Connect with us
Advertisement

कादम्बिनीमा कपिल दाहालको नेतृत्वमा नयाँ सञ्चालक समिति, निर्विरोध चयन भएका पदाधिकारीमध्ये अधिकांश नयाँ

Published

on

विराटचोकः कादम्बिनी कृषि सहकारी संस्था सुन्दरहरैंचा ७ मा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको संस्थाको १० औँ साधारणसभाले कपिल दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन समितिका सदस्य इन्द्रकुमार राईका अनुसार संस्थाको कार्यसञ्चालन समितिका लागि दिइएको निर्धारित समयमा निर्वाचन गराउनुपर्ने गरी उम्मेद्वारी नपरेपछि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

राईका अनुसार कार्यसमितिको अध्यक्षमा कपिल दाहाल (कमल) चयन भएका छन् । उपाध्यक्षमा शर्मिला आचार्य, सचिवमा मिलन लुइँटेल र कोषाध्यक्षमा अम्बिका अधिकारी (सिटौला) चयन भएका हुन् । सदस्यहरुमा रुपा सापकोटा, तारा दाहाल, मातृका चौलागाईँ, हरि आचार्य र जीतकुमारी पहाडी चयन भएका छन् ।

लेखा समिति संयोजकमा खेमचन्द्र अधिकारी र सदस्यहरुमा पर्शुराम आचार्य तथा राजेन्द्र पोखरेल चयन भएका छन् ।

सचिव लुइँटेल र सदस्य दाहाल मात्रै पुरानै कार्यसमितिका पदाधिकारी चयन भएका हुन् ।

साधारणसभाको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले फूलका बिरुवा रोपेर गरेका थिए । सहकारीका सात सिद्धान्तमध्ये पाँचौँ सिद्धान्त शिक्षा, तालीम र सूचनाको सिद्धान्तअनुसार अघि बढ्ने सहकारी सधैँ सफल हुने उनले बताए । गँड्यौले मल र प्राङ्गारिक मल उत्पादनमा शेयर सदस्यलाई संस्थाले अग्रसर गराउनुपर्ने उनको भनाइ थियो ।

विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवन सिंह मगरले सहकारीमा रासायनिक मल नआउँदा वा कम आउँदा वडासम्म गुनासो आउने गरेको तर त्यसमा आफूले केही गर्न नसक्ने बताए । राज्यले नै पर्याप्त मात्रामा मल ल्याउन नसकेकाले सो समस्या देशभरका किसानको साझा समस्या भएको बताए । प्राङ्गारिक मल उत्पादन र प्रयोगमा शेयर सदस्य तथा संस्थाले ध्यान दिनुपर्ने उनले जनाए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष मनोज दाहालले र लेखा समितिको प्रतिवेदन लेखा संयोजक निराजन धमलाले गरेका थिए ।

कार्यक्रममा शेयर सदस्यका परिवारका ज्येष्ठ सदस्य तथा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

संस्थका अध्यक्ष मनोज दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मिलन लुइँटेलले गरेका थिए । संस्थाकी उपाध्यक्ष सरस्वती दाहालले स्वागत मन्तव्य राखेकी थिइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक