कोशी प्रदेश
नातिनीसहित २० वर्षीया छोरी हराएको भन्दै खोजिदिन आमाको अनुरोध
विराटचोकः केराबारी–३ की चमेली राईले आफ्नी २० वर्षीया छोरी किसला राई १८ महिनाकी नातिनी जस्टिनासहित हराएको भन्दै उनीहरुको खोजी गरिदिन सम्बन्धित सबैसँग अनुरोध गरेकी छिन् ।
भोजपुरको षडानन्द नगरपालिकाका सिंहबहादुर तामाङसँग विवाह गरेकी छोरी किसला सुनसरीको इटहरीबाट केराबारी जान्छु भनेर हिँडे पनि घर नपुगेको चमेलीले बताइन् । इटहरीमा माइजूको घरमा गएर फर्किने क्रममा उनी हराएकाले छोरी र नातिनी खोजीपाऊँ भनेर इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार जाहेरी दिएको उनले बताइन् ।

शनिबार इटहरीबाट हिँडेकी छोरीले १२ बजे दिउँसो आइपुग्छु भनेर भनेको तर घरमा नआएपछि दिउँसो साढे ३ बजेतिर फोन गर्दा मोबाइल स्वीच अफ भएको हुनाले जङ्गलमा फोन नलागेको होला भन्ने अनुमान गरेको उनले बताइन् । बेलुका ४ बजेपछि आमा तपाईँलाई सुखमा राख्न सकिनँ, म टाढा जाँदैछु, मलाई नखोज्नू मैले अर्काे बिहे गरेँ भनेर छोरीले म्यासेज पठाएको उनले रुँदै सुनाइन् ।
छोरीले अर्काे बिहे गरी भन्ने आफूलाई नलागेको उनको भनाइ छ । छोरी अपहरणमा परेको हुन सक्ने र त्यस्तो एसएमएस लेख्न लगाएको हुन सक्ने बताउँदै छोरी ज्वाइँमा त्यस्तो मनमुटाव भएको थाहा नभएको तर गत शुक्रबार सामान्य विवाद भएपछि माइजूकोमा इटहरी जान्छु भनेर छोरी हिँडेकी उनको भनाइ छ ।
इटहरीमा रहेको ग्लोबल ओरियन्समा काम गर्ने छोरी धेरैजसो इटहरीमा होस्टलमा बस्ने गरेको र कहिलेकाहीँ माइजूकोमा जाने गरेको चमेली बताउँछिन् । ज्वाइँ सिंहबहादुर भने ससुरालीमा बसेर लेबर काम गर्ने गरेको र छोरीको खोजतलासमा ज्वाइँसासू हिँडिरहेको उनले सुनाइन् । अरु दिन नातिनी माइतमै छोड्ने गरे पनि त्यो दिन चाहिँ नातिनी लिएर छोरी इटहरी गएकी र फर्किने क्रममा बेपत्ता भएकी उनले बताइन् ।
सबैतिर सोधखोज गर्दा पनि पत्ता नलागेपछि प्रहरीलाई जानकारी गराएको उनले बताइन् । छोरी दोस्रो बिहे गर्ने स्वभावकी आफूले नपाएको र दोस्रो बिहे गरेको जानकारी पनि म्यासेजमार्फत् मात्रै दिएकाले त्यो म्यासेज छोरीले नपठाई अरु कसैले छोरीको मोबाइलबाट पठाएको हुन सक्ने आफ्नो अनुमान रहेको उनी बताउँछिन् ।

Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login