कला / साहित्य
दोस्रो अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवमा ८ जना स्रष्टा सम्मानित
धरानः साहित्यकला संस्कृति प्रतिष्ठान धरानद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सवमा धरानमा शुक्रबार देश तथा विदेशका ८ जना स्रष्टा सम्मानित भएका छन् ।
कार्यक्रममा आसामको नेपाली साहित्य सभाकी सभापति दुर्गा खतिवडा, स्रष्टा डा. शुकराज दियालीसहित धरानका साहित्यकारद्वय राजकुमार कार्की, भवानी खतिवडा तथा विमल पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङ सम्मानित भएका हुन् । महोत्सवको उद्घाटन समारोहमा समाजसेवी रम्भादेवी कर्माचार्य र संस्थागत रूपमा अमर सेवा समाजलाई कदर प्रदान गरिएको छ । भारत सिलिगुडीका स्रष्टा कृष्ण प्रधानलाई यसअघि टङ्क प्रसाद न्यौपाने अध्ययन केन्द्रले प्रदान गरेको सम्मान–पत्र पनि सोही अवसरमा हस्तान्तरण गरिएको छ ।

सम्मानितहरूलाई प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए । कार्यक्रममा मन्त्री राई, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, प्राडा टङ्क न्यौपाने, कवि बम देवानलाई आसाम साहित्यिक समाजद्वारा भारत आसमको जातीय पहिरन ‘जापी र सेलेङ’ लगाई दिएर सम्मान गरियो ।
कार्यक्रममा कवि इन्दु योञ्जनको ‘अन्तिम सेलो’, दार्जिलिङका कवि राजेन्द्रकुमार प्रधान पासाको ‘तरङ्गित छालहरू’ कविता सङ्ंग्रह र निरौला परिवार आसामको गीत विमोचन गरिएको थियो । महोत्सवमा नेपाल–भारतका कला संस्कृति र पहिचानका गीत, सङ्गीत, कविता र साहित्य प्रस्तुत प्रस्तुति सँगै मौलिक प्रकृतिका उपहार आदान प्रदान गरिएको थियो ।
आयोजक साहित्य कला प्रतिष्ठानका संरक्षक धरान–१३ का वडाध्यक्ष नेत्र काफलेले महोत्सवले धरानको पर्यटन प्रवद्र्धनसँगै बजारीकरण गरेको बताए । प्रतिष्ठानले पहिलो पटक २०७७ सालमा महोत्सव आयोजना गरेको थियो ।
महोत्सवमा भारतको गुवाहाटी, बगईगाउ, सिलगुडी, दार्जिलिङ, खर्साङ, कालिम्पोङ, मणिपुर, बाक्सा, तेजपुर, सोननादा, कार्बी आङलाङ, जागुन, सुक्ना, विश्वनाथबाट सय जनाको सङ्ख्यामा स्रष्टाहरू आएका थिए ।

Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login