शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचाले ल्याउँदैछ सरकारी कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि नगरपालिकाभित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी, जनप्रतिनिधि, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति अबलम्बन गर्ने भएको छ ।
नगरपालिकाको बाह्रौं नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । त्यस्तै, नगरपालिकाले नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तीमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने नीति लिएको छ ।
नगर क्षेत्रभित्र सञ्चालित आधारभूत विद्यालयहरूमा खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापकको नियुक्ति गर्ने र सुत्केरी तथा अन्य कारणले लामो समय बिदामा बसेको समयमा शिक्षणलाई निरन्तरता दिन स्वयम्सेवक शिक्षकको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यी हुन् नगरसभामा नगर प्रमुख केदारप्रसाद गुरागाईद्वारा प्रस्तुत शिक्षासम्बन्धी नीति तथा कार्यक्रमः
१) आगामी शैक्षिक सत्र २०८१ देखि यस नगरपालिकाभित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी जनप्रतिनिधि, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने नीति अबलम्बन गरिनेछ ।
२) नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तीमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्ने नीति अबलम्बन गरिनेछ ।
३) नगर क्षेत्रभित्र सञ्चालित आधारभूत विद्यालयहरूमा खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापकको नियुक्ति गर्ने नीति अबलम्बन गरिनेछ ।
४) सुत्केरी तथा अन्य कारणले लामो समय बिदामा बसेको समयमा अध्ययन अध्यापनलाई निरन्तरता दिन स्वयम्सेवक शिक्षकको व्यवस्था मिलाइनेछ ।
५) आधारभूत विद्यालयलाई मुख्य प्राथमिकतामा राखेर प्रत्येक आर्थिक वर्षमा कम्तीमा २ ओटा आधारभूत सामुदायिक विद्यालयलाई नमुना आधारभूत विद्यालयको रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिँदै आगामी ४ वर्षभित्रमा सबै वडामा कम्तीमा एक नमूना आधारभूत विद्यालय निर्माण गरिनेछ साथै नगरभित्र रहेका आधारभूत विद्यालयहरूको आधारभूत आवश्यकताहरू (खानेपानी, विद्युत, शौचालय, कक्षाकोठा) आगामी आर्थिक वर्षभित्रमै सम्पन्न गरिनेछ ।
६) विद्यालय शिक्षा ऐन २०७९ मा भएको व्यवस्था बमोजिम नगरभित्रका शैक्षिक संस्थाहरूको गतिविधि तथा कार्यक्रमलाई व्यवस्थित गर्दै लाने नीति अबलम्बन गरिनेछ ।
७) नगर शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिलाई थप सक्षम, प्रभावकारी, नतिजामुखी र जवाफदेही बनाउने नीति अबलम्बन गरिनेछ ।
८) विद्यालयका चल अचल सम्पत्तिको एकीकृत लगत सङ्कलन गरी अभिलेखीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९) सामुदायिक विद्यालयहरूको क्षमता अभिवृद्धि गरी सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षणलाई थप बढाइनेछ ।
१०) सामुदायिक शिक्षालाई प्रविधिमैत्री, गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाउने कार्यलाई निरन्तरता दिइनेछ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास, आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्याइनेछ । नगरभित्र सञ्चालित बाल विकास केन्द्रको स्तर उन्नतिलाई निरन्तरता दिइनेछ ।
११) विद्यालयहरूमा कक्षाकोठा, पुस्तकालय र विज्ञान तथा कम्युटर प्रयोगशाला, शिक्षक दरबन्दी मिलान गरी विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, तालिम प्राप्त शिक्षकमार्फत् अध्यापनको सुनिश्चितता गरिनेछ ।
१२) बालबालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण तथा समुचित विसर्जनको व्यवस्थाका लागि भेन्डिङ मेसिन जडान, बालिका छात्रवृत्तिको व्यवस्था, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्रीजस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गरी शैक्षिक गुणस्तर सुधार गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१३) नगरक्षेत्रका नागरिकहरूलाई साक्षर बनाई पूर्ण साक्षर नगर बनाउन प्रौढ शिक्षा कार्यक्रम र प्रौढ शिक्षाबाट साक्षर बनेका नागरिकहरूका लागि साक्षरोत्तर कार्यक्रम सञ्चालन गरिनेछ ।
१४) सामुदायिक विद्यालयमा अध्ययनरत उत्पीडित असाहय, सीमान्तकृत तथा आर्थिक अवस्था कमजोर भएका अल्प तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१५) नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा यस शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको छ । यस कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।
१६) कोशी प्रदेशकै पहिचानको रूपमा रहेको सुकुना बहुमुखी क्याम्पसको कार्यक्रमलाई विकास र विस्तार गरी अनुसन्धान केन्द्र र प्राविधिक क्याम्पसको रूपमा विकास गर्न आवश्यक गृहकार्यको थालनी गरिनेछ ।
१७) सबै सामुदायिक विद्यालयहरूमा आवधिक रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी स्वास्थ्यकर्मीमार्फत् पोषणसम्बन्धी परामर्श सेवा उपलब्ध गराइनेछ ।
१८) नगरभित्र रहेका सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा स्काउट कक्षा सञ्चालन गरिनेछ साथै विद्यालय छनोट गरी दुई वटा सामुदायिक विद्यालयका स्काउटमा आबद्ध विद्यार्थीहरूलाई पोसाक उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
१९) विद्यालय शिक्षा ऐन २०७९ अनुरुप संस्थागत विद्यालयहरूको वर्गीकरण गरी व्यावहारिक तथा वैज्ञानिक शुल्क प्रणाली लागू गर्नका साथै नियमन र व्यवस्थापन गर्न सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
२०) संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोततर्फका शिक्षक तथा कर्मचारीहरूलाई श्रम ऐनमा व्यवस्था भए बमोजिमको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल गरिनेछ ।
२१) नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीरूको प्रतिभा पहिचान तथा प्रस्फुटनका निमित्त वार्षिक रूपमा अतिरिक्त क्रियाकलापहरू समेट्ने गरी सुन्दरहरैँचा खेल मेला अर्थात् सुन्दरहरैँचा स्पोर्ट्स मिट कार्यक्रमको आयोजना गरिनेछ ।
२२) पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज र अस्पताल ९३० (बेडको) सञ्चालन गर्न नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक पहल र समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२३) नगरक्षेत्रभित्र सञ्चालित गुरुकुल, गुम्बा तथा मदरसा लगायत परम्परागत तथा धार्मिक विद्यालयलाई एकीकृत गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
२४) प्राविधिक शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराइनेछ ।
२५) प्रणामी मन्दिर सुन्दरहरैँचा ९ मा सञ्चालित अनाथालय तथा वृन्दावन गौशालामा रहेका बालबालिकाहरूका लागि शिक्षा तथा पोषणका लागि गरिएको सहयोगलाई निरन्तरता दिइनेछ ।
२६) विभिन्न विद्यालय, विश्वविद्यालय, प्रतिष्ठान तथा शैक्षिक केन्द्रहरूमा स्थानीय छात्रवृत्तिका लागि आवश्यक पहल गरिनेछ ।
२७) सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीरुलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सङ्गीत, नृत्य तथा खेलकुदका कक्षाहरु अनिवार्य गरिनेछ । जसका लागि घुम्ती शिक्षकहरूको व्यवस्था मिलाइनेछ ।
२८) कक्षा अवलोकन मार्फत शिक्षण सिकाइ सुधार गर्नुका साथै अन्य व्यवस्थापकीय पक्षसमेतको अनुगमनका लागि सेवा निवृत्त शिक्षक, कर्मचारी, प्राध्यापक तथा सम्बन्धित क्षेत्रका विज्ञ समूह निर्माण गरी नियमित अनुगमनको व्यवस्था मिलाइनेछ ।
२९) विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरूका लागि व्यापक भर्ना अभियानमार्फत् पहुँच विस्तार गरिनेछ साथै कक्षा दोहोर्याउने र छोड्ने दरलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिनेछ ।
३०) समुदायमा आधारित बालविकास केन्द्रहरुको प्रभावकारिता वृद्धि गर्न मातृ विद्यालयलाई सञ्चालन तथा व्यवस्थित गर्न जिम्मेवार बनाइनेछ ।
३१) आधारभूत विद्यालयको सिकाइ सुधारका लागि नजिकको माथिल्लो तहको विद्यालयलाई लिडर विद्यालय तोकी स्रोत विद्यालयको शिक्षण सिकाइ साथै व्यवस्थापकीय पक्षमा सुधार गर्न सहयोग गर्नुपर्ने नीति अबलम्बन गरिनेछ ।
३२)ं अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालित दिवा सेवा केन्द्रलाई व्यवस्थित गर्ने नीति अबलम्बन गरिनेछ ।
३३) माध्यमिक विद्यालयका छात्रासँग उपमेयर अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै विद्यालयमा सुझाव पेटिकाको व्यवस्थापन गरिनेछ ।
३४) विद्यालयमा माथिल्लो तहको नपुग दरबन्दीमा तल्लो तहको दरबन्दीमा कार्यरत सम्बन्धित विषयको माथिल्लो योग्यता भएको शिक्षकले शिक्षण गर्नुपर्ने भएमा त्यस्ता शिक्षकहरूका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
३५) सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई श्रममा जोड्ने र उत्पादन भएको वस्तुहरूको बिक्रीबाट प्राप्त हुने आम्दानी उनीहरूकै सुविधामा खर्च गरिनेछ ।
सुन्दरहरैंचा नगरपालिकाद्वारा १ अर्ब ७२ करोड बढीको बजेट सार्वजनिक
यी हुन् सुन्दरहरैँचाको १२ औँ नगरसभाबाट स्वास्थ्य क्षेत्रमा लिइएका नीतिहरु
Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login