स्थानीय तह
करवृद्धिविरुद्धको आन्दोलनमा कसले के भने
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले करवृद्धि गरेपछि कर घटाउन जनदबाब दिने उद्देश्यले गठित सङ्घर्ष समितिले आजदेखि हरेक दिन विभिन्न चोकमा अन्तरक्रिया कार्यक्रम गर्न थालेको छ ।
समितिले आज खोर्सानेमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीका साथै मजदुर, स्थानीय तथा अन्य व्यक्तिले आफ्ना भनाइ राखेका छन् । करवृद्ध फिर्ता नलिएसम्म आन्दोलन जारी राख्नुपर्ने उनीहरुको माग छ । यसरी भनाइ राखे कार्यक्रमका सहभागीले
मित्रसेन योञ्जन, नेपाली कांग्रेस
वृद्धि भएको कर जनहितमा छैन । यो कर जनताको विकास निर्माणको लागि पनि उपयोगमा आएको छैन, तलब भत्तामा यसको उपयोग हुने गरेको छ ।
कर घटाउनुपर्छ भनेर अहिले लाग्नेहरु अघिल्ला वर्षमा कर बढाउने पक्षमा रहेको उनले सुनाए । उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नवराज चापागाईँले कर बढाउनुपर्छ भन्ने प्रस्ताव राख्दा सबैले सहमति जनाएका तर आफूले मात्रै विमति जनाएको उनले सुनाए । अहिले फेरि चापागाईँ नै कर घटाउनुपर्छ भन्दै लाग्नुभएको उनको भनाइ थियो ।
अघिल्लो वर्ष कर बढाउन सहमत देखिएका व्यक्तिहरुको आड पाएर नै नगरपालिका यस वर्ष यो निर्णयबाट पछि हट्न नमान्ने स्थिति आउन सक्ने उनको भनाइ थियो । पोहोर आफूले खनेको र खन्न आग्रह गरेको बाटोमा नै अहिलेका जनप्रतिनिधि हिँडेका हुनाले पहिले आफूले खनेको बाटो मेट्नुपर्ने उनले बताए ।

बालकृष्ण कँडेल, राप्रपा
करको दुरुपयोग भइरहेको अवस्थामा सयौँ, हजारौँ गुणा कर बढाइनुले अब झन् करको दुरुपयोग हुने सम्भावना रहेको उनले बताए ।
सबैसँग छलफल र अन्तरक्रिया गरेर मात्रै कर बढाउनुपर्नेमा सो कार्यमा नगरपालिका चुकेको उनको भनाइ थियो । व्यापारीसँग कारोबारका आधारमा कर लिइनुपर्ने उनले सुझाव दिए ।
सुजू थापा, नेतृ
अघिल्ला वर्षमा कर तिर्न नागरिक उत्साही हुन्थे, तर अहिले कर नतिर्न अनुरोध गर्ने नगरवासी मात्रै भेटिन थालेका छन् ।
करले जहाजै डुबाउने भयो भन्ने व्यक्तिमात्रै भेटिन थालेको उनको भनाइ थियो । कर घटाउने अभियानमा जनसहभागिता बढाउन ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

सुरेशकुमार श्रेष्ठ, व्यवसायी
व्यापारीहरु करका कारण पलायन हुने अवस्था आएको छ । अघिल्लो वर्ष ४५० रुपैयाँ तिरेको कर १ हजार ६ सय रुपैयाँ तिर्नुपर्दा पनि कर वृद्धि भएको छैन भनेर नगरपालिकाले भन्नु हास्यास्पद छ ।
भन्सार, बहाल कर, नगरपालिकामा कर, उद्योग वाणिज्य संघमा कर, कर कार्यालयमा कर तिर्नुपर्दा व्यवसायी ठूलो मारमा परेका उनको भनाइ थियो ।

राजन जमरकट्टेल, स्थानीय
व्यक्तिले कानुनलाई हातमा लिएर गरेका निर्णय मान्न हामी बाध्य हुनेछैनौँ । २ हजार प्रतिशतसम्म कर बढेको पाइएको छ ।
मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले भने, ‘देशमा दलाल, पूँजीवादको शासन रहिरह्यो भने राजा फालेर पनि सुशासन हुँदैन ।’ शासन सम्हालेको १ वर्ष बितेपछि नगरप्रमुखले कर बढाएका कारण यो नगरमा बस्न सक्ने कि नसक्ने भन्ने परिस्थिति सिर्जना भएको उनले बताए । गाउँगाउँमा आएको सिंहदरबारले कर मात्रै बढाएको उनले बताए ।

सूर्यबहादुर धौलाकोटी, मजदुर
मजदुरले दिनमा ५ सय रुपैयाँ कमाउँछ, तर करको दर बढिरहेको छ । यसले हाम्रो परिवार पाल्न नै समस्या हुने अवस्था आएको छ । अन्य नगरपालिकामा कर बढेको छैन । तर सुन्दरहरैंचामा मात्रै अचाक्ली बढेको छ ।
लक्ष्मीप्रसाद श्रेष्ठ, नेकपा एकीकृत समाजवादी
आम्दानी वा नाफामा कर तिर्न पाउँदा कसैको पनि चित्त दुख्दैन । तर अघिल्लो आर्थिक वर्षमा १८०० तिरेको करदातासँग नगरले अहिले १३ हजार रुपैयाँ लिन्छ भने त्यो कर लिएको होइन, लुटेको हो ।
करका कारण नगरवासीको ढाड भाँचिएको छ, यसले कुनै दललाई छोडेको छैन ।

भक्तिप्रसाद सिटौला, नेपाली कांग्रेस
हामी पूर्वाग्रही नबनौँ । व्यक्तिलाई दोषी नबनाऔँ । सुन्दरहरैंचाको सिंहदरबारले जनताको हितमा काम गर्नुपर्नेमा कर बढाएर । हामी संयम बनेर सबैलाई एकत्रित पार्दै अघि बढौँ । हामी पूर्वाग्रही बन्यौँ भने आन्दोलनमा अवरोध आउन सक्छ ।
कार्यक्रममा सयौँको सङ्ख्यामा स्थानीय उपस्थित भएका थिए ।
कार्यक्रम नेकपा एकीकृत समाजवादीका नेता महेश आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा करवृद्धि विरुद्ध ऐक्यबद्धता जनाउनेहरुको हस्ताक्षर सङ्कलन गरिएको थियो ।
समितिले भोलि दिउँसो १ बजे विराटचोक र हरैंचामा अन्तरक्रिया गर्ने भएको छ ।
कार्यक्रमको भिडियोका लागि तलको लिंक क्लिक गर्नुहोस् ।
कार्यक्रमका थप तस्बिरका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login