Connect with us
Advertisement

४० विधामा अवार्ड प्रदान गर्दै चौथो नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०८० सम्पन्न

Published

on

काठमाडौंः विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै चौथो नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०८० सम्पन्न भएको छ । काठमाडौंमा भएको समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनालले विभिन्न स्रष्टाहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्दै यस्ता अवार्डले कलाकारहरुलाई सिर्जना गर्न प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा मध्यान्न दैनिकका पत्रकार मदनकुमार श्रेष्ठलाई विशिष्ट पत्रकारिता योगदान सम्मान र अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीलाई राष्ट्रिय पत्रकारिता योगदान सम्मानबाट सम्मानित गरियो ।

यस्तै ११ हजार १११ रुपैयाँ राशीसहितको चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरियो । आर्थिक पत्रकारिता सम्मान मनोज थापालाई, श्रव्यदृष्य पत्रकारिता सम्मान अनिषा कार्कीलाई, गीतकार सम्मान सविता पोखरेललाई, म्युजिक भिडियो निर्देशक सम्मान उमेश गुरुङलाई, ब्युटिसियन सम्मान लक्ष्मी महर्जनलाई, मेकअप आर्टिष्ट सम्मानबाट टेकराज पाण्डेलाई प्रदान गरियो ।

यस्तै मोडल तथा गीतकार अभि सुनार, मोडल तथा संगीतकार मनोज सिग्देल (उरेश), मोडल रमेश सेन्चुरी, ब्युटिसियन रीता दुलाल, इभेन्ट कोअर्डिनेटर सपना गैरे पोखरेल, फोटोग्राफर सुजन सापकोटा, ब्युटिसियन सुनिरा श्रेष्ठ र लाईटम्यान सुनिलकुमार राउत पनि कार्यक्रममा सम्मानित भए ।

सो अवार्ड समारोहमा आधुनिक विधातर्फ उत्कृष्ट गायिकाको अवार्ड यो मनको आकाश गीतबाट अञ्जु पन्तले, गायिकाको जुरी अवार्ड तेजवती जोशीले, उत्कृष्ट गायकको अवार्ड नघोच यो छाती गीतबाट नारायण थापाले जिते । उत्कृष्ट गीतकारको अवार्ड छाती किन पोल्छबाट बैकुण्ठप्रसाद उपाध्यायले र सोही गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड राजेश थापाले र महिला मोडलको अवार्ड अभिनेत्री केकी अधिकारीले पाए ।

आधुनिक गीतकारको जुरी अवार्ड महसुस गरबाट डा. विनु बाबा अर्यालले, आधुनिक गीत पुरुष मोडलको अवार्ड जाले रुमालबाट बुद्धि तामाङले, उत्कृष्ट संगीत संयोजकको अवार्ड हजार जुनीबाट साहस शाक्यले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ए होर मायाबाट मौसम हिमालीले, म्युजिक भिडियो सिनेमाटोग्राफरको अवार्ड बाबा गीतबाट रंधिर शाहले प्राप्त गरे ।

पूर्व प्रधानमन्त्री खनालसहित संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् गायक शम्भु राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले अवार्ड प्रदान गरे ।

समरोहमा काठे लोक दोहोरीे गायकको अवार्ड एउटा चिनोबाट नमराज ढुंगानाले, लोक दोहोरी गायकको अवार्ड धोको थिएनबाट रोशन तिखत्रीले, दोहोरी गायिकाको अवार्ड आईपुग्यो बाग्लुङबाट जुना श्रीष मगरले, लोक दोहोरी मोडल (पुरुष)को अवार्ड मुटु चस्केरबाट दीपेन्द्र सोनमले, लोकदोहोरी मोडल (महिला)को अवार्ड पागल मान्छेबाट अन्जु निरौलाले, मोडल (महिला) जुरी अवार्ड एउटा चिनोबाट सिम्रन दुलालले, लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाईसन्चोबाट एकेन्द्र साराशंकरले पाए ।

सो कार्यक्रममा लोकगीत गायकको अवार्ड मेरी आमाबाट रमेश परियारले, लोक गायिकाको अवार्ड लाहुरे हुँ म गीतबाट मुना शाह, सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड बौजु गीतबाट झुमा लिम्बूले जिते ।

कार्यक्रममा चलचित्रतर्फ उत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र दिलमाया–२को छुट्छ कि साथ गीतबाट सरु गौतमले, चलचित्र गीत गायकको अवार्ड चलचित्र रोशनीको अधुरो छु म तिमी बिनाबाट ओम सुनारले पाए भने आदिबासी गीततर्फ तामाङ भाषा गायिकाको अवार्ड म्हेन्दोरी लोई गीतबाट रमला पाख्रिन तामाङले र नेपाल भाषा गीत उत्कृष्ट गायिकाको अवार्ड हाकु दाईचा गीतबाट तेजवती जोशीले पाईन् ।

यस्तै पप विधातर्फ आधुनिक पप गायकको अवार्ड तिमीलाई हेरी हेरी रहनेबाट आर्जन पाण्डेले, वर्षकै सर्वोत्कृष्ट लोक पप गीतको अवार्ड गायकबाट दुई नजरमार्फत सुरेन्द्र गौतमले, लोक पप गायकको जुरी अवार्ड नवीनकुमार पौडेल १८ कट्यौकी कटेनौ गीतबाट पाए भने उत्कृष्ट लोकपप गीत गायकको अवार्ड मेरी मायालुबाट आश्रय रञ्जितले हासिल गरे ।

यस्तै लोक पप गायक पब्लिक च्वाईस अवार्ड भागीभागी नजाउबाट गणेश थापाले, लोक पप गायिकाको अवार्ड पियारीबाट सहिमा श्रेष्ठले, लोकपप संगीतकारको अवार्ड क्लियर कटबाट योगेन्द्र उपाध्यायले प्राप्त गरे ।

यस्तै उत्कृष्ट पप गीत गायकको अवार्ड राम थेँ म गीतबाट हेमन्त शिशिरले, लोक पप म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड पियारी गीतबाट रमेश चन्द सोडारीले, लोक पप म्युजिक भिडियो बाल मोडलको अवार्ड फस्दै गएँछु गीतबाट दिप्सन चिलुवालले र लोक पप कोरियोग्राफरको अवार्ड ए केटा मादलु गीतबाट दिवस गिरीले हासिल गरे ।

यी अवार्डको निर्णायकहरुमा गायिका जुनु रिजाल, गायक तथा मोडल दुर्गेश थापा, गायक रोशन सिंह, म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ र दृश्य सम्पादक वीरेन्द्र भाट (बिपिन) थिए ।

सो अवार्ड समरोहमा फेशन विधातर्फ पनि विभिन्न अवार्ड प्रदान गरियो । जसमा उत्कृष्ट प्रोफेस्नल नेल टेक्निसियन अवार्डको शशिदेवी घिमिरेले, उत्कृष्ट ब्युटिसियनको अवार्ड कुष्मा ओलीले, उत्कृष्ट फेशन एन्ड म्युजिकल प्रोग्राम अर्गनाईजर अवार्ड जोहन श्रेष्ठले हासिल गरे । फेशनतर्फको जुरीमा कोरियोग्राफर अश्विनीकान्त झा थिए । विलक्षण क्रियसन प्रा.लि. र स्टारवान इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक