Connect with us
Advertisement

सांसद शर्मा भन्छन्, ‘नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न खोजिँदैछ’

Published

on

फाइल तस्बिरः

काठमाडौंः प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान फेर्न दवाव दिने काम भइरहेको खुलासा गरेका छन् । आइतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले मुख्य व्यक्तिलाई उन्मुक्ति दिन अभियुक्तहरुको बयान फेर्ने प्रयास भइरहेको बताएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रसँग पनि शरणार्थीको विषय जोडिएकाले अभियुक्तहरुलाई भेट्न जाँदा उनीहरुको बयान फेर्ने प्रयास भइरहेको थाहा पाएको उनले खुलासा गरे । थुनामा राखिएकालाई बयान गर्ने बेलामा सरकारी वकिलका अगाडि बयान समेत परिवर्तन गर्नको निम्ति दबाब दिने गरेको पाइएको उनको भनाइ थियो ।

सांसद शर्माले हिरासतमा बयान फेर्ने प्रयास भइरहेकाले अभियुक्तहरुलाई सदनमा ल्याएर मुख्य अभियुक्त को हुन् भनेर बोल्न लगाउनुपर्ने माग पनि गरेका छन् । यो गम्भीर विषय भएकाले पार्टी भन्दा माथि उठेर दोषीलाई कारबाही गर्न इमान्दारपूर्वक सहयोग गर्नुपर्ने उनले बताए । यो विषयले नेताहरुलाई गिज्याइरहेको भन्दै सांसद शर्माले जनताको अगाडि शिर निहुराएर बस्नुभन्दा दोषीलाई कारबाहीको दायरमा ल्याएर शिर ठाडो पारेर हिँड्न सक्नुपर्ने धारणा राखे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै सेयर बजारमा ५ वर्षयताकै ठूलो गिरावट

Published

on

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछि देखिएको सबैभन्दा ठूलो गिरावट हो।

बीबीसीका अनुसार  ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्य वृद्धि हुने संकेत देखिएको छ र यसको प्रभाव अमेरिका तथा अन्य देशहरूको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ । विशेषगरी, एशिया-प्रशान्त क्षेत्रका सेयर बजारहरूमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। अमेरिकी एस एन्ड पी ५०० (बजार सूचकांक) का लागि यो सन् २०२० पछि सबैभन्दा खराब दिन रह्यो।

पाँच वर्ष अगाडि कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्र धराशायी भएको थियो। नाइकी, एप्पल र टार्गेट जस्ता ठूला कम्पनीहरू सबैभन्दा बढी प्रभावित भए, जसका सेयर मूल्यहरू ९ प्रतिशतभन्दा बढीले घटेका छन्। एस एन्ड पी ५०० एक प्रमुख सेयर बजार सूचकांक हो, जसले अमेरिकी स्टक एक्सचेन्जमा सूचीबद्ध ५०० अग्रणी कम्पनीहरूको अवस्थालाई मापन गर्छ।ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै वैश्विक आयातमा १० प्रतिशत भन्सार कर लगाउने योजना रहेको बताएका छन्।उनको दाबी अनुसार यसले अमेरिकी अर्थतन्त्रमा सुधार ल्याउनुका साथै संघीय राजस्व वृद्धि गर्न मद्दत गर्नेछ।

यता, चीन र युरोपियन युनियनले ट्रम्पको भन्सार कर घोषणापछि प्रतिकारात्मक कदम चाल्ने संकेत दिएका छन्।

Continue Reading

Banner

कुलमानले भने : लोडसेडिङ अन्त्य चमत्कार होइन, इमान्दार प्रयास

Published

on

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन् । बर्खास्तीमा परेपछि पहिलो पटक शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै मेरो कार्यकालको सफलता हो,’ उनले भने ।

सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलन गरिरहेका छन् ।

Continue Reading

Banner

कार्यालय समयमै महानगर पुगे प्रशासकीय अधिकृत, कर्मचारीको तलब निकासा प्रक्रिया सुरू

Published

on

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज सहजरुपमा कार्यालय पुगेका छन् । उनलाई नगर प्रहरीले रोक्ने प्रयास गरेनन् ।

हिजो प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय प्रवेश गर्ने क्रममा महानगरभित्र बबण्डर उत्पन्न भएको थियो । मेयर बालेन्द्र साहले उनलाई रोक्न नगरप्रहरी उतारेका थिए । तर, महानगरका कर्मचारी र अन्य जनप्रतिनिधिले उनलाई कार्यकक्षमा पुर्‍याएर हाजिर गराइ छाडे । यसमा महानगरकी उपमेयर सुनिता डंगोलले समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

आज कार्यालय पुगेलगत्तै प्रशासकीय अधिकृत गुरागाईँले लामो समयदेखि रोकिएको शिक्षक-कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिएका छन् । प्रशासकीय अधिकृतको अभावमा महानगरका शिक्षक-कर्मचारीले ३ देखि पाँच महिनासम्मको तलब पाएका थिएनन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक