Connect with us
Advertisement

प्रधानमन्त्रीले पाए दोस्रो पटक विश्वासको मत

Published

on

फाइल तस्बिर

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् ।

प्रतिनिधि सभामा सोमबार उनले विश्वासको मत माग्दै राखेको प्रस्तावको पक्षमा १ सय ७२ मत र विपक्षमा ८९ मत परेको थियो ।
मतदानमा २ सय ६२ सांसद सहभागी भए पनि १ जना तटस्थ बसेका थिए ।

यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत माग्दा २ सय ६८ जनाले उनलाई मत दिएका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने भएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

आज अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा गरी उनलाई थुनामा पठाइने प्रहरीले जानकारी दिएको छ । उनलाई भैरहवा कारागार लगिने प्रहरीको तयारी छ ।

Continue Reading

Banner

जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

Published

on

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।

एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।

Continue Reading

Banner

काठमाडौं विश्वकै प्रदूषित र ब्राजिलको साओ पाउलो विश्वकै सफा सहर

Published

on

काठमाडौँ — देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो । एकातिर काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा भने ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा सातादिन यता प्रदूषित बनेको छ । काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्राय र काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक