शेयर
सिटी होटलको आईपीओ बिक्री शुरु, आईपीओ निकाल्ने चौथो होटल
विराटचोकः सिटी होटलले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १६ लाख ७४ कित्ता शेयरको आईपीओ आजदेखि बेच्ने भएको छ ।
सिटी होटल आईपीओ जारी गर्ने नेपालको चौथो होटल हुने भएको छ । सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल र ओरयन्टल होटलले आईपीओ जारी गरिसकेका छन् । यद्यपि होटल तथा पर्यटन समूहमा केबलकार सञ्चालन गर्ने चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शन लिमिटेड कम्पनी पनि सूचीकृत छन् ।
कम्पनीले निस्कासन गर्ने आईपीओको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ । यस्तै, ४ प्रतिशत अर्थात् ६६ हजार ९ सय ६० कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ५५ हजार ९ सय ४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैशाख २८ गतेसम्म आवेदन दिन सकिने यो शेयरमा सो अवधिमा सबै शेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने सो कम्पनीको आईपीओ खरीदका लागि सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सिटी होटल लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४ साल मंसिर १९ गते सिटी रियल होम्स प्रालिको नाममा दर्ता भएकोमा २०७२ साउन २० गतेदेखि सिटी रोयल होम्स प्रालिमा परिवर्तन भएको हो । पछि २०७३ साउन १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको कम्पनी काठमाडौं महानगरपालिका वडा नम्बर १३ छिन्नलता चोक, सोल्टीमोड, काठमाडौंमा अवस्थित छ ।
होटल, रेष्टुरेन्ट, ब्यांक्वेट तथा सभा हल र स्पा तथा सैलुन सञ्चालनमा रहेको कम्पनीले क्यासिनो सञ्चालनको तयारीमा रहेको जनाइएको छ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ९० प्रतिशत र सर्वसाधारणको हिस्सा १० प्रतिशत हुनेछ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ सम्म चुक्ता पूँजी वृद्धि गर्ने कुनै योजना बनाएको छैन । चालु आर्थिक वर्षको अन्त्यसम्म कम्पनी १७ करोड ५७ लाख ९ हजार रुपैयाँ नोक्सानमा हुने कम्पनीको अनुमान छ ।
Facebook Comment
Banner
आज २०८३ साल वैशाख ११ गतेको राशिफल
आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि । लोकतन्त्र दिवस, गोरखकाली पूजा । तदनुसार सन् २०२६ अप्रिल २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ। साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ। आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।
वृष : दिन राम्रो छ । मन शान्त बन्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी साथी शान्त भएकाले मौन बसेर आफ्नो काम गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।
मिथुन : समय राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।
कर्कट : लगानीमा अवरोध हुँदा मानसिक तनाव बढ्नेछ। राज्यको तर्फबाट भय बढ्नेछ। सानो रकम भए पनि दान गरेर मनलाई शान्त पार्न सक्नुहुनेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।
सिंह : शुभ समाचार सुन्ने दिन छ । आज नसोचेको धन प्राप्त हुनेछ। मित्रबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्न सकेमा रोगबाट मुक्ति मिल्नेछ। विपक्षी साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। छोटो दूरीको सुखद् यात्रा हुनेछ।
कन्या : दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपता भएमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। अग्रजबाट हौसला प्राप्त हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु उचित हुनेछ।
तुला : सुख र आनन्द प्राप्त हुने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। शिक्षामा श्रम गर्नुपर्ने दिन छ ।
वृश्चिक : दैनिकी तपाईंका लागि सहज रहेको छ। रमाइलो गर्ने नाममा खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। अरुको कामका लागि आफ्नो समय र खर्च नगर्नु उचित हुनेछ।
धनु :आजको यात्रा तपाईंका लागि कष्टकर बन्नेछ। मन अशान्त बन्ने छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। व्यापारमा निरासा बढ्ने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ।
मकर : काम गर्दा सचेत बन्नु उचित हुन्छ । अचानक मनमा असन्तोष पैदा हुनेछ। कुटुम्बसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु फाइदा हुनेछ। शनिका कारण हरेक काममा बाधा हुनेछ। गणेशको भजन मात्र सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।
कुम्भ : दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।
मीन : सोचेर काम गर्नु उचित हुन्छ । साना कुराले मनमा निरासा बढ्नेछ। आफ्नै परिवारका कारणले मनमा असन्तुष्टि बढ्नेछ। दैनिक काममा कसैसँग विवाद नगर्नु उचित हुनेछ। राम्रो बोल्दा पनि खराब बुझाइले तनाव बढ्नेछ।
Banner
कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले एक सूचना जारी गरी मन्त्रालय/विभाग/कार्यालय/निकाय र स्थानीय तहहरूलाई कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको हो । साथै, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित कार्यालयमा सुरक्षित राख्न पनि भनिएको छ।
पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्नु गराउनु हुन अनुरोध छ । सो व्यवस्था कार्यान्वयन नभएको अवस्था भए कर्मचारीको दैनिक उपस्थिति (आएको तथा गएको) विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था मिलाउनु हुन र प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी, प्रमाणित गरी सो अभिलेख कार्यालयमा सुरक्षित राख्न समेत यस मन्त्रालयको मिति २०८३।०१।०८ गतेको निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ
।’
Banner
दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि
नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
नवौँ एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपबाट छनोट भएका शीर्ष टोलीहरुले दशौँ एनभीएल लिग खेल्न लागेका हुन् ।
लिगका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । एनभीए लिगमा महिला र पुरुषतर्फ गरी कूल ४५ खेल हुनेछ । जसमा लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) मा छनोट हुने प्रावधान रहेकोले सहभागि सबै टोलीका लागि एनभीएल भलिबल लिग महत्वपूर्ण हुनेछ ।
पहिलो दिन चार खेल
लिगको पहिलो दिन महिला र पुरुषतर्फ दुई-दुई गरी कूल चार खेल हुनेछ । महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ ।
यस्तै पुरुषथर्फ हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लबबीच मध्यान्न १२ बजे खेल हुनेछ भने त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीचको खेल अपरान्ह ४ बजे सुरु हुने तालिका छ । यसैगरी उद्घाटन समारोह दिउँसो ३ बजे हुने नेपाल भलिबल संघले जनाएको छ ।
चार टोलीमा विदेशी खेलाडी
दशौँ संस्करणको पीएम कप एनभीए भलिबल लिगमा सहभागि कूल १४ मध्ये ४ टोलीले मात्र विदेशी खेलाडी आफ्नो टिममा समावेश गरेका छन् । त्यसमा पुरुषतर्फ हेल्प नेपाल, रुकुम पश्चिम भलिबल क्लब र खिल्ली युवा क्लब छन् भने महिलातर्फ बुटवलको एभरेष्ट भलिबल क्लबले विदेशी खेलाडी टिममा राखेको छ ।
नेपाल भलिबल संघको अनुसार लिगमा तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । त्यही अनुसार मोफसलका क्लबहरुले विदेशी खेलाडी समावेश गर्दै टिम बलियो बनाएका छन् ।
त्यसमा पनि टिपटपले लामो समयदेखि विदेशी खेलाडीहरु टिममा राख्दै घरेलु भलिबल प्रतियोगितामा सधैँ दाबेदारी दिँदै आएको छ । यस पटक पनि हेल्प नेपालले मुराद जेहान, उस्मान फर्याद अली र मुह्मद कासिफ नाभिदलाई अनुबन्ध गरेको छ ।
यस्तै नवौँ एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विदेशी खेलाडीको साथ उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ८ मा रहेर एनभीएल लिगमा छनोट भएको रुकुम पश्चिम र खिल्जी युवा क्लबले पनि दशौँ एनभीएल लिगमा विदेशी खेलाडी समावेश गरेको छ । रुकुम पश्चिमले फहद राजा, एडनान खान र आफा खानलाई अनुबन्ध गरेको छ भने खिल्जीले भारतीय खेलाडीहरु शुभम चौधरी, रजत चौधरी र सुरज चौधरीलाई अनुबन्ध गरेको छ ।
महिलातर्फ पनि एभरेष्ट क्लबले भारतबाटै केपी अनुश्री, अमिथा किकोथ र अनाघा राधाकृष्ननलाई अनुबन्ध गरेको छ । एभरेष्टले गत संस्करणमा थाइल्यान्डका तीन खेलाडी अनुबन्ध गरेर खेलाएको थियो ।
महिला र पुरुक्ष दुवैमा तीन विभागीय टोलीले आफ्नै क्लबका खेलाडीहरु समावेश गरेका छन् भने पुरुषतर्फ कोशी प्रदेश र बुढानिलकण्ठ क्लबले पनि विदेशी खेलाडी राखेको छैन । यस्तै महिलातर्फ सुदूरपश्चिमले पनि विदेशि खेलाडी समावेश गरेको छैन ।
विजेतालाई १० लाख पुरस्कार
यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । लिगमा महिला र पुरुष दुवैतर्फ विजेतादेखि अन्य पुरस्कार समान राखिएको छ ।
लिगको दुवै विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।
यस्तै महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार हात पार्नेछन् भने दुवैतर्फ उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०-३० हजार प्राप्त गर्नेछन् ।
नवौँ एनभीए लिगमा महिला र पुरुष दुवैतर्फ विजेताले नगद ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख प्राप्त गरेका थिए भने सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट सबैले २५ हजार पाएका थिए ।
नवौँ पीएम कप एनभीए लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको थियो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login