कला / साहित्य
४० विधामा अवार्ड प्रदान गर्दै चौथो नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०८० सम्पन्न
काठमाडौंः विभिन्न ४० विधामा अवार्ड प्रदान गर्दै चौथो नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०८० सम्पन्न भएको छ । काठमाडौंमा भएको समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनालले विभिन्न स्रष्टाहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्दै यस्ता अवार्डले कलाकारहरुलाई सिर्जना गर्न प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा मध्यान्न दैनिकका पत्रकार मदनकुमार श्रेष्ठलाई विशिष्ट पत्रकारिता योगदान सम्मान र अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीलाई राष्ट्रिय पत्रकारिता योगदान सम्मानबाट सम्मानित गरियो ।
यस्तै ११ हजार १११ रुपैयाँ राशीसहितको चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरियो । आर्थिक पत्रकारिता सम्मान मनोज थापालाई, श्रव्यदृष्य पत्रकारिता सम्मान अनिषा कार्कीलाई, गीतकार सम्मान सविता पोखरेललाई, म्युजिक भिडियो निर्देशक सम्मान उमेश गुरुङलाई, ब्युटिसियन सम्मान लक्ष्मी महर्जनलाई, मेकअप आर्टिष्ट सम्मानबाट टेकराज पाण्डेलाई प्रदान गरियो ।
यस्तै मोडल तथा गीतकार अभि सुनार, मोडल तथा संगीतकार मनोज सिग्देल (उरेश), मोडल रमेश सेन्चुरी, ब्युटिसियन रीता दुलाल, इभेन्ट कोअर्डिनेटर सपना गैरे पोखरेल, फोटोग्राफर सुजन सापकोटा, ब्युटिसियन सुनिरा श्रेष्ठ र लाईटम्यान सुनिलकुमार राउत पनि कार्यक्रममा सम्मानित भए ।
सो अवार्ड समारोहमा आधुनिक विधातर्फ उत्कृष्ट गायिकाको अवार्ड यो मनको आकाश गीतबाट अञ्जु पन्तले, गायिकाको जुरी अवार्ड तेजवती जोशीले, उत्कृष्ट गायकको अवार्ड नघोच यो छाती गीतबाट नारायण थापाले जिते । उत्कृष्ट गीतकारको अवार्ड छाती किन पोल्छबाट बैकुण्ठप्रसाद उपाध्यायले र सोही गीतबाट म्युजिक भिडियो निर्देशकको अवार्ड राजेश थापाले र महिला मोडलको अवार्ड अभिनेत्री केकी अधिकारीले पाए ।
आधुनिक गीतकारको जुरी अवार्ड महसुस गरबाट डा. विनु बाबा अर्यालले, आधुनिक गीत पुरुष मोडलको अवार्ड जाले रुमालबाट बुद्धि तामाङले, उत्कृष्ट संगीत संयोजकको अवार्ड हजार जुनीबाट साहस शाक्यले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ए होर मायाबाट मौसम हिमालीले, म्युजिक भिडियो सिनेमाटोग्राफरको अवार्ड बाबा गीतबाट रंधिर शाहले प्राप्त गरे ।
पूर्व प्रधानमन्त्री खनालसहित संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् गायक शम्भु राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले अवार्ड प्रदान गरे ।
समरोहमा काठे लोक दोहोरीे गायकको अवार्ड एउटा चिनोबाट नमराज ढुंगानाले, लोक दोहोरी गायकको अवार्ड धोको थिएनबाट रोशन तिखत्रीले, दोहोरी गायिकाको अवार्ड आईपुग्यो बाग्लुङबाट जुना श्रीष मगरले, लोक दोहोरी मोडल (पुरुष)को अवार्ड मुटु चस्केरबाट दीपेन्द्र सोनमले, लोकदोहोरी मोडल (महिला)को अवार्ड पागल मान्छेबाट अन्जु निरौलाले, मोडल (महिला) जुरी अवार्ड एउटा चिनोबाट सिम्रन दुलालले, लोक दोहोरी म्युजिक भिडियो निर्देशकको अवार्ड हाईसन्चोबाट एकेन्द्र साराशंकरले पाए ।
सो कार्यक्रममा लोकगीत गायकको अवार्ड मेरी आमाबाट रमेश परियारले, लोक गायिकाको अवार्ड लाहुरे हुँ म गीतबाट मुना शाह, सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड बौजु गीतबाट झुमा लिम्बूले जिते ।
कार्यक्रममा चलचित्रतर्फ उत्कृष्ट चलचित्र गीत गायिकाको अवार्ड चलचित्र दिलमाया–२को छुट्छ कि साथ गीतबाट सरु गौतमले, चलचित्र गीत गायकको अवार्ड चलचित्र रोशनीको अधुरो छु म तिमी बिनाबाट ओम सुनारले पाए भने आदिबासी गीततर्फ तामाङ भाषा गायिकाको अवार्ड म्हेन्दोरी लोई गीतबाट रमला पाख्रिन तामाङले र नेपाल भाषा गीत उत्कृष्ट गायिकाको अवार्ड हाकु दाईचा गीतबाट तेजवती जोशीले पाईन् ।
यस्तै पप विधातर्फ आधुनिक पप गायकको अवार्ड तिमीलाई हेरी हेरी रहनेबाट आर्जन पाण्डेले, वर्षकै सर्वोत्कृष्ट लोक पप गीतको अवार्ड गायकबाट दुई नजरमार्फत सुरेन्द्र गौतमले, लोक पप गायकको जुरी अवार्ड नवीनकुमार पौडेल १८ कट्यौकी कटेनौ गीतबाट पाए भने उत्कृष्ट लोकपप गीत गायकको अवार्ड मेरी मायालुबाट आश्रय रञ्जितले हासिल गरे ।
यस्तै लोक पप गायक पब्लिक च्वाईस अवार्ड भागीभागी नजाउबाट गणेश थापाले, लोक पप गायिकाको अवार्ड पियारीबाट सहिमा श्रेष्ठले, लोकपप संगीतकारको अवार्ड क्लियर कटबाट योगेन्द्र उपाध्यायले प्राप्त गरे ।
यस्तै उत्कृष्ट पप गीत गायकको अवार्ड राम थेँ म गीतबाट हेमन्त शिशिरले, लोक पप म्युजिक भिडियो मोडल (पुरुष)को अवार्ड पियारी गीतबाट रमेश चन्द सोडारीले, लोक पप म्युजिक भिडियो बाल मोडलको अवार्ड फस्दै गएँछु गीतबाट दिप्सन चिलुवालले र लोक पप कोरियोग्राफरको अवार्ड ए केटा मादलु गीतबाट दिवस गिरीले हासिल गरे ।
यी अवार्डको निर्णायकहरुमा गायिका जुनु रिजाल, गायक तथा मोडल दुर्गेश थापा, गायक रोशन सिंह, म्युजिक भिडियो निर्देशक बविता श्रेष्ठ र दृश्य सम्पादक वीरेन्द्र भाट (बिपिन) थिए ।
सो अवार्ड समरोहमा फेशन विधातर्फ पनि विभिन्न अवार्ड प्रदान गरियो । जसमा उत्कृष्ट प्रोफेस्नल नेल टेक्निसियन अवार्डको शशिदेवी घिमिरेले, उत्कृष्ट ब्युटिसियनको अवार्ड कुष्मा ओलीले, उत्कृष्ट फेशन एन्ड म्युजिकल प्रोग्राम अर्गनाईजर अवार्ड जोहन श्रेष्ठले हासिल गरे । फेशनतर्फको जुरीमा कोरियोग्राफर अश्विनीकान्त झा थिए । विलक्षण क्रियसन प्रा.लि. र स्टारवान इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login