खेलकुद
राष्ट्रिय वुमा कुङफुमा बागमती च्याम्पियन

काठमाडौंः बागमती प्रदेशले छैटौं राष्ट्रिय वुमा कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ । बागमती सर्वाधिक १९ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
शनिबार नेपाल वुमा कुङफु संघद्वारा आयोजित प्रतियोगितामा १४ स्वर्णसाथ गण्डकी प्रदेश दोस्रो भयो । तेस्रो स्थानमा सीमित कोशी प्रदेशले ७ स्वर्ण हात पार्याे ।
प्याटर्नको पुरुषमा अपिल मोक्तान तथा महिलामा साइना महर्जन उत्कृष्ट खेलाडी घोषित भए । सान्डाको पुरुषमा दिपेश थिङ तथा महिलामा सुन्तली थामी उत्कृष्ट खेलाडी चुनिए । चारै जना बागमतीका हुन् । उत्कृष्ट चारैले जनही १५ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई नेपाल वुमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्य–सचिव घिसिङले वल्र्ड मार्सल आर्ट्स गेम्स कमिटी (डब्लुएमएसी), अस्ट्रियाबाट प्राप्त विभिन्न डानको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरेका थिए ।
सञ्जीतकुमार राईलाई पाँचौं डान, रमेश महर्जन र कमल मगरलाई चौथो डान तथा सञ्जयराज पुटुवार, सरिना घले र रवि महर्जनलाई तेस्रो डानको प्रमाण पत्र प्रदान गरिएको थियो । नेपाल वुमा कुङफु संघकी उपाध्यक्ष मुन्नी सुवेदीलाई डब्लुएमएसीबाटै प्राप्त मानार्थ सदस्यको प्रमाण पत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत सान्डा स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक सञ्जीतकुमर राई तथा प्याटर्न स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
Facebook Comment
Banner
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Banner
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Banner
हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।
त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login