समाचार
राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने

काठमाडौंः राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने पूर्व स्वास्थ्य राज्यमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले बताएका छन् । बैंकको दोस्रो साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए ।
पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएकोमा त्यसलाई खाद्य बैंकले सुधार गर्नेमा आफू विश्वस्त भएको बताए ।
राष्टिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरुको सापनाले मूर्त रुप लिन थालेको बताए । अध्यक्ष उप्रेतीले खाद्य बैंकले कृषि उत्पादन ४ वटा प्रदेशका २३ वटा जिल्लाबाट गरिरहेको र आगामी दिनमा सातै प्रदेशबाट अर्गानिक कृषिउपज उत्पादनमा लागि पर्ने बताए । रैथाने बालीहरु समाप्त हुँदै गएको र बजारमा पाइने पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उप्रेतीले बताए ।
उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए ।
खाद्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गाबहादुर थापा, मधेश प्रदेशका पूर्व सांसद जयराम दहाल, कांग्रेस नेतृ सिर्जनासिंह, गण्डकी प्रदेशका योगेन्द्रनारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जीवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने बताए ।
साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले गरेका थिए भने स्वागत मन्तव्य प्रा.डा मोहनप्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए ।
दोस्रो वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा जनाइएअनुसार गत आर्थिक वर्षमा बैंकले ३० लाख रुपैयाँ नाफा कमाएको छ ।
Banner
उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित

काठमाडौंः नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वारोध चयन गरेको छ ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुङ्गाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेललाई निर्विरोध चयन गरेको छ ।
शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिञ्जत, अञ्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भएका छन् ।
राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।
Banner
सुनसरीका ७ मध्ये ३ क्याम्पसमा नेविसंघ विजयी, समाजवादी युनियन र अनेरास्ववियु २\२ क्याम्पसमा विजयी

धरानः चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत सुनसरीका सबै ७ वटै क्याम्पसको नतिजा आएको छ ।
जसमध्ये नेवि संघले सबैभन्दा धेरै ३ वटा क्याम्पसमा नेतृत्व पाएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ धरान र जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ विजयी भएको हो ।
जनता समाजवादी विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पस धरान र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा विजय हासिल गरेको छ ।
एमाले निकट अनेरास्ववियुले सप्तकोशी बहुमुखी क्याम्पस वराहक्षेत्र र पिण्डेश्वर विद्यापीठमा नेतृत्व गर्ने भएको छ ।
Banner
महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका पौडेल विजयी

विराटनगरः विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल विजयी भएका छन् ।
अखिल क्रान्तिकारीका रोहित यादवलाई पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका हुन् । पौडेलले १ हजार ६ सय ८९ मत ल्याउँदा क्रान्तिकारीका यादवले ७ सय ८४ मत ल्याए । सभापतिका अर्का उम्मेद्वार नेकपा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले ५ सय ९२ मत ल्याए ।
निर्वाचन समितिका अनुसार सचिवमा एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी विजयी भएका छन् । उनले ९ सय ३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेवि संघकी पूजा विश्वासले ७ सय ८६ र अखिल क्रान्तिकारीकी आशिका लम्सालले ५ सय १५ मत ल्याए ।
कोषाध्यक्षमा नेवि संघका स्वस्तिक बोहोरा १ हजार १ सय ४३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुका आरोग्य थापाले ९ सय २ र समाजवादी विद्यार्थी युनियनका राकेश यादवले ७ सय ३५ पाए ।
सदस्यहरुमा नेवि संघका अमित मुखिया, दीपकुमार यादव, प्रज्ज्वल बिष्ट, मो. साहिल अन्सारी, सुरक्षा थापामगर तथा अनेरास्ववियुका मन्दीप पोखरेल र केवल काफ्ले विजयी भएका छन् ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner8 months ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ3 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner3 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login