शेयर
प्रिमियममा आईपीओ ल्याएका जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी पुर्याउन सहज
विराटचोकः प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न केही सहज हुने देखिन्छ ।
आईपीओ जारीपश्चात् पनि आइएमई लाइफ, सन् नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफको पूँजी अपुग हुने देखिन्छ । यी ४ कम्पनीले तोकिएको पूँजी पुर्याउन बोनस सेयर जारी गरीपछि अपुग पूँजी रकमबराबरको हकप्रदको सहारा लिनुपर्नेछ ।
यी कम्पनीले प्रिमियम मूल्य राखेर आईपीओ जारी गरेकाले सोही रकमलाई बोनस शेयरको रुपमा वितरण गर्न सक्नेछन् । तर, बीमा प्राधिकरणका अनुसार ती ४ कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण सार्वजनिक गरेपश्चात् सोही विवरणको आधारमा मात्रै बोनस शेयर जारी गर्न पाउनेछन् ।
आइएमई लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँबराबरको १ करोड २० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आईपीओ जारीपश्चात कम्पनीको चुक्तापूँजी ४ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीलाई अझै पनि प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन करिब १ अर्ब अर्थात् २५ प्रतिशत पूँजी जुटाउनुपर्नेछ ।
सिटिजन लाइफले पनि १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँका दरले १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको छ । बाँडफाँड हुन बाँकी रहेको सो कम्पनीको हाल चुक्तापूँजी २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन अझै १ अर्ब २५ करोड रुपैयाँ अर्थात ३३ प्रतिशत पूँजी जुटाउनुपर्नेछ ।
रिलायबल नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ अर्ब १४ करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपश्चात् कम्पनीको पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीलाई पनि ५ अर्ब पुँजी पुर्याउन १ अर्ब पुँजी अर्थात २५ प्रतिशत जुटाउनुपर्नेछ ।
सन नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन गरेको छ । कम्पनीले ९६ लाख कित्ता शेयर निष्कासन गरेको हो । हाल सन् नेपाल लाइफको चुक्तापूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीलाई न्यूनतम चुक्तापूँजी पुर्याउन अझै ३० प्रतिशत पूँजी अपुग रहेको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login