खेलकुद
आइएसएफ यु १५ जिम्न्यासाइड सम्पन्नः नेपाललाई १ स्वर्ण र दुई कास्य

काठमाडौंः पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेसंगै ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यु १५ जिम्न्यासाइड २०२३ मा नेपालको यात्रा समाप्त भएको छ ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजनामा भदौ ३ देखि १० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ कास्य गरी कुल ३ पदक जित्न सफल भयो । नेपाली टोलीका प्रमुख मोहन कार्कीले प्रतियोगितामा नेपालको प्रदर्शनप्रति सन्तोष ब्यक्त गरेका छन्।
प्रतियोगितामा समग्रमा आयोजक राष्ट्र ब्राजिल पहिलो र चीन दोस्रो भए । रियो डी जेनेरोको ओलिम्पिन पार्कमा शनिबार तेक्वान्दो, पौडी र टेबल टेनिसमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा कुनै पनि खेलाडीहरुले सफलता प्राप्त गर्न सकेनन् ।
५० मिटर गर्ल्स फ्रि स्टाइलमा ३५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा आफ्नो हिटमा श्रेयला पहिलो, आरुशा दोस्रो र संयमी तेस्रो भइन् । तर उनीहरुले हिट चरण भने पार गर्न सकेनन् । त्यसैगरी ५० मिटर ब्वाइज फ्रि स्टाइलमा सुगम श्रेष्ठ सिन्या पनि हिट चरणबाटै बाहिरिए ।
स्वर्ण पदकको आशा गरिएका तेक्वान्दो खेलाडी उज्ज्वल वाग्ले ६५ केजी माथी तौल समुहको क्वार्टर फाइनलमा साइप्रसका प्रतिद्वन्द्वीसँग पराजित भए ।
Facebook Comment
Banner
शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।
पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।
तस्वीरहरू :
Banner
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login