण सकिने कम्पनीले जनाएको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login