सुनचाँदी
घट्यो सुन र चाँदी दुवैको भाउ

विराटचोकः हिजो हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन र चाँदी दुवैको मूल्य आज भने घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख ५ हजार ६ सय र चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो ।
Banner
उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित

काठमाडौंः नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वारोध चयन गरेको छ ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुङ्गाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेललाई निर्विरोध चयन गरेको छ ।
शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिञ्जत, अञ्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भएका छन् ।
राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।
Banner
सुनसरीका ७ मध्ये ३ क्याम्पसमा नेविसंघ विजयी, समाजवादी युनियन र अनेरास्ववियु २\२ क्याम्पसमा विजयी

धरानः चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत सुनसरीका सबै ७ वटै क्याम्पसको नतिजा आएको छ ।
जसमध्ये नेवि संघले सबैभन्दा धेरै ३ वटा क्याम्पसमा नेतृत्व पाएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ धरान र जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ विजयी भएको हो ।
जनता समाजवादी विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पस धरान र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा विजय हासिल गरेको छ ।
एमाले निकट अनेरास्ववियुले सप्तकोशी बहुमुखी क्याम्पस वराहक्षेत्र र पिण्डेश्वर विद्यापीठमा नेतृत्व गर्ने भएको छ ।
Banner
महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका पौडेल विजयी

विराटनगरः विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल विजयी भएका छन् ।
अखिल क्रान्तिकारीका रोहित यादवलाई पराजित गर्दै पौडेल सभापतिमा विजयी भएका हुन् । पौडेलले १ हजार ६ सय ८९ मत ल्याउँदा क्रान्तिकारीका यादवले ७ सय ८४ मत ल्याए । सभापतिका अर्का उम्मेद्वार नेकपा एमाले निकट अनेरास्ववियुका नवीन पहाडीले ५ सय ९२ मत ल्याए ।
निर्वाचन समितिका अनुसार सचिवमा एमाले निकट अनेरास्ववियुका सनिम ठकुरी विजयी भएका छन् । उनले ९ सय ३७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेवि संघकी पूजा विश्वासले ७ सय ८६ र अखिल क्रान्तिकारीकी आशिका लम्सालले ५ सय १५ मत ल्याए ।
कोषाध्यक्षमा नेवि संघका स्वस्तिक बोहोरा १ हजार १ सय ४३ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुका आरोग्य थापाले ९ सय २ र समाजवादी विद्यार्थी युनियनका राकेश यादवले ७ सय ३५ पाए ।
सदस्यहरुमा नेवि संघका अमित मुखिया, दीपकुमार यादव, प्रज्ज्वल बिष्ट, मो. साहिल अन्सारी, सुरक्षा थापामगर तथा अनेरास्ववियुका मन्दीप पोखरेल र केवल काफ्ले विजयी भएका छन् ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner8 months ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ3 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner3 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login