Connect with us
Advertisement

प्रदेश सरकारद्वारा नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित

Published

on

विराटनगरः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी र प्रशिक्षकलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले नगदसहित सम्मान गरेको छ ।

मंगलवार इटहरीमा एक कार्यक्रम गरी प्रदेश नम्बर १ बाट पदक जितेका ८६ जना खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगदसहित सम्मान गरेको हो ।

स्वर्ण पदक खेलाडीलाई जनही नगद एक लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारसहित सम्मान गरिएको हो । प्रशिक्षकलाई नगद २५ हजार र ब्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको हो ।

गत भदौमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकले १० स्वर्ण, २३ रजत र ५३ कास्य गरी ८६ पदकका साथ छैटौ स्थान हासिल गरेको थियो । खेलाडी तथा प्रशिक्षकलाई मुख्यमन्त्री राजेन्द्र राईलगायतले सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले वाचा गरेअनुरुप प्रदेशको लागि पदक लिएर आउने खेलाडीलाई सम्मान गरिएको बताए । बोर्डका सदस्य सचिव हंशराज वाग्लेले लथालिङ्ग रहेको प्रदेशको खेल गतिविधिलाई आफ्नो १० महिनाको कार्यकालमा केही मात्र भए पनि जागरुक बनाएको उल्लेख गरे ।

सामाजिक विकास मन्त्री राजन राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, कानुन मन्त्री केदार कार्की लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोर्डकी उपाध्यक्ष जीनाजंग कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा बोर्डका सदस्यहरु शैलेसकुमार विष्ट, रोशनी राई, प्रदीप भगत, रितेश श्रेष्ठ, थलु राजभण्डारी, सन्दीप राई तथा जीवन राईको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक