शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचाले ल्याउँदैछ सरकारी कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि नगरपालिकाभित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी, जनप्रतिनिधि, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पदधारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति अबलम्बन गर्ने भएको छ ।
नगरपालिकाको बाह्रौं नगरसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ । त्यस्तै, नगरपालिकाले नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तीमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्नुपर्ने नीति लिएको छ ।
नगर क्षेत्रभित्र सञ्चालित आधारभूत विद्यालयहरूमा खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापकको नियुक्ति गर्ने र सुत्केरी तथा अन्य कारणले लामो समय बिदामा बसेको समयमा शिक्षणलाई निरन्तरता दिन स्वयम्सेवक शिक्षकको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यी हुन् नगरसभामा नगर प्रमुख केदारप्रसाद गुरागाईद्वारा प्रस्तुत शिक्षासम्बन्धी नीति तथा कार्यक्रमः
१) आगामी शैक्षिक सत्र २०८१ देखि यस नगरपालिकाभित्रका सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सरकारी कर्मचारी जनप्रतिनिधि, नगर शिक्षा समितिका पदाधिकारी साथै सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने नीति अबलम्बन गरिनेछ ।
२) नगरपालिका तथा सम्पूर्ण वडाहरूमा सामाजिक विकासतर्फ विनियोजित बजेटको कम्तीमा ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा अनिवार्य लगानी गर्ने नीति अबलम्बन गरिनेछ ।
३) नगर क्षेत्रभित्र सञ्चालित आधारभूत विद्यालयहरूमा खुला प्रतिस्पर्धाको आधारमा प्रधानाध्यापकको नियुक्ति गर्ने नीति अबलम्बन गरिनेछ ।
४) सुत्केरी तथा अन्य कारणले लामो समय बिदामा बसेको समयमा अध्ययन अध्यापनलाई निरन्तरता दिन स्वयम्सेवक शिक्षकको व्यवस्था मिलाइनेछ ।
५) आधारभूत विद्यालयलाई मुख्य प्राथमिकतामा राखेर प्रत्येक आर्थिक वर्षमा कम्तीमा २ ओटा आधारभूत सामुदायिक विद्यालयलाई नमुना आधारभूत विद्यालयको रूपमा विकास गर्ने कार्यलाई निरन्तरता दिँदै आगामी ४ वर्षभित्रमा सबै वडामा कम्तीमा एक नमूना आधारभूत विद्यालय निर्माण गरिनेछ साथै नगरभित्र रहेका आधारभूत विद्यालयहरूको आधारभूत आवश्यकताहरू (खानेपानी, विद्युत, शौचालय, कक्षाकोठा) आगामी आर्थिक वर्षभित्रमै सम्पन्न गरिनेछ ।
६) विद्यालय शिक्षा ऐन २०७९ मा भएको व्यवस्था बमोजिम नगरभित्रका शैक्षिक संस्थाहरूको गतिविधि तथा कार्यक्रमलाई व्यवस्थित गर्दै लाने नीति अबलम्बन गरिनेछ ।
७) नगर शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिलाई थप सक्षम, प्रभावकारी, नतिजामुखी र जवाफदेही बनाउने नीति अबलम्बन गरिनेछ ।
८) विद्यालयका चल अचल सम्पत्तिको एकीकृत लगत सङ्कलन गरी अभिलेखीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
९) सामुदायिक विद्यालयहरूको क्षमता अभिवृद्धि गरी सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षणलाई थप बढाइनेछ ।
१०) सामुदायिक शिक्षालाई प्रविधिमैत्री, गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाउने कार्यलाई निरन्तरता दिइनेछ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बालविकास, आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पुर्याइनेछ । नगरभित्र सञ्चालित बाल विकास केन्द्रको स्तर उन्नतिलाई निरन्तरता दिइनेछ ।
११) विद्यालयहरूमा कक्षाकोठा, पुस्तकालय र विज्ञान तथा कम्युटर प्रयोगशाला, शिक्षक दरबन्दी मिलान गरी विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, तालिम प्राप्त शिक्षकमार्फत् अध्यापनको सुनिश्चितता गरिनेछ ।
१२) बालबालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण तथा समुचित विसर्जनको व्यवस्थाका लागि भेन्डिङ मेसिन जडान, बालिका छात्रवृत्तिको व्यवस्था, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्रीजस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गरी शैक्षिक गुणस्तर सुधार गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१३) नगरक्षेत्रका नागरिकहरूलाई साक्षर बनाई पूर्ण साक्षर नगर बनाउन प्रौढ शिक्षा कार्यक्रम र प्रौढ शिक्षाबाट साक्षर बनेका नागरिकहरूका लागि साक्षरोत्तर कार्यक्रम सञ्चालन गरिनेछ ।
१४) सामुदायिक विद्यालयमा अध्ययनरत उत्पीडित असाहय, सीमान्तकृत तथा आर्थिक अवस्था कमजोर भएका अल्प तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१५) नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा यस शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिएको छ । यस कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ ।
१६) कोशी प्रदेशकै पहिचानको रूपमा रहेको सुकुना बहुमुखी क्याम्पसको कार्यक्रमलाई विकास र विस्तार गरी अनुसन्धान केन्द्र र प्राविधिक क्याम्पसको रूपमा विकास गर्न आवश्यक गृहकार्यको थालनी गरिनेछ ।
१७) सबै सामुदायिक विद्यालयहरूमा आवधिक रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी स्वास्थ्यकर्मीमार्फत् पोषणसम्बन्धी परामर्श सेवा उपलब्ध गराइनेछ ।
१८) नगरभित्र रहेका सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा स्काउट कक्षा सञ्चालन गरिनेछ साथै विद्यालय छनोट गरी दुई वटा सामुदायिक विद्यालयका स्काउटमा आबद्ध विद्यार्थीहरूलाई पोसाक उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।
१९) विद्यालय शिक्षा ऐन २०७९ अनुरुप संस्थागत विद्यालयहरूको वर्गीकरण गरी व्यावहारिक तथा वैज्ञानिक शुल्क प्रणाली लागू गर्नका साथै नियमन र व्यवस्थापन गर्न सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
२०) संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोततर्फका शिक्षक तथा कर्मचारीहरूलाई श्रम ऐनमा व्यवस्था भए बमोजिमको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल गरिनेछ ।
२१) नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीरूको प्रतिभा पहिचान तथा प्रस्फुटनका निमित्त वार्षिक रूपमा अतिरिक्त क्रियाकलापहरू समेट्ने गरी सुन्दरहरैँचा खेल मेला अर्थात् सुन्दरहरैँचा स्पोर्ट्स मिट कार्यक्रमको आयोजना गरिनेछ ।
२२) पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज र अस्पताल ९३० (बेडको) सञ्चालन गर्न नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक पहल र समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२३) नगरक्षेत्रभित्र सञ्चालित गुरुकुल, गुम्बा तथा मदरसा लगायत परम्परागत तथा धार्मिक विद्यालयलाई एकीकृत गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने नीति अबलम्बन गरिनेछ ।
२४) प्राविधिक शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराइनेछ ।
२५) प्रणामी मन्दिर सुन्दरहरैँचा ९ मा सञ्चालित अनाथालय तथा वृन्दावन गौशालामा रहेका बालबालिकाहरूका लागि शिक्षा तथा पोषणका लागि गरिएको सहयोगलाई निरन्तरता दिइनेछ ।
२६) विभिन्न विद्यालय, विश्वविद्यालय, प्रतिष्ठान तथा शैक्षिक केन्द्रहरूमा स्थानीय छात्रवृत्तिका लागि आवश्यक पहल गरिनेछ ।
२७) सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीरुलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सङ्गीत, नृत्य तथा खेलकुदका कक्षाहरु अनिवार्य गरिनेछ । जसका लागि घुम्ती शिक्षकहरूको व्यवस्था मिलाइनेछ ।
२८) कक्षा अवलोकन मार्फत शिक्षण सिकाइ सुधार गर्नुका साथै अन्य व्यवस्थापकीय पक्षसमेतको अनुगमनका लागि सेवा निवृत्त शिक्षक, कर्मचारी, प्राध्यापक तथा सम्बन्धित क्षेत्रका विज्ञ समूह निर्माण गरी नियमित अनुगमनको व्यवस्था मिलाइनेछ ।
२९) विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकाहरूका लागि व्यापक भर्ना अभियानमार्फत् पहुँच विस्तार गरिनेछ साथै कक्षा दोहोर्याउने र छोड्ने दरलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरिनेछ ।
३०) समुदायमा आधारित बालविकास केन्द्रहरुको प्रभावकारिता वृद्धि गर्न मातृ विद्यालयलाई सञ्चालन तथा व्यवस्थित गर्न जिम्मेवार बनाइनेछ ।
३१) आधारभूत विद्यालयको सिकाइ सुधारका लागि नजिकको माथिल्लो तहको विद्यालयलाई लिडर विद्यालय तोकी स्रोत विद्यालयको शिक्षण सिकाइ साथै व्यवस्थापकीय पक्षमा सुधार गर्न सहयोग गर्नुपर्ने नीति अबलम्बन गरिनेछ ।
३२)ं अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालित दिवा सेवा केन्द्रलाई व्यवस्थित गर्ने नीति अबलम्बन गरिनेछ ।
३३) माध्यमिक विद्यालयका छात्रासँग उपमेयर अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै विद्यालयमा सुझाव पेटिकाको व्यवस्थापन गरिनेछ ।
३४) विद्यालयमा माथिल्लो तहको नपुग दरबन्दीमा तल्लो तहको दरबन्दीमा कार्यरत सम्बन्धित विषयको माथिल्लो योग्यता भएको शिक्षकले शिक्षण गर्नुपर्ने भएमा त्यस्ता शिक्षकहरूका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
३५) सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई श्रममा जोड्ने र उत्पादन भएको वस्तुहरूको बिक्रीबाट प्राप्त हुने आम्दानी उनीहरूकै सुविधामा खर्च गरिनेछ ।
सुन्दरहरैंचा नगरपालिकाद्वारा १ अर्ब ७२ करोड बढीको बजेट सार्वजनिक
यी हुन् सुन्दरहरैँचाको १२ औँ नगरसभाबाट स्वास्थ्य क्षेत्रमा लिइएका नीतिहरु
Facebook Comment
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
Banner
सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो
एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login