Connect with us
Advertisement

सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच विधाका गीत सार्वजनिक

Published

on

काठमाडौंः सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेका अवार्डमा ३२ विधामा उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । टोखा नगरपालिकासँगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागिता जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एपमार्फत् भोट गर्न सकिने जनाइएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव
१, निशा देशार – राष्ट्र देवो भवः
२, कुश्मा महरा ‘प्रगति’ – कहाँ छ स्वर्ग
३, डिजराज पौडेल – नेपाली भाइ
४, हरिकृष्ण बखुन्छ – पूर्वै बग्ने
५, नरेश प्रधान– आऊ साथी

सर्वोत्कृष्ट गायक (चलचित्र)
१, जगदीश समाल –रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, कालिप्रसाद बाँस्कोटा – चरी बस्यो दिलैमा (जारी)
३, बबुल गिरी – सिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)
४, किरण भुजेल – ए साथी सुन (ए साथी सुन )
५, सिडि विजय अधिकारी– नाच सुवानाच (बुलाकी)

सर्वोत्कृष्ट गायिका चलचित्र
१, मिलन नेवार – मार्सी धानको भात (प्रसाद–२)
२, मीना निरौला– धरहरा हैलियो (ह्यारी कि प्यारी)
३, सहिमा श्रेष्ठ – दर्शन सलाम (छक्का पञ्जा– ४)
४, अन्जु पन्त– ए साथी सुन (ए साथी सुन)
५, बानिका प्रधान – उडी छुनु छ आकाश (बगान)

 सर्वोत्कृष्ट गीतकार (चलचित्र)
१, रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
२, सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)
३, रमेश पौडेल – के बर मागी (परदेशी–२)
४, राम अविरल विष्ट – अब गुडौं हामी (महापुरुष)
५, राजु सेन्चुरी – तिम्रो इशारा कापी (मिलन)

 सर्वोत्कृष्ट संगीतकार चलचित्र
१, दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)
२, सुवास भुषाल – रुमालै बाटेर (तिम्रो मेरो साथ)
३, हरि लम्साल – उडी छुनु छ आकाश (बगान)
४, कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)
५, गोविन्द मधुर आचार्य– खाली छैन मेरो मुटु (विहे पास)

 सर्वोत्कृष्ट पप–आधुनिक गायक
१, युवराज चौलागाई – छुटेपछि
२, बादल थापा– करिमै खोटो
३, विष्णु भट्ट– केशरी
४, रमण रेग्मी– मुखै चिलाउने
५, प्रताप दास – ए आकाश

सर्वोत्कृष्ट पप–आधुनिक गायिका
१, अनु चौधरी– म त मर्छु होला
२, झुमा निरौला– तिम्रो माया
३, रचना रिमाल– यो धोके बाजको राज्यहो
४, एन्जिला रेग्मी– चस्मा लगाउली
५, अनुस्का पाठक– भो मलाई चाहिन्नँ

सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार
१, भीम विसी– चश्मा लगाउने
२, कन्काइष्ट राई –तिमी सागर
३, ज्ञानेन्द्र गिरी – परिचय
४, निम संगीत– मेरो प्रेम
५, चेतन राई – तिमी धुन बन

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष
१, सुमन कुमार धिताल– फरक भो
२, राजेश अर्याल – मेरो माया
३, भुपेन्द्र बुढाथोकी– मुटु टुट्दा
४, सुरेश घमाल सेन्चुरी– मेरो प्रेम
५, एच.के.धिताल– बाटो हेर्दाहेर्दै

 सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला
१, पद्मा लिंखा मगर – अम्मली पो भएँ
२, देवी पराजुली– हामी नारी
३, राधिका अधिकारी – मनमा के छ
४, नमिता दवाडी – परिचय
५, शान्ता अधिकारी – के दोष

सर्वोत्कृष्ट पप–आधुनिक नवप्रतिभा गायन
१, संगम थपलिया– हावा सगैं
२, रिज्योना कार्की –मजा बेग्लै छ
३, कैलाश भट्टराई – धेरै माया गर्छु
४, किशोर विश्वकर्मा– तिमी मेरै हौ क्या
५, निमा शेर्पा – भन आज

सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन
१, विशाल निरौला÷प्रविशा अधिकारी– मुटु मेरो तिमीसँगै छ
२, नरेश विसी÷एलिना चौहान – राम साइँली २
३, डेविड शंकर÷वेनिश ापौडेल– सधैँ यस्तै मिठा कुरा
४, रामकृष्ण ढकाल÷मेलिना राई – तिमी सागर
५, रोशन सिंह÷प्रविशा अधिकारी– म कसरी हाँसौं

सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला
१, एलिसा बास्तोला– लुकी छिपी
२, निशा कार्की –सधंै यस्तै मिठा कुरा
३, सनिसा भट्टराई – ए हो र माया
४, समीक्षा क्षेत्री – किन मरिनँ म – २
५, रेनुका कुमारी – श्रेष्ठ (एन्जल) नाता तोड्यौ

सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष
१, राज कटवाल– मेसो मिलाएर
२, आर.के. परियार – घृणा
३, जिम्मे राई – आमा– २
४, चिरञ्जीवि सापकोटा– मेरो माया मजाक भयो
५, सुशान्त आर.टी.– दिल रुन्छ जब

सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला
१, दिया जीसी – चुन्नी (ऐ हावा)
२, साइना श्रेष्ठ– म त मर्छु होला
३, खुशी कार्की –चश्मा लगाउली
४, कविता विष्ट– कान्छी नानी
५, चाहना श्रेष्ठ– छुट्टि गो बरै

सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष
१, अमित शर्मा– धोकेबाज रै’छौ
२, गौरव हमाल– पूरा भयो सपना मेरो
३, भरत कठायत – मेरो दोष
४, युवराज खतिवडा – छुटी गो बरै
५, अभि मल्ल– चोटमाथि चोट

सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन
१,जनक सिंह– जिन्दगीमा हाँस्नै भुलेँ
२, माइकल चन्द– मेसो मिलाएर
३, सिर्जन बराल (ऋषि)– मेरो माया मजाक भो
४, लक्ष्मण सुनार– रेलको बाटो–२
५, दिपशिखा खड्का – तिमी सँगसँगै

सर्वोत्कृष्ट लोक पपगायन
१, सौगातजंग थापा – माया बराबरी
२, रोशनी रसाइली – फुर फुर पुतली
३, काव्या आचार्य – तिम्रै यादमा
४, चिरञ्जीवी भण्डारी – तिमी सँगै हुन
५, समीक्षा अधिकारी – मायाको रोग

सर्वोत्कृष्ट लोकदोहोरी गायक
१, खुमन अधिकारी – पिरती घाटामा
२, सागर गुरुङ –सोल्टिनी
३, सरोज लामिछाने– मुसौरी
४, कुमार कार्की –मनको चाहना
५, हेमन्त कान्छा रसाइली– पिरती

सर्वोत्कृष्ट लोक दोहोरीगायिका
१, रमिला न्यौपाने पिरती घाटामा
२, सम्झना लामिछाने मगर– तिम्रो सम्झना आउँछ
३, जुना श्रीष मगर– हुन्छ भन
४, सपना रोक्का– राजाजी
५, रेजिना परियार – भयो भेट रोधीमा

 सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१, सागर रेग्मी – अतीत तिम्रो मेरो
२, विपिन केसी. – केही हुँदैन मेरो राजालाई
३, अर्जुन थापा मगर– मनमति
४, विक्रमबाबु परियार– राजाजी
५, पवित्रा न्यौपाने– किन आ’को छेउ

सर्वोत्कृष्ट लोक दोहोरी लय
१, ऋषि खड्का– तिम्रै सम्झना
२, सागर विरही– जालीमायाको
३, जय देवकोटा – केही हुँदैन मेरो राजालाई
४, प्रकाश पराजुली– मनले खाएको
५, खेम सेन्चुरी – काँचो बेलाउती

सर्वोत्कृष्ट लोक दोहोरी नवप्रतिभा गायन
१, टेक अधिकारी– माछी लेउमा
२, विक्रान्त पोखरेल– भीरमा टुनी छ
३, राजेन्द्र श्रीपाली संगीत– तिमी बस्यौ यो मेरो नजरमा
४, नवराज बस्नेत– सम्झिए मन दुख्छ
५, रेनुका भट्टराई – म त ठिटो गाउँले

 सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष
१, सागर लम्साल– केही हुँदैन मेरो राजालाई
२, निक्स शर्मा –सम्पत्ति
३, ओवी रायमाझी– क्या छ खबर रातो चुगी
४, शरद एजी– भरै लाएन
५, कृष्ण बिसी– सम्झिए मन दुख्छ

सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला
१, जुना गुरुङ– अभागी त म हुँ
२, अस्मिता पुरी– जामा
३, सविना आचार्य – बैंशको गोली
४, एन.जेड. सालु – जाममाया सुनौली
५, रविना भण्डारी – पोखराको बस

 सर्वोत्कृष्ट लोक दोहोरी नवमोडल पुरुष
१, शंकर चन्द– बाँच्छु कि बाँच्दिनँ
२, दिनेश बस्नेत – हुरी
३, गणेश भट्ट – मै साप
४, उमाकान्त आचार्य –रतनचणी इजु
५, मुकुन्द भट्ट– डाँडा पारी गाउँ

सर्वोत्कृष्ट लोक दोहोरी नवमोडल महिला
१, मुना भुर्तेल – मेरो माया साहै्र चुलबुले
२, कुसुम शर्मा – सकम्बरी
३, रेनुका खड्का – तिमी र म जाममाया
४, काव्या खड्का – आउँ है लजाउँदै
५, प्रीति तामाङ – सिमसिम पानी

 सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
१, निशान बानियाँ– छुन मन छ
२, मदन खड्का– मायामा नभुल
३, एकेन्द्र सारा शंकर– सिरिरि
४, प्रविन थापा– च्याप्प पर्वते माया
५, मौसम हिमाली– कहाँको साइनो

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार
१, नवराज उप्रेती– साइँली
२, राम के.सी. – म त मर्छु होला
३, उत्सव दाहाल– किन मरिनँ म –२
४, दीपक गिरी– सधैँ यस्तै मिठा कुरा
५, अनिल कटवाल – लास्सो

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१, रविन वि.क.– दङ्ग परेँ
२, सुजन कोइराला– ए ठुली
३, अमृत चापागाईं –म त मर्छु होला
४, विकास दाहाल– सधैंँ यस्तै मिठा कुरा
५, मिलन विश्वकर्मा –चश्मा लगाउली

सर्वोत्कृष्ट नवगीतकार
१, आभा निरु – रित्तिँदैन आँशु
२, शिरिषा पौडेल– तिमी सँगसँगैं
३, नवराज भट्टराई –कलेजी
४, डिल्ली फँुयाल– प्यारी आमा
५, पुरन राउत–असली रुप

 गजल गायन
१, आनन्द कार्की –झेली ग¥यो नियतिले
२, कन्हैया सिंह परियार– अचानक
३, प्रमोद खरेल – नसोधी देऊ बिन्ती
४, थानेश्वर गौतम– मिलनको अर्थ
५, अस्मिता अधिकारी– फेरि साथ मेरै

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक