Connect with us
Advertisement

नेतृत्व जनताको सेवक हुनुपर्छः किशोरचन्द्र दुलाल, प्रदेशसभा सदस्य

Published

on

विराटचोकः नेपाली जनताले रूचाएको नेतृत्वमा स्थापित भए मुलुक समृद्ध हुने प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले बताएका छन् ।

नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत मोरङको सुन्दरहरैचा– ५ को शाखा कमिटी बिस्तार अभियानलाई सम्बोधन गर्दै नेता दुलालले नेतृत्व भनेको जनताको सेवक हुनुपर्ने बताउँदै वडादेखि नै नेतृत्व गर्न अघि सर्नेले सेवक बन्न सक्नुपर्ने धारणा राखे । नयाँ नेतृत्व चयन गर्न र सामुहिकता स्थापित गर्न, नेतृत्व छनोट गर्दा भूगोल, टोल र समावेशिताका आधारमा गरिनुपर्ने उनको भनाइ थियो ।

‘पार्टीभित्र विकृति, विसङ्गति, असमझदारी, अन्तरघात देखियो’, उनले भने, ‘त्यसलाई सच्याउन पनि यो अभियानले सबैलाई एकजुट बनाई पार्टीलाई मजबुत बनाउनुपर्छ ।’ यो अभियानमा पार्टीलाई बिस्तार गर्न सदस्यता नवीकरण, नयाँ सदस्य निर्माण र अर्काे पार्टीबाट आफ्नो पार्टीमा सदस्य ल्याउने अभियानसमेत समावेश गर्नुपर्नेमा उनले जोड दिए ।

पार्टीका पखेटाको रूपमा रहेका २३ वटा जनसङ्गठनलाई चुस्त बनाउनुपर्नेमा जोड दिँदै उनले सबै वडामा शाखा सबै जनसङ्गठन निर्माण गर्न लाग्नुपर्ने बताए । अहिले पार्टीमा अनुशासन खस्किएको र यसलाई जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनका लागि कडाइका साथ लागू गर्नुपर्ने उनको भनाइ थियो ।

अहिलेको सरकार अस्थिर हुँदा देशको अर्थतन्त्र डामाडोल भएको र त्यसलाई सुधार्न समेत सबैले पार्टी सुधारमा लाग्नु पर्ने उनले औँल्याए ।

अभियानअन्तर्गत वडा नम्बर ५ मा विशाल गुरागाईको नेतृत्वमा २७ सदस्यीय नयाँ समिति समेत गठन भएको छ । यस्तै पार्टीले ज्येष्ठ नागरिक सहित पार्टीलाई योगदान पुर्याएको भन्दै १२ जनालाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरेको छ ।

 

कार्यक्रममा नेकपा एमाले सुन्दरहरैंचा नगर अध्यक्ष मातृका ढकाल, उपाध्यक्ष तथा नगर उपप्रमुख अकली चौधरी लगायतको उपस्थिति रहेको थियो ।

मिसन ग्रासरुट अभियानः आफू मात्रै राम्रो भन्ने घमण्डले एमालेले स्थानीय तहको जनमत संघ र प्रदेशमा जोगाउन सकेन

एमालेको मिसन ग्रासरुट अभियानः सुन्दरहरैंचामा पार्टी सुदृढीकरण तथा विस्तार

एमालेका पार्टी सदस्यले कम्तीमा एउटा फलफूलको बिरुवा रोप्नुपर्ने, मिसन ग्रासरुट अभियान शुरु

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

Published

on

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले अनलाइनखबरलाई जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

Continue Reading

Banner

३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

Published

on

मोरङबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका- ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

Published

on

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।

वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक