Connect with us
Advertisement

इटहरीमा माघ १ देखी ५ दिने सूचना प्रविधि सम्बन्धि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२० हुने

Published

on

बिराटचोक ः इटहरीमा माघ १ गते देखी ५ दिने सूचना प्रविधि सम्बन्धि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२० आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा उक्त प्रदर्शनी संचालन हुने भएको हो ।  प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक इटहरी स्थित जनता स्कुलको खेल मैदानमा आयोजना हुने क्यान आयोजकले जनाएको छ ।

सूचना प्रविधि प्रर्दशनीमा क्यानमहासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्िष्ट्रय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नया“–नया“ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नुका साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने क्यान सुनसरीका अध्यक्ष विशाल बास्तोलाले बताएका छन् ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउने उदेश्यका साथ सो प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । इन्फोटेकमा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने आयोजकले जानकारी दिएका छन ।

क्यान इन्फोटेकमा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हनुका साथै इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु राखिने  आयोजकले जनाइएको छ ।

 

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

अवर्गीकृत

३ रुपैयाँका दरले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ।

Published

on

३ रुपैयाँका दरले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ।
बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू भएकोछ ।
Continue Reading

अवर्गीकृत

नितिश तिवारीको ‘रामायण’मा फेरिए दशरथ, अब अरुण गोविलको चर्चा

Published

on

नितिश तिवारीको निर्देशनमा महाकाब्य रामायणमा आधारित फिल्म ‘रामायण’ सबैभन्दा चर्चित प्रोजेक्टका रुपमा रहेको छ ।

यस फिल्ममा रणबीर कपुर भगवान रामको भूमिकामा देखिने भएका छन् । केही दिन अगाडी मात्रै भारतीय मिडियाहरूले अमिताभ बच्चनले राजा दशरथको भूमिका निर्वाह गर्ने कुरा लेखेका थिए ।

तर अन्य केही सञ्चार माध्यमले भने निर्माताले अझै पनि रामायणमा दशरथको भूमिका निभाउने पात्रको खोजी गरिरहेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार निर्माताले राजा दशरथको भूमिका निभाउनका लागि अरुण गोविलसंग कुराकानी गरेका छन् । अरुण गोविलले रामानन्द सागरको रामायणमा भगवान रामको भूमिका निभाएका थिए ।

रिपोर्टहरुका अनुसार अहिले उनीहरूमा कुराकानी मात्रै भएको हो । आधिकारिक रुपमा गोविलले दशरथको भूमिका निभाउने पक्का भने भैसकेको छैन् ।

यस्तै तिवारीको रामायणका लागि धेरै अभिनेताहरूको नाम विभिन्न पात्रको भूमिकाको लागि छनोट गरिएको कुरा बाहिरिएका थिए । तर ती सबै सही नभएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

साई पल्लवीले सीताको भूमिका निभाउने कुरा पनि बाहिर आएको थियो । तर अहिले सार्वजनिक भएको रिपोर्टका अनुसार जान्हवी कपूरले सीताको भूमिका निभाउने कुरा बाहिर आएको छ ।

Continue Reading

Banner

आज – ०४ माघ २०८० बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला । मान्यजनको सुझाव अप्रिय पनि लाग्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल (hamropatro)

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक