Connect with us
Advertisement

जूनको शीतल आगो ताप्दा

Published

on

साहित्य लेखन, पत्रकारिता र शिक्षण पेशामा संलग्न साहित्यकार सुविद गुरागाईँको गजल सङ्ग्रह जूनको आगो २०७५ बैशाखमा सार्वजनिक भएको हो । भूमिका, लेखकको भनाइ, विषयसूची आदि केही नराखी सिधै गजलमात्रै समावेश कृतिमा ३ देखि ७ शेरसम्मका ८४ वटा गजल छन् । जूनको आगोभित्रका रचना आगोझैँ ताता छैनन्, जूनझैँ शीतल छन् ।

पहिलो गजल लेखक स्वयम्को चरित्रसँग सम्बन्धित रहेको आभास हुन्छ । हक्की स्वभावका गुरागाईँ कसैसँग डराउँदैनन् । आफ्नो हक र अधिकारको लागि वास्तविक जीवनमा उनी मुद्दामामिलासम्म गर्न पछि परेका छैनन् । ती मुद्दामा उनी विजयी पनि भएका छन् । शायद गजलमा भनिएजस्तै गरी उनलाई धारे हात लाउनेको कमी छैन । उनले लेखेका छन्ः

अलिकति तल झर्दैनस् किन ?
सुबिद गुरागाईँ मर्दैनस् किन ?

व्यङ्ग्यः धेरै शेरमा व्यङ्ग्य पस्कन पनि उनी सफल भएका छन् । जस्तै,
अचेल म व्यावहारिक हुन थालेको छु ।
लाग्छ काम भन्दै गधा धुन थालेको छु ।

लामो रदीफ
गजलमा काफिया अनिवार्य तत्व भए पनि रदीफ अनिवार्य तत्व होइन । कुनै गजलमा एक शब्द वा अक्षरको मात्र पनि रदीफ हुन सक्छ । तर, गुरागाईँका गजलमा लामालामा रदीफ पनि पाइन्छन् । जस्तैः
अप्ठेरो यो ठाउँ छ एक्लैएक्लै नहिँड सडकमा ।
आँधीहुरी आउँछ एक्लैएक्लै नहिँड सडकमा ।

आँसु रोकिराख्नु भोलि क्या हो क्या हो ।
विचार गरी हाँस्नु भोलि क्या हो क्या हो ।

आफ्ना लागि नाता जोडेर मान्छे तँ कताकता जाँदैछस् ?
माया यता एक्लै छोडेर मान्छे तँ कताकता जाँदैछस् ?

छिनमै लहर उठेर आउँछ, छिनमै शान्त हुन्छ ।
छिनमै मुटु दुखेर आउँछ, छिनमै शान्त हुन्छ ।

जानी नजानी माया लाएको तिम्रै लागि त हो नि ।
रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ।

वेदना
उनका रचनामा वेदना र पीडा पनि पाइन्छ । जस्तैः
माफी माग्दामाग्दै झारेको आँसुले
जीवनभरी मुटु दुखाउन सक्छ ।

रदीफमा क्रमभङ्गता
कुनैकुनै गजलको रदीफमा क्रमभङ्गता पाइन्छ । जस्तैः
आफ्नो भएर छेउमा आउन सकिनँ ।
छेउमै बसेर माया लाउन सकिनँ ।

मनभित्र कतै चस्किन्छ जिन्दगी ।
मायालाग्दो यो बनाउन जानिनँ ।
माथिको गजलांशमा पहिलो र दोस्रो शेरमा सकिनँ भन्ने रदीफ छ । तर, तेस्रो, चौथो र पाँचौँ शेरमा जानिनँ लाई रदीफको रुपमा प्रयोग गरेका छन् । सो गजलमा जानिनँ वा सकिनँ दुवै शब्द रदीफको रुपमा प्रयोग गर्दा अर्थमा फरक नआउने देखिन्छ । तर, सम्पादनको क्रममा समेत उनले त्यसमा ध्यान दिन नसकेको देखिन्छ ।

पहिलो शब्द नै काफिया
गुरागाईँले पहिलो शब्द नै काफियाको रुपमा प्रयोग गरेर पनि गजल लेखेका छन् । जस्तैः
खोजेको हामीले के हो
सोचेको हामीले के हो
प्रस्तुत गजलमा हामीले के हो भन्ने रदीफ प्रयोग गरेर खोजेको, सोचेको, रोजेको, सोधेको, घोलेको, बोलेको शब्दलाई काफियाको रुपमा प्रयोग गरेका छन् ।

शब्दांशमात्रै काफिया
गजलमा काफिया आउँदा सकेसम्म एउटा शब्द काफियाको रुपमा प्रयोग भयो भने बढी शक्तिशाली देखिन्छ । उनका केही गजलमा भने काफियाको आंशिक द्वित्व मात्रै भएको छ । जस्तैः
तिमीलाई भेट्न मन लाग्यो अचानक
रातिराति देख्छु सपनामा भयानक
३ शेर रहेको यो गजलमा अचानक, भयानक, कथानक र अपायक काफियाको रुपमा प्रस्तुत भएका छन् । अन्तिम शेरमा त झन् क वर्णको मात्रै द्वित्व भएको छ ।

नरुनू यो धरधरी रुने बेला होइन
नछुनू यो भुतभुते छुने बेला होइन ।
३ शेरको गजलमा दोस्रो शेरमा नहुनू र तेस्रो शेरमा नफुनू पहिलो काफियाको रुपमा आएको छ भने हुने र फुने दोस्रो काफियाका बीचमा आएका छन् ।

काफियापूर्व रदीफ
सामान्यतः काफियालाई पछ्याउने अंशलाई रदीफ भनिन्छ ।
पानीफोका जिन्दगीका केही दिन दुख्छन् र फुट्छन्
प्रश्नहरु साक्षी बनी केही दिन हिँड्छन् र छुट्छन् ।

पृष्ठ सङ्ख्या ३८ मा रहेको गजलमा प्रस्तुत माथि शब्दको ठाउँमा साथी शब्द भए काफिया पनि र रदीफ पनि मिल्ने देखिन्छ ।
नटेक झरेको पातमाथि, च्वास्स च्वास्स मुटु दुख्छ ।
नछोड मेरो यो हात साथी, च्वास्स च्वास्स मुटु दुख्छ ।
उपर्युक्त शेरको मतला ए उला (पहिलो हरफ) मा प्रयोग भएको माथि शब्दको ठाउँमा साथी शब्द प्रयोग हुँदा गजलमा साथीभन्दा पछाडिको शब्दावली रदीफको रुपमा प्रयोग हुने देखिन्छ ।

कृतिको नाम जुराउन सफल भएको गजलको मकता (अन्तिम शेर) भने अलि अस्पष्ट भावको छ । पृष्ठ सङ्ख्या ४३ मा रहेको गजलको अन्तिम शेर यस्तो छः
बुझ्दैन कोही अर्थ जूनको आगोभित्र हुन्छ सत्य,
कुनै दिन आँखाअघि चोला उठेपछि थाहा होला ।

पृष्ठ सङ्ख्या ५६ मा दुई वटा गजल एकै पेजमा समेटिएजस्तो देखिन्छ । शुरुका २ शेर पछिल्ला ४ शेरसँग मिल्दैन । यो समस्या पृष्ठ ६६ मा पनि छ । अघिल्ला २ शेरसँग पछिल्ला ५ शेरको रदीफ र काफिया मिल्दैन ।

आफूसँगको प्रेम फिक्का भयो भनेर छाडेर जान चाहने प्रियसीलाई उनले सहमति दिएका छन् । तर, त्यसको बदलामा उनको मर्ममै पर्ने गरी यसरी छेड हानेका छन्ः
मरिदिन्छु म बरु तिमी हाँस्ने भए ।
सागरबाट छुटेर थोपा बाँच्ने भए ।।
यहाँ उनले आफूलाई मायाको सागरको रुपमा तुलना गरेका छन् ।

केही शक्तिशाली शेरहरु
कुनै छैन तरबार बना’को कसैले,
छियाछिया पार्ने वचनले जत्तिको ।

२. गर्छ आफू नाजायज बस्छ पर्दाभित्र,
मैले गर्दा भएको आरोप लगाउने भो ।
३. बताएर गल्ती बदनाम गर्दै,
जमाना छ तयार, यो प्राण लिन ।
४. आगो टेकी अघि बढ्न चाहनेका लागि,
सगरमाथा केही हैन, चढ्नुपर्याे भने ।
५. सहँदासहँदा अन्तमा ढुङ्गो बने देउता ।
गुम्यो जब आस्था बेटुङ्गो बने देउता ।।

तखल्लुस

गल्लीगल्ली ‘सुविद’ को गरेर बदनाम,
किन घोच्छ दुनियाँ मुटुमा सियो ?

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक