Connect with us
Advertisement

सुन्दरहरैंचावासीलाई नचाए शम्भु राई, सत्यकला राई र श्रीकृष्ण लुइँटेलले

Published

on

विराटचोकः कला र साहित्यको क्षेत्रमा बढी क्रियाशील नझरेका फूलहरुको आयोजनामा भएको सङ्गीत सन्ध्याको निमन्त्रणामा आएका तीन जना गायकको गायनमा सुन्दरहरैंचावासी दिल खोलेर नाचे ।

हालैमात्र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका गायक शम्भु राईका साथै गायिका सत्यकला राई र हास्य गायक श्रीकृष्ण लुइँटेल (बोके दारी)ले आफ्ना गीतमार्फत् दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

गायक शम्भु राईले गीत गाउने क्रममा सो गीत सिर्जना हुनुको कारण पनि बताउने गरेका थिए । नेपालमा हुँदा अनुभव गरेको र देखेको दृश्य तथा अमेरिकामा आफूले भोगेको दुःखबाट प्रभावित भएर गीत सिर्जना गरेको उनले बताए । कुनाकाप्चाबाट उठेको आफू अमेरिकामा पुगेर दुःख खेप्दासम्म गीत सिर्जनामा रहिरहेको उनको भनाइ थियो ।

उनले शुरुमा धान नाच, साकेला र पालामको फ्युजनको रुपमा रहेको मेलिना राईसँग उनले गाएको गीत ‘धानै नाचौँला हौ पालम गाउँला हौ…भन्ने आफ्नो नयाँ गीत गाए ।

यो अरु गीतभन्दा फरक रहेको र पछि यो उत्कृष्ट गीत हुने बताउँदै सो गीतलाई अकबरे खोर्सानीजस्तो शुरुमा धेरै मन नपरे पनि बानी पर्दै गएपछि अकबरे नै खोजिने मानवीय स्वभावजस्तो हुने बताउँदै त्यसको लोकप्रियताको अनुमानसमेत गरेको बताए ।

त्यसपछि सत्यकला राईसँग गीत गाउँदाका आफ्ना अनुभव सुनाउँदै उनले ‘चिठी तिमीलाई लेखूँ भन्छु…’ गीत गाए । चलेछ बतास सुस्तरी… बोलको गीत गाउँदा भानु साझा पुस्तकालयको प्राङ्गणमा उपस्थित दर्शकले नाचेर भरपूर साथ दिएका थिए ।

सन् १९९६ मा पहिलो पटक अमेरिका २ वर्षको लागि जाँदा गरेको दुःखपछि रचना गरेको गीत उनले सुनाए । सांस्कृतिक कार्यक्रमको लागि अमेरिका गए पनि पैसा कमाउन नसकेपछि बाध्य भएर लुगा धुने ठाउँमा लुगा धुने काम गर्दा राम्रै पैसा कमाए पनि इज्जत र नाम नभएको बुझेपछि त्यो काम छाडेको र घर त हिले हो भन्ने गीत रचना गरेको उनले भावुक हुँदै सुनाए । त्यसपछि उनले गीत गाएः

यो माया त कहाँको कहाँको
एकैछिनमा बसेछ माया हो
घर त हिले हो, चाहिँदैन सम्पत्ति दिल मिले भो… ।

बाह्र हाते पटुकीले कम्मर कसेर…लगायतका गीत उनले गाएका थिए ।

गीत रेकर्डिङ गर्दाको समयमा बाहेक सत्यकला राईसँग गीत नगाएको र सुन्दरहरैंचाको स्टेजमा नै सत्यकलासँग पहिलो पटक गीत गाउन लागेको उनको भनाइ थियो ।

मोरङको केराबारी निवासी दिलीप श्रेष्ठले रचना गरेको ‘ए कान्छी, रानीटारको डाँडैडाँडा…, बोलको गीत उनले सत्यकला राईसँग गाएका थिए । शम्भु राईले सत्यकला राईसँग नौमती बाजा ढोल बज्यो…लगायतका गीत गाएका थिए । राईद्वयले गाएको अन्तिम गीत आलु दम चना… मा उपस्थित दर्शकले गीत गाउँदै नाचेर साथ दिएका थिए ।

सत्यकला राईले हिउँचुलीको पानी झरी सातै कोशी सलल…बोलको गीत गाएकी थिइन् ।

गायक लुइँटेलले मुखमा हान्नुजस्तो…, ओल्लो टाउन पल्लो टाउन…, ए बा किन्देऊ न भटभटे…, बाँके बर्दिया…, लगायतका आफ्ना लोकप्रिय गीत गाएका थिए ।

गायक दुर्गा पराजुलीले सुसेली हाली बोलाएको मैले… र भातै मीठो मार्सी चामलको….बोलका गीत गाएका थिए ।

अक्षयकोष निर्माणार्थ आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने काम भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईले गरेका थिए । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव गीताप्रसाद श्रेष्ठले गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक