अर्थ
उद्योग वाणिज्य महासंघमा लागि अञ्जन, रामचन्द्र र उमेशलालले गरे प्यानल घोषणा
काठमाडौंः चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चुनावका लागि वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि प्यानल बनाएर उम्मेद्वारी घोषणा हुने क्रम बढेको छ ।
सो निर्वाचनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको नेतृत्व गर्नेछन् । वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले वरिष्ठ उपाध्यक्षका दाबेदारले धमाधम प्यानल घोषणा गर्न थालेका हुन् ।
एफएनसीसीआईका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबीसहित अन्य उम्मेद्वारको प्यानल सार्वजनिक गरिसकेका छन् । अन्जनको प्यानलमा एसोसिएट उपाध्यक्षतर्फको उम्मेद्वारमा ज्योत्सना श्रेष्ठ रहेकी छिन् । वस्तुगततर्फ मणिषलाल प्रधान र जिल्लानगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी उम्मेद्वार बन्ने भएका छन् ।
वरिष्ठ उपाध्यक्षका आकांक्षी रामचन्द्र संघाईले पनि आफ्नो प्यानल घोषणा गर्दैछन् । उनको प्यानलबाट एसोसियटमा भरत आचार्य, वस्तुगत उपाध्यक्षमा सन्दीप अग्रवाल र जिल्लानगरतर्फ सुरकृष्ण वैद्यले उम्मेद्वारी दिने भएका छन् ।
अर्का दाबेदार उमेशलाल श्रेष्ठको जिल्ला नगरमा दिनेश श्रेष्ठ र वस्तुगतमा हेमराज ढकाललाई अघि सार्ने भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारीको तयारीमा रहेका दिनेश श्रेष्ठले उमेशलाई सघाउने भएका हुन् ।
महासंघमा जिल्लानगर, एसोसिएट र वस्तुगत गरी ३ उपाध्यक्ष हुने प्रावधान रहेको छ ।
Facebook Comment
Banner
युरोकप २०२४ को क्वाटरफाइनलमा स्पेन र जर्मनको महाभिडन्त आज, कस्ले मार्ला बाजि ?
जर्मनीमा जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।
स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।
Banner
भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।
Banner
रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login