Connect with us
Advertisement

लोकसेवा सारथी भाग २

Published

on

  1. चलचित्र विकास बोर्डका अध्यक्ष तथा वरिष्ठ कलाकार केशव भट्टराईको निधन कहिले भयो ?

२०७६/०८/२९

  1. जलवायु परिवर्तन सम्बन्धी कोप २५ कहिले र कुन देशमा आयोजना भएको हो ?

सन् २०१९ नोभेम्बर ११ देखि २२ स्पेनको म्याड्रिड

  1. मिस वर्ल्ड २०१९ को ताज कसले पहिरिइन् ?

टोनी एन सिंह (जमैका)

  1. १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले जम्मा कति पदक जित्यो ?

२०६

  1. ‘टाइम पर्सन अफ दि इयर २०१९’ कस्लाइ घोषणा गरिएको छ ?

ग्रेटा थनबर्ग (स्वीडेन)

  1. ‘कारा’ नामक उपन्यासका उपन्यासकार को हुन् ?

शुसिला कार्की

  1. नास्ट प्रविधि पुरस्कार २०७६ कसलाई प्रदान गरियो ?

कुलमान घिसिङ

  1. हाल मानव विकास सूचकाङ्कमा नेपाल कतिऔं स्थानमा छ ?

१४७ औं

  1. ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कुन प्रदेशको सरकारले ल्याएको कार्यक्रम हो ?

कर्णाली प्रदेश

  1. लैंगिक अन्तर सूचकांक २०१९ मा नेपालको स्थान कति औं हो ?

१०१ औं

  1. ३३औं गृष्मकालिन ओलम्पिक २०२४ कहाँ सम्पन्न हुने भएको छ ?

पेरिस, फ्रान्स

  1. Doing Business Report 2020 अनुसार नेपाल कति औं स्थानमा छ ?

९४ औं

  1. नेपालसँग हवाई सम्झौता भएका मुलुकहरु कति छन् ?

४० (पछिल्लो अस्ट्रेलिया)

  1. 14. दिगो विकासको अवधारणा सर्वप्रथम कुन आवधिक योजनामा समेटिएको थियो ?

आठौं योजना

  1. सबैभन्दा छोटो समयमा विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमाल चढेर किर्तिमान कायम गर्ने नेपाली को हुन् ?

निर्मल पुर्जा

  1. नोबल शान्ति पुरस्कार २०१९ कस्लाइ प्रदान गरियो ?

आबी अहमद अली (इथोपियाका प्रधानमन्त्री)

  1. 17. ‘सबै नेपालीलाई स्वच्छ खानेपानी पहुँच पुर्याउने’ घोषणा कहिले सम्म पुरा गर्ने वाचा गरिएको छ ?

सन् २०३०

  1. एच डी १००७७७ (सगरमाथा ) के हो ?

सौर्यमण्डलबाहिर रहेको तारा

  1. नेपालको औपचारिक दौत्य सम्बन्ध बिस्तार भएको १६८औं मुलुक कुन हो ?

घाना

  1. ग्लोवल पिस इन्डेक्स २०१९ मा नेपाल कतिऔं स्थानमा रहेको छ ?

७६

  1. UK का प्रधामन्त्री बोरिस जोनसन कुन पार्टीसंग सम्बन्धित छन् ?

कन्जरभेटिभ पार्टी

  1. नेपाल र मौरिसस विच श्रम सम्झौता कहिले सम्पन्न भयो ?

सन् २०१९ जुन ११

  1. नेपाल सरकारले कहिले सम्ममा सबै प्रकारका बालश्रमको अन्त्य गर्ने लक्ष्य लिएको छ ?

वि.स २०८२

24. सबैभन्दा छोटो समयमा (६ घण्टा १ मिनेट ) सगरमाथाको आरोहण गरी नयाँ किर्तिमान कायम राख्ने नेपाली आरोही को हुन?

मिङ्मा दोर्जे शेर्पा

 

25. भारतको लोकसभा निर्वाचनमा (२०१९ )भारतीय जनता पार्टीले कति सिट विजय प्राप्त गर्यो ?

३०३

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निर्वाचन २८ दिन बाँकी

Published

on

निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार-प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्किङ कारोबार गर्न इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य राखिएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचार–प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैङ्क खातामार्फत गर्नुपर्नेछ। नगद कारोबारलाई निरुत्साहित गर्दै सबै आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्न यो व्यवस्था गरिएको जनाइएको छ।

कार्यविधिअनुसार राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसारका लागि बैङ्क खाता खोल्न निर्वाचन आयोगको सचिवालयबाट सिफारिस लिनुपर्ने छ भने उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस गरिने व्यवस्था गरिएको छ।

सिफारिसका आधारमा मात्र तोकिएका बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न पाइनेछ। खाता सञ्चालन, कारोबारको सीमा, विवरण पेस गर्ने प्रक्रिया तथा अनुगमनसम्बन्धी प्रावधानहरू पनि कार्यविधिमा समेटिएका छन्।

निर्वाचन आयोगले मातहतका सबै निर्वाचन कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरूलाई कार्यविधिअनुसार आवश्यक काम कारबाही गर्न निर्देशन दिएको छ। साथै, राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूलाई समेत यस व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ। आयोगले निर्वाचन प्रचार–प्रसार खर्चलाई आधुनिक बैङ्किङ प्रणालीसँग जोडेर सुसंस्कृत व्यवहारको थालनी भएको उल्लेख गर्दै यसले निर्वाचन प्रक्रियाप्रति जनविश्वास बढाउने दाबी गरेको छ।

आयोगको यो कदमलाई निर्वाचन खर्च व्यवस्थापनमा सुधारतर्फको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। विगतका निर्वाचनमा प्रचार–प्रसार खर्चको यथार्थ विवरण नआउनु, नगद कारोबार बढी हुनु र खर्चको सीमा उल्लङ्घनसम्बन्धी गुनासो बढ्दै गएको सन्दर्भमा नयाँ कार्यविधिले पारदर्शिता र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ। बैङ्किङ प्रणालीमार्फत हुने कारोबारले स्रोतको पहिचान, खर्चको ‘ट्र्याकिङ’ र पछि हुने लेखापरीक्षणलाई सहज बनाउने आयोगको विश्वास छ।

Continue Reading

Banner

अष्ट्रेलिया महादेशको छोटो परिचय

Published

on

विराटचोकः एउटै भूपरिवेष्ठित देश नभएको अष्ट्रेलिया महादेशलाई विचित्रताको महादेश भनेर चिनिन्छ । यस्तो छ अष्ट्रेलिया महादेशको छोटो परिचयः

क्षेत्रफलः ७६,८६,३०० वर्ग किमि (५.३ प्रतिशत)

अग्लो शिखरः कोस्क्युस्को (२४४३ मिटर)

होचो भाग (आइरा ताल (१६ मि तल )

लामो नदीः डार्लिङ एण्ड मरे

लामो हिमनदीः हर्ड आइल्याण्ड

ठूलो मरुभूमिः ग्रेट भिक्टोरिया

ठूलो देशः अस्ट्रेलिया

सानो देशः नाउरु

घाँसे मैदानः डाउन्स

लामो पर्वतः ग्रेट डिभाइडिङ रेन्ज

भूपरिवेष्ठित राष्ट्रः छैनन्

अति कम विकसित राष्ट्रः ५ वटा

प्रमुख विशेषताः एक देश, एक महादेश, विचित्रताको महादेश ।

सम्बन्धित समाचारहरुः

एशिया महादेशको छोटो परिचय

अफ्रिका महादेशको छोटो परिचय

उत्तर अमेरिका महादेशको छोटो परिचय

दक्षिण अमेरिका महादेशको छोटो परिचय

अन्टार्टिका महादेशको छोटो परिचय

युरोप महादेशको छोटो परिचय

Continue Reading

Banner

युरोप महादेशको छोटो परिचय

Published

on

विराटचोकः मरुभूमि नभएको तथा प्रायद्वीपको प्रायद्वीप भनेर चिनिने युरोप महादेशलाई विकसित महादेशको रुपमा लिइन्छ । अति कम विकसित देश नभएको यस महादेशको छोटो परिचय यसप्रकार छः

क्षेत्रफलः १,०४,९८,००० वर्ग कि मि (७ प्रतिशत )

अग्लो शिखरः एल्बु्रज (५६३३ मिटर, रसिया )

होचो भागः क्यास्पियन ट्रेन्चको समुद्री तट

लामो नदीः भोल्गा (३६४५ किलोमिटर)

लामो हिमनदीः भट्नाजोकुल

मरुभूमिः छैन

ठूलो देशः रुस

सानो देशः भ्याटिकन सिटी

घाँसे मैदानः स्टेप्स

लामो पर्वतः आल्पस

भूपरिवेष्ठित राष्ट्रः १८ वटा (ठूलो बेलारुस र सानो भ्याटिकन सिटी )

अतिकम विकसित राष्ट्रः छैन

प्रमुख विशेषताः प्रायद्वीपको पनि प्रायद्वीप, मरुभूमि नभएको महादेश

एशिया महादेशको छोटो परिचय

अफ्रिका महादेशको छोटो परिचय

उत्तर अमेरिका महादेशको छोटो परिचय

दक्षिण अमेरिका महादेशको छोटो परिचय

अन्टार्टिका महादेशको छोटो परिचय

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक