कला / साहित्य
जूनको शीतल आगो ताप्दा
साहित्य लेखन, पत्रकारिता र शिक्षण पेशामा संलग्न साहित्यकार सुविद गुरागाईँको गजल सङ्ग्रह जूनको आगो २०७५ बैशाखमा सार्वजनिक भएको हो । भूमिका, लेखकको भनाइ, विषयसूची आदि केही नराखी सिधै गजलमात्रै समावेश कृतिमा ३ देखि ७ शेरसम्मका ८४ वटा गजल छन् । जूनको आगोभित्रका रचना आगोझैँ ताता छैनन्, जूनझैँ शीतल छन् ।
पहिलो गजल लेखक स्वयम्को चरित्रसँग सम्बन्धित रहेको आभास हुन्छ । हक्की स्वभावका गुरागाईँ कसैसँग डराउँदैनन् । आफ्नो हक र अधिकारको लागि वास्तविक जीवनमा उनी मुद्दामामिलासम्म गर्न पछि परेका छैनन् । ती मुद्दामा उनी विजयी पनि भएका छन् । शायद गजलमा भनिएजस्तै गरी उनलाई धारे हात लाउनेको कमी छैन । उनले लेखेका छन्ः
अलिकति तल झर्दैनस् किन ?
सुबिद गुरागाईँ मर्दैनस् किन ?
व्यङ्ग्यः धेरै शेरमा व्यङ्ग्य पस्कन पनि उनी सफल भएका छन् । जस्तै,
अचेल म व्यावहारिक हुन थालेको छु ।
लाग्छ काम भन्दै गधा धुन थालेको छु ।
लामो रदीफ
गजलमा काफिया अनिवार्य तत्व भए पनि रदीफ अनिवार्य तत्व होइन । कुनै गजलमा एक शब्द वा अक्षरको मात्र पनि रदीफ हुन सक्छ । तर, गुरागाईँका गजलमा लामालामा रदीफ पनि पाइन्छन् । जस्तैः
अप्ठेरो यो ठाउँ छ एक्लैएक्लै नहिँड सडकमा ।
आँधीहुरी आउँछ एक्लैएक्लै नहिँड सडकमा ।
आँसु रोकिराख्नु भोलि क्या हो क्या हो ।
विचार गरी हाँस्नु भोलि क्या हो क्या हो ।
आफ्ना लागि नाता जोडेर मान्छे तँ कताकता जाँदैछस् ?
माया यता एक्लै छोडेर मान्छे तँ कताकता जाँदैछस् ?
छिनमै लहर उठेर आउँछ, छिनमै शान्त हुन्छ ।
छिनमै मुटु दुखेर आउँछ, छिनमै शान्त हुन्छ ।
जानी नजानी माया लाएको तिम्रै लागि त हो नि ।
रहर–रहरमै दुःख पाएको तिम्रै लागि त हो नि ।
वेदना
उनका रचनामा वेदना र पीडा पनि पाइन्छ । जस्तैः
माफी माग्दामाग्दै झारेको आँसुले
जीवनभरी मुटु दुखाउन सक्छ ।
रदीफमा क्रमभङ्गता
कुनैकुनै गजलको रदीफमा क्रमभङ्गता पाइन्छ । जस्तैः
आफ्नो भएर छेउमा आउन सकिनँ ।
छेउमै बसेर माया लाउन सकिनँ ।
मनभित्र कतै चस्किन्छ जिन्दगी ।
मायालाग्दो यो बनाउन जानिनँ ।
माथिको गजलांशमा पहिलो र दोस्रो शेरमा सकिनँ भन्ने रदीफ छ । तर, तेस्रो, चौथो र पाँचौँ शेरमा जानिनँ लाई रदीफको रुपमा प्रयोग गरेका छन् । सो गजलमा जानिनँ वा सकिनँ दुवै शब्द रदीफको रुपमा प्रयोग गर्दा अर्थमा फरक नआउने देखिन्छ । तर, सम्पादनको क्रममा समेत उनले त्यसमा ध्यान दिन नसकेको देखिन्छ ।
पहिलो शब्द नै काफिया
गुरागाईँले पहिलो शब्द नै काफियाको रुपमा प्रयोग गरेर पनि गजल लेखेका छन् । जस्तैः
खोजेको हामीले के हो
सोचेको हामीले के हो
प्रस्तुत गजलमा हामीले के हो भन्ने रदीफ प्रयोग गरेर खोजेको, सोचेको, रोजेको, सोधेको, घोलेको, बोलेको शब्दलाई काफियाको रुपमा प्रयोग गरेका छन् ।
शब्दांशमात्रै काफिया
गजलमा काफिया आउँदा सकेसम्म एउटा शब्द काफियाको रुपमा प्रयोग भयो भने बढी शक्तिशाली देखिन्छ । उनका केही गजलमा भने काफियाको आंशिक द्वित्व मात्रै भएको छ । जस्तैः
तिमीलाई भेट्न मन लाग्यो अचानक
रातिराति देख्छु सपनामा भयानक
३ शेर रहेको यो गजलमा अचानक, भयानक, कथानक र अपायक काफियाको रुपमा प्रस्तुत भएका छन् । अन्तिम शेरमा त झन् क वर्णको मात्रै द्वित्व भएको छ ।
नरुनू यो धरधरी रुने बेला होइन
नछुनू यो भुतभुते छुने बेला होइन ।
३ शेरको गजलमा दोस्रो शेरमा नहुनू र तेस्रो शेरमा नफुनू पहिलो काफियाको रुपमा आएको छ भने हुने र फुने दोस्रो काफियाका बीचमा आएका छन् ।
काफियापूर्व रदीफ
सामान्यतः काफियालाई पछ्याउने अंशलाई रदीफ भनिन्छ ।
पानीफोका जिन्दगीका केही दिन दुख्छन् र फुट्छन्
प्रश्नहरु साक्षी बनी केही दिन हिँड्छन् र छुट्छन् ।
पृष्ठ सङ्ख्या ३८ मा रहेको गजलमा प्रस्तुत माथि शब्दको ठाउँमा साथी शब्द भए काफिया पनि र रदीफ पनि मिल्ने देखिन्छ ।
नटेक झरेको पातमाथि, च्वास्स च्वास्स मुटु दुख्छ ।
नछोड मेरो यो हात साथी, च्वास्स च्वास्स मुटु दुख्छ ।
उपर्युक्त शेरको मतला ए उला (पहिलो हरफ) मा प्रयोग भएको माथि शब्दको ठाउँमा साथी शब्द प्रयोग हुँदा गजलमा साथीभन्दा पछाडिको शब्दावली रदीफको रुपमा प्रयोग हुने देखिन्छ ।
कृतिको नाम जुराउन सफल भएको गजलको मकता (अन्तिम शेर) भने अलि अस्पष्ट भावको छ । पृष्ठ सङ्ख्या ४३ मा रहेको गजलको अन्तिम शेर यस्तो छः
बुझ्दैन कोही अर्थ जूनको आगोभित्र हुन्छ सत्य,
कुनै दिन आँखाअघि चोला उठेपछि थाहा होला ।
पृष्ठ सङ्ख्या ५६ मा दुई वटा गजल एकै पेजमा समेटिएजस्तो देखिन्छ । शुरुका २ शेर पछिल्ला ४ शेरसँग मिल्दैन । यो समस्या पृष्ठ ६६ मा पनि छ । अघिल्ला २ शेरसँग पछिल्ला ५ शेरको रदीफ र काफिया मिल्दैन ।
आफूसँगको प्रेम फिक्का भयो भनेर छाडेर जान चाहने प्रियसीलाई उनले सहमति दिएका छन् । तर, त्यसको बदलामा उनको मर्ममै पर्ने गरी यसरी छेड हानेका छन्ः
मरिदिन्छु म बरु तिमी हाँस्ने भए ।
सागरबाट छुटेर थोपा बाँच्ने भए ।।
यहाँ उनले आफूलाई मायाको सागरको रुपमा तुलना गरेका छन् ।
केही शक्तिशाली शेरहरु
कुनै छैन तरबार बना’को कसैले,
छियाछिया पार्ने वचनले जत्तिको ।
२. गर्छ आफू नाजायज बस्छ पर्दाभित्र,
मैले गर्दा भएको आरोप लगाउने भो ।
३. बताएर गल्ती बदनाम गर्दै,
जमाना छ तयार, यो प्राण लिन ।
४. आगो टेकी अघि बढ्न चाहनेका लागि,
सगरमाथा केही हैन, चढ्नुपर्याे भने ।
५. सहँदासहँदा अन्तमा ढुङ्गो बने देउता ।
गुम्यो जब आस्था बेटुङ्गो बने देउता ।।
तखल्लुस
गल्लीगल्ली ‘सुविद’ को गरेर बदनाम,
किन घोच्छ दुनियाँ मुटुमा सियो ?
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login