कोशी प्रदेश
जातीय विभेद र छुवाछुत विरुद्धको दिवस सरकारले नमनाएकोमा दलित जनप्रतिनिधिको आपत्ति
विराटनगरः सरकारले हावा दिवस, पानी दिवस, चरा दिवस, जनै दिवस आदि दिवस मनाउने तर जातीय छुवाछुतविरुद्धको दिवस नमनाउने गरेकोमा दलित जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय दलित जनप्रतिनिधिहरुको भेलामा सहभागी दलितहरुले आपत्ति जनाएका हुन् । कानुनी रुपमा जातीय विभेद र छुवाछुत अन्त्य भए पनि व्यवहारमा कार्यान्वयन गराउन राज्यले चासो नदिँदा समाजमा अमानवीय व्यवहार कायमै रहेको उनीहरुको भनाइ थियो ।
बाग्लुङ जिल्लामा भगत सर्वजीत विश्वकर्माले २००३ सालमै जनै विरोधी आन्दोलन चर्काएर दलित मुक्ति आन्दोलन थाले पनि अझैसम्म समस्या निर्मूल नभएको दलित अधिकारकर्मी उमेश विश्वकर्माले बताए । भेलामा सहभागी दलित जनप्रतिनिधिहरुले नेपालको दलित आन्दोलन पनि सधैँ सक्रिय नरहेको आरोप लगाए । विभेदको घटना हुँदा मात्रै अधिकारकर्मीहरु देखिने गरेको उनीहरुको भनाइ थियो ।

२१ मार्च र २१ जेठमा दलितहरुले मात्र विभेद विरुद्धको दिवस मनाउन बाध्य भइरहनुपरेको भेलाका सहभागीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका समाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले नयाँ पुस्ताले विभेद गरेमा कानुन अनुसार मुद्दा दर्ता गरेर दण्ड दिनुपर्ने तर पुरानो पुस्तालाई दोष दिन उचित नहुने बताए । समाज बिस्तारै परिवर्तन भइरहेको हुनाले दलितहरुले सन्तोष मान्दै जानुपर्ने बताउँदै आगामी वर्षदेखि २१ मार्चलाई सरकारी तबरबाटै छुवाछुतविरुद्धको दिवसको रुपमा मनाउने प्रतिबद्धता जनाए ।
जिल्ला समन्वय समिति झापाका पूर्व अध्यक्ष सोमनाथ पोर्तेलले संविधान र कानुनले सबै क्षेत्रमा हुने विभेद र छुवाछुतलाई दण्डनीय बनाइसकेकोले अब पुरानो पुस्ताले गरेको विभेदलाई उन्मुक्ति दिनु भनेको कानुनको उल्लङ्घन हुने बताए । संविधानमा सुनिश्चित भएको हक अधिकार कार्यान्वयन गराउन सबै दलित अगुवा र जनप्रतिनिधिहरु सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपालीले अझै पनि कथित उपल्ला जातिहरुको शासनमा पहुँच कायमै भएकाले दलितहरुलाई समान रुपमा समाजिक सांस्कृतिक राजनीतिक सम्मान नदिइएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका अधिकृत चिरञ्जीवी कोइरालाले विभेद र छुवाछुत उन्मुलन भइसकेकाले कसैले त्यस्तो व्यवहार गरेमा उनीहरुलाई सजाय दिलाउन राष्ट्रिय र अन्तरराष्ट्रिय आधारहरु प्रशस्त रहेकाले दलितहरुले त्यसलाई प्रयोग गर्न सुझाव दिए ।
दलित गैरसरकारी महासंघका उपाध्यक्ष डिबी शाह शंकरले जनप्रतिनिधिहरु जुझारु र सक्रिय हुन सकेमात्र तलैदेखि दलित अधिकार स्थापित हुने बताए ।
नेपाल दलित संघ कोशी प्रदेशका अध्यक्ष गोबिन्द दर्नालले दलित जनप्रतिनिधिहरु अझै घरपालुवा कुकुरको जस्तै अपहेलित अवस्थामा रहनुपरेको बताए ।
धनपालथान गाउँपालिका वडा नम्बर ३ मोरङका वडा अध्यक्ष गयानन्द सरदारले जुनसुकै पार्टीको भए पनि दलितहरुको सर्वोत्तम हितलाई ख्याल गरेर जनप्रतिनिधिहरुले काम गर्नुपर्नेमा जोड दिए ।
दलित एकता समाज धनकुटाकी संयोजक कोपिला शंकरले संविधान र कानुनमा प्राप्त हक अधिकार लिन सबै सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
संविधान सभा सदस्य तथा राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य अनिता परियारले विभेदकारी कानुनलाई च्यातेर जनमुखी कानुन र संविधान निर्माण भएपछि दलितहरुले प्राप्त गरेको हक अधिकार भोग गर्न अब दलितहरु नै थप सङ्घर्षशील हुनुपर्ने बताइन् । दलितहरुमा इच्छाशक्ति नहुँदा संविधान र कानुनमा सुनिश्चित भएको हक अधिकार व्यवहारमा अर्थपूर्ण रुपले कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।
भेलामा दलित हक अधिकारको पक्षमा निरन्तर लागिरेको भन्दै संविधान सभा सदस्य अनिता परियारलाई आयोजक रिडेफ नेपालले सम्मान गरेको थियो ।

Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login