समाचार
इन्द्रपुर साना शहरी खानेपानीको चुनावी कार्यतालिका सार्वजनिक
विराटचाेक इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको चुनावी कार्यतालिका सार्वजनिक भएकाे छ । तालिका अनुसार मतदाताकाे सूची प्रकाशन जेठ १३ गते बिहान १० बजे, प्रकाशित मतदाता नामावली उपर दाबी विराेध दिनकाे १२ बजे सम्म राखिएकाे छ । यसैगरी अन्तिम नामावली प्रकाशन १४ गते बेलुका ५ बजे गर्ने भएकाे छ । उम्मेदवारकाे मनाेनयन दर्ता १५ गते बिहान १० बजेदेखि २ बजेसम्म राखिएकाे छ भने ५ बजे सूची प्रकाशन गर्ने जनाएकाे छ । १६ गते उम्मेदवारकाे नामावली उपर दावी बिराेध, उम्मेदवारी फिर्ता, उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन बेलुका ५ बजे गरिने जनाएकाे छ ।
यसैगरी १७ र १८ गते प्रचार प्रसारकाे समय दिइएकाे छ । १८ गते राति १२ बजे पछि माैन अवधी रहने तालिकामा उल्लेख छ । निर्वाचन २० गते सुन्दरहरैँचा ९ विराटचाेकमा रहेकाे मङ्गल स्मृति प्रतिष्ठान इन्द्रपुर जेसीज कालीखाेला परिसरमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने प्रमुख निर्वाचन आयुक्त केशव अधिकारीद्धारा जारी गरिएकाे तालिकामा उल्लेख गरिएकाे छ ।
याे निर्वाचनमा अध्यक्ष पदका लागि ३ जनाको प्रतिष्पर्धा हुने देखिएको छ । एमाले-राप्रपा गठबन्धनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा तथा काङ्ग्रेस- माओवादी र समाजवादी गठबन्धनबाट नवराज चापागाईले उम्मेदवारी घोषणा गरिसकेका छन् भने गीताबहादुर सोडारी जितेन स्वतन्त्रबाट अध्यक्षमा उमेदवारी घोषणा गरी अघि बढेका छन् । उमेदवारहरू आआफनो समुह बनाएर खानेपानीको निर्वाचनमा उपभोक्ता सँग मत माग्दै घरदैलो अभियानमा हिडिँरहेका छन् । सञ्चालक समितिमा अध्यक्ष सहित ११ सदस्य निर्वाचन हुने व्यवस्था रहेकाे छ भने लेखा समितितर्फ सम्याेजक सहित ३ जना निर्वाचित हुने छन् । साे समितिकाे साधारणसभा भने १३ गते शनिबार कार्यालयकै परिसरमा राखिएकाे छ । २०६५ सालमा स्थापना भएकाे याे समितिकाे पहिलाे निर्वाचनबाट नयाँ कार्यसमिति आउने भएका छन् ।
Facebook Comment
Banner
सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।
शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।
नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login