अर्थ
विराटचोक महोत्सव शुरु
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा विराटचोक महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ । महोत्सवको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गरिन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले आयोजकले महोत्सवको आयोजना गरेर बचत भएको रकम सामुदायिक विद्यालयका विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य राख्नु सह्रानीय भएको बताइन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नवराज चापागाईँले व्यवसायीबीच सम्बन्ध बढाउन यस्ता महोत्सवको भूमिका उल्लेखनीय हुने उल्लेख गरे । आफूलाई अप्ठ्यारो नपर्ने गरी उद्योग वाणिज्य संघले पनि महोत्सवलाई सहयोग गर्ने उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका पूर्वअध्यक्षसमेत रहेका चापागाईँले बताए । प्रवेश शुल्क कम गरेर भए पनि धेरै सहभागीलाई प्रवेश गराउन सकेमा महोत्सव सफल हुने उनको सुझाव थियो ।
सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशन प्रसाद ढकालले व्यवसायीका उत्पादनको बिक्री बढाउन यस्ता महोत्सव सहयोगीको रुपमा रहने उल्लेख गरे । नगरपालिकाले पनि महोत्सवलाई चासोका साथ हेरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका नेता ललित श्रेष्ठले पनि आफ्नो भनाइ राखेका थिए ।
झरना युवा क्लबका अध्यक्ष प्रह्लाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अर्जुन गजुरेलले गरेका थिए ।
Facebook Comment
Banner
इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक
इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।
Banner
२ जेठ, २०८१ – बुधवार – आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।
Banner
न्यायाधीशको अगाडि फेरि घोप्टो परेर रोईन् गौशला २६
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login