Connect with us
Advertisement

प्रदेश सरकारद्वारा नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित

Published

on

विराटनगरः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी र प्रशिक्षकलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले नगदसहित सम्मान गरेको छ ।

मंगलवार इटहरीमा एक कार्यक्रम गरी प्रदेश नम्बर १ बाट पदक जितेका ८६ जना खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगदसहित सम्मान गरेको हो ।

स्वर्ण पदक खेलाडीलाई जनही नगद एक लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारसहित सम्मान गरिएको हो । प्रशिक्षकलाई नगद २५ हजार र ब्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको हो ।

गत भदौमा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकले १० स्वर्ण, २३ रजत र ५३ कास्य गरी ८६ पदकका साथ छैटौ स्थान हासिल गरेको थियो । खेलाडी तथा प्रशिक्षकलाई मुख्यमन्त्री राजेन्द्र राईलगायतले सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले वाचा गरेअनुरुप प्रदेशको लागि पदक लिएर आउने खेलाडीलाई सम्मान गरिएको बताए । बोर्डका सदस्य सचिव हंशराज वाग्लेले लथालिङ्ग रहेको प्रदेशको खेल गतिविधिलाई आफ्नो १० महिनाको कार्यकालमा केही मात्र भए पनि जागरुक बनाएको उल्लेख गरे ।

सामाजिक विकास मन्त्री राजन राईको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, कानुन मन्त्री केदार कार्की लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोर्डकी उपाध्यक्ष जीनाजंग कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा बोर्डका सदस्यहरु शैलेसकुमार विष्ट, रोशनी राई, प्रदीप भगत, रितेश श्रेष्ठ, थलु राजभण्डारी, सन्दीप राई तथा जीवन राईको उपस्थिति थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।

साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

Continue Reading

Banner

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४ सय २६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभयो ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय २० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १ सय २ मतले पराजित हुनुभएको थियो ।

यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदातामध्ये ६७ हजार ६ सय ६४ मत खसेको थियो । यहाँ ३ हजार ८ सय ८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

Continue Reading

Banner

चितवन–३ मा साेविता गाैतम फराकिलाे मतान्तरले विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी हुनुभएकाे छ । निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएकाे छ ।

साेविता गाैतम प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक