शिक्षा / स्वास्थ्य
संस्थागत विद्यालयले सीपमूलक र व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड
विराटचोकः संस्थागत विद्यालयहरुको संस्था नेसनल प्याब्सन सुन्दरहरैंचाको पहिलो अधिवेशन शुक्रबार गोठगाउँमा सम्पन्न भएको छ । कार्यक्रका वक्ताले डिग्री होइन सीपमूलक शिक्षा दिन नसके संस्थागत विद्यालयको भविष्य नरहेको बताए ।
कार्र्यक्रमलाई सम्बोधन गर्दै नेसनल प्याब्सनका प्रदेश अध्यक्ष जयबहादुर श्रेष्ठले प्याब्सनका केही नेतृत्वकर्ताले समग्र संस्थागत विद्यालयको हितमा निर्णय लिन नसकेको बताए । सामाजिक सुरक्षा कोषमा सबै विद्यालय सहभागी हुने अवस्था नहुँदानहुँदै पनि सो कार्यक्रमको स्वागत गर्नुले त्यसको पुष्टि गर्ने उनको भनाइ थियो । विद्यार्थी सङ्गठन, राजनीतिक दल, अभिभावक सङ्घ, सरकार कोही पनि संस्थागत विद्यालयको पक्षमा नहुनु विडम्बनापूर्ण भएको उनले बताए ।
‘हामी अङ्क होइन, संस्कार दिऔँ,’ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘डिग्री होइन सीप दिन सक्यौँ भने मात्रै हाम्रा विद्यार्थीले संसारभर जहाँ गएर पनि सीप बेच्न सक्छन् ।’ संस्थागत विद्यालयले स्टुडेन्ट क्वालिफिकेसन सर्कल (एसएसी) र इन्टरनेसनल स्कुल अवार्ड (आईएसए) कार्यक्रममा सहभागी हुन ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
मोरङ जिल्ला अध्यक्ष सुनिलदत्त अधिकारीले सामाजिक सुरक्षा कोषमा जम्मा गरेको रकम फिर्ता गर्ने ग्यारेण्टी नहुँदासम्म सो कोषमा सहभागी हुन नसकिने बताए । संस्थागत विद्यालयले घोकन्ते शिक्षामा मात्रै जोड दिए अब विद्यार्थी सामुदायिक विद्यालयतिर जाने खतरा रहेको उनले औँल्याए । पहिले प्याब्सनले पेलेर अघि बढ्न खोजे पनि अहिले अवस्था फेरिएको र अब बिस्तारै प्याब्सनमा आबद्ध विद्यालय नेसनल प्याब्सनमा आबद्ध हुने उनले बताए ।
पूर्व केन्द्रीय सदस्य राजन छाराहाङले संस्थाको अध्यक्षले आफूलाई सेवक ठानेर काम गरे मात्रै संस्थाको हित हुने उल्लेख गरे । कार्यक्रममा नेसनल प्याब्सनका उर्लाबारी, बेलबारी, पथरीशनिश्चरेलगायतका स्थानीय तहका नेसनल प्याब्सनका अध्यक्षले सम्बोधन गरेका थिए । सञ्चार माध्यमले पनि नेसनल प्याब्सनका गतिविधिलाई कम महत्व दिएको उनीहरूको भनाइ थियो । नेसनल प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष कमल खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विनोद फुयलले गरेका थिए ।
याे पनि पढ्नुहाेस्
नेसनल प्याब्सन सुन्दरहरैंचाकोे अध्यक्षमा महेन्द्रकुमार राई



Facebook Comment
Banner
सुन्दरहरैंचावासीलाई नोबेलमा २० प्रतिशत छुटमा उपचार,
मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।
नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।
छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।
त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशपत्रका आधारमा पनि छुट सुविधा लिन सकिने जनाइएको छ ।
नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतनिधिबीच भएको सम्झौता भएको बताइएको छ ।
सो सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख केदारप्रसाद गुरागाईँ र उपप्रमुख अकली चौधरीले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासनको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका महाप्रबन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नवीन दाहालले हस्ताक्षर गर्नुभएको छ ।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
Banner
आधुनिक विज्ञान्, ब्रह्माण्डको उत्पत्तिको कथा र हाम्रो कक्षाकोठा
हरेक बालबालिकालाई आजको दैनिक जीवनमा प्रयोग हुने प्रविधिहरूको पछाडि रहेको भौतिकशास्त्र र ब्रह्माण्ड कसरी सिर्जना भयो भन्ने सुन्दर कथा बुझ्ने अधिकार छ। हरेक जातिको ब्रह्माण्डको उत्पत्तिबारे आफ्नै कथा छ तर सबैका कथा अपूर्ण र तथ्यभन्दा फरक छन्। यो ज्ञान केवल विश्वविद्यालयका विद्वानहरूको मुठ्ठीमा सिमित छ। सामान्य कक्षाकोठासम्म विरलै मात्र पुग्छ।
नेपालका कक्षा १० का विद्यार्थीहरूलाई ब्ल्याक होल (Black hole) के हो भनेर सोध्नुहोस्, उनीहरूले पाठ्यपुस्तकको एउटा हरफ घोकेर सुनाउलान् तर स्पेसटाइम (Spacetime) किन बाङ्गिन्छ? फोटोन (photon) के हो ? भनेर सोध्ने वित्तिकै जवाफ हराउँछ। यो विद्यार्थीको दोष होइन यो पाठ्यक्रमको समस्या हो। नेपालको कक्षा १० को विज्ञान पाठ्यक्रमले बल, दबाब र ऊर्जा अनि सौर्यमण्डल र ताराहरूको छोटो, वर्णनात्मक परिचयलाई मात्र समेट्छ। जुन प्रायः ३०० वर्ष पुरानो भौतिकशास्त्र हो। सापेक्षता (Relativity), क्वान्टम प्रविधि (Quantum technology), र बिग ब्याङ (Big bang) — जुन विचारहरूले वास्तवमा आधुनिक प्रविधि र ब्रह्माण्डको उत्पत्तिलाई व्याख्या गर्छन्, तिनको उल्लेख विरलै मात्र हुन्छ। न्युटनपछि विज्ञान धेरै अगाडि बढिसकेको छ। भूकेन्द्रित मोडेलले सूर्यकेन्द्रित मोडेललाई ठाउँ दियो। त्यसपछि आइन्स्टाइनको सापेक्षता आयो, र अन्ततः विग व्याङ सिद्धान्त आयो। यो हाम्रो युगको सृष्टि कथा नै हो भन्दा फरक पर्दैन।
यो ब्रह्माण्डीय उत्पत्तिको कथाको निर्माण विश्वभरका वैज्ञानिकहरू मिलेर शताब्दी लगाएर गरेका हुन्। जसलाई अहिले हब्बल (Hubble) र जेडब्ल्यूएसटी (JWST) जस्ता टेलिस्कोपहरूबाट प्राप्त प्रमाणहरूले पुष्टि गरिरहेका छन्। बिडम्बना, अधिकांश विद्यार्थीले यो कथा कहिल्यै सुन्दैनन् जुन आम मनिसले सुन्न, बुझ्न जरुरी भइसकेको छ । त्यसैले हामीले अब यसलाई विद्यालय शिक्षामा पाठ्यक्रममै समविष्ट गरी हरेक बच्चालाई सुनाउन आवश्यक छ। पाठ्यक्रममा समाविष्ट गरेर मात्र यो समस्याको हल हुन्न । कक्षाकोठामा विज्ञान कसरी पढाइन्छ? भन्ने कुरामा पनि भर पर्छ। नेपाली कक्षाकोठाहरू, विश्वभरका अन्य पठनविधि जस्तै, अझै पाठ्यपुस्तक र व्याख्यानमै भर पर्छन्। जसमा पढ्ने, घोक्ने, परीक्षाका लागि दोहोर्याउने क्रियाकलाप पर्छन्। यसरी पढाउँदा विज्ञान रोचक हुनुको साटो उल्टै दिक्क लाग्दो र झन्झटिलो बन्छ। यसको विकल्प हामीले सोच्नुपर्ने जरुरी भैसकेको छ।
एउटा परीक्षण गरिएको विकल्प पहिले नै आफ्नो अस्तित्वमा छ। विगत एक दशकदेखि, “आइन्स्टाइन–फस्ट (Einstein-First)” भनिने एउटा दृष्टिकोण ७० बढि अस्ट्रेलियाली विद्यालयहरूमा परीक्षण गरी राखिएको छ। अहिले यो परीक्षण युरोपसम्म फैलिदै छ। यसले व्याख्यानको सट्टा व्यावहारिक क्रियाकलाप र नमुनाहरू प्रयोग गरी कक्षा ३ देखि नै अणु, फोटोनजस्ता आधारभुत अवधारणाहरु सिकाइ स्पाइरल करिकुलम (Spiral curriculum) को सिद्धान्त अनुरुप माथिल्ला कक्षाहरुमा तिनलाई थप विस्तृत बनाई पाठ्यक्रम निर्माण गरेको छ। जसले गर्दा कक्षा १० सम्म आइपुग्दा विद्यार्थीहरुमा आधुनिक प्रविधि र ब्राह्मण्डको उत्पत्तिको कथा बुझ्न चाहिने सम्पूर्ण ज्ञान हुन्छ। यस परीक्षणको उल्लेखनीय परिणाम पनि देखिएका छन् जुन अन्तराष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित छन्। यस प्रयोगले विद्यार्थीहरूमा उत्सुकता, आत्मविश्वास र विज्ञानप्रतिको रूचि बढेको पाइएको छ। भौतिकशास्त्रप्रतिको रुचिमा रहेको लैङ्गिक खाडल समेत घट्दै गएको र सोच्ने क्षमतामा वृद्धि भएको पाइएको छ। सिकाइपश्चात् विद्यार्थीहरुले वास्तविकता र भ्रम चिर्न सफल भएको उदाहरणहरु प्रस्तुत गरिएको छ।
यदि हामीले पनि यस प्रोजेक्टसँग सहकार्य गरी नेपालमा यो पठ्यक्रम लागु गर्न सके हाम्रा बालबालिकाहरुले युगानुकूल उत्कृष्ट शिक्षा हाँसिल गर्ने थिए। ब्रह्माण्डलाई एक शताब्दी अगाडि बुझिएको जस्तो नभई, त्यो जस्तो छ वास्तवमा त्यस्तै बुझ्नेथे। भावी भौतिकशास्त्रीहरूले मात्र नभई सबै विद्यार्थीले आफ्नो संसार बुझ्ने र गलत सूचनालाई प्रश्न गर्ने क्षमता निर्माण गर्ने थिए। भलै पाठ्यक्रम सुधार जहाँसुकै ढिलो हुन्छ, हामीले यसलाई गम्भीरतापूर्वक लिई चाँडो भन्दा चाँडो यो पाठ्यक्रम अनुसरण गर्न अत्यन्त जरुरी देखिन्छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login