शिक्षा / स्वास्थ्य
मनमोहनको आदर्शलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड
विराटनगरः स्वर्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आदर्श नेता भएकाले उनको व्यक्तित्वलाई सबैले अनुशरण गर्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।
स्वर्गीय अधिकारीको १०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणीय पनि भएकाले उनको योगदानलाई सबैले अनुशरण गर्नुपर्ने बताए ।

उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरङ्कुश पञ्चायती व्यवस्था ढलेर देशमा प्रजातान्त्र पुनस्र्थापित हुन सफल भएको उल्लेख गरे । स्वर्गीय नेता मनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकाल हालसम्म देशकै रोल मोडल बन्न सफल भएकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो । भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षापे्रमी भएकाले उनकै परिकल्पनालाई सार्थक बनाउन मनमोहन पोलिटेक्निकदेखि हाल प्राविधिक विश्वविद्यालय बन्न सफल भएको स्मरण गरे ।
एमटियु (मनमोहन टेक्निकल युनिभर्सिटी) का रजिष्टार डा. दिलनाथ फुँयालले स्वर्गीय आदर्श नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकाले उनलाई कुनै एउटा पार्टीको चस्मा लगाएर मात्र हेर्नु गलत हुने बताए । ‘आदर्श नेता मनमोहन लोभलालचमुक्त नेता थिए यसैले उनको योगदानलाई अहिलेका सबै नेता र कार्यकर्ताहरूले अनुकरण गर्नुपर्दछ’, रजिष्टार फुँयालले भने ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ हात्तीमुढास्थित प्राविधिक विश्वविद्यालमा मनमोहन जयन्तीको अवसरमा विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायतर्फको स्नताक तह र आङ्गिक क्याम्पस पोलिटेक्निकतर्फका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा एमटियुका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार दिलनाथ फुयाल, ईन्जिनियर सङ्कायका डिन प्राडा प्रचण्डमान प्रधान, इलेक्ट्रिोनिक्स विभागीय प्रमुख डा दीपरत्न डङ्गोल, निमित्त परीक्षा नियन्त्रक भीम काफ्ले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदीप अधिकारीलगायतले विद्यार्थीहरूलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए । साथै मनमोहन जयन्तीको अवसरमा उनको सम्झनामा माल्यार्पण गर्दै विश्वविद्यालयमा वृक्षरोपण पनि गरिएको थियो ।

Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login