Connect with us
Advertisement

गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा नबिल बैंकको सहयोगमा सुविधा सम्पन्न सभाहल बन्ने

Published

on

विराटचोकः ७ सय ५० सिट क्षमताको सुविधा सम्पन्न सभा हल (अडिटोरियम) पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय सुन्दरहरैंचा– ७ गोठगाउँमा बन्ने भएको छ । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गर्ने सो भवन र बैंकको शाखा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपति अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले संयुक्त रूपमा ती भवन निर्माणका लागि शिलान्यास गरेका छन् ।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरूलाई बढी राजनीतिकरण गरिएको बताउँदै राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने चलन अन्त्य गर्नुपर्ने बताए । विश्वमा यस्तो चलन हट्दै वा कम हुँदै जाँदा नेपालमा भने यस्तो प्रवृत्तिले प्रश्रय पाइरहेको उनको भनाइ थियो ।

पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा समस्या भन्दा पनि धेरै उपलब्धि हासिल भएको आफूले पाएको तर अन्य विश्वविद्यालयमा समस्या धेरै रहेको उनको भनाइ थियो । विश्वविद्यालयहरू सधैँ अनुदानको भरमा चल्नुभन्दा पनि आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवराज कोइरालाले चिकित्सा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमति पाए पनि मेडिकल कलेज सञ्चालनको लागि आवश्यक स्रोत र साधनको कमी भएकाले त्यसको व्यवस्था मिलाइदिन मन्त्रीसँग आग्रह गरे ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले विश्वविद्यालयका विभिन्न समिति निर्माण हुँदा सबै दलको सहभागिता नगराइँदा समुदायबाट सञ्चालित विश्वविद्यालय कठिनाइमा समस्या हुने जनाए । सरकारी कामजस्तो बजेट दुरुपयोग वा काममा ढिलाइ गर्नेतर्फ बैंकले सोच्दै नसोच्ने उनको भनाइ थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले आगामी आर्थिक वर्षको पहिलो दिनदेखि नै सेवा शुरु हुने गरी शाखा कार्यालयको भवन बनाउन आफूले निर्देशन दिएको बताए । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशभर विभिन्न कामहरु गरिरहेको ढुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय साधन स्रोत परिषद्का नवनियुक्त अध्यक्ष लोकप्रसाद सङ्ग्रौलालगायत परिषद्का सदस्यहरुलाई प्रमुख अतिथि राईले मनोनयन पत्र प्रदान गरेका थिए ।

विश्वविद्यालयका रजिष्ट्रार नीलमणि पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा साधन स्रोत परिषद्का नवनियुक्त अध्यक्ष सङ्ग्रौला, विश्वविद्यालयका सभासद् रमेशजंग रायमाझी, प्राध्यापक संघका अध्यक्ष यज्ञप्रसाद जमरकट्टेललगायतले आफ्नो भनाइ राखेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक