खेलकुद
एसियाली खेलकुदः क्रिकेटमा पराजित भएसँगै नेपालको पुरुष टिम क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन
विराटचोकः १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल मंगलबार क्वाटरफाइनलमा पराजित भएको छ । हारसँंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भारतले नेपालाई २३ रनले पराजित गर्याे । यशस्वी जैसवालको शतकप्रेरित भारतले निर्धारित २० ओभरमा नेपालसामु दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको नोक्सानीमा १७९ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोड्दै अलराउन्ड प्रदर्शन गरे । उनले १५ बलमा चार छक्का प्रहार गरे । नेपालले सुरुदेखि आक्रामक खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । ३.४ ओभरमा आसिफ १० रनमा नै पवेलियन फर्किए । त्यसपछि आएका कुशल मल्लले पनि ठूला सट खेल्ने प्रयास गरे । यद्यपि, ११ औं ओभरमा कुशल २९ रनमा रवि बिश्नोईद्वारा आउट भए । दोस्रो विकेटका रूपमा आउट भएका भुर्तेलले २८ रन जोडे । नवौं ओभरमा पनि कप्तान रोहित पौडेल ३ रनमै आउट भए ।
दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गर्दै जीतको आशा दिलाएका थिए । यद्यपि, १५ र १६ औं ओभरमा दुवै ब्याटर पवेलियन फर्किएपछि नेपालको जीत टाढियो । दीपेन्द्र ३२ रन र सन्दीप २९ रनमा आउट भए । करण केसीले १८ रन जोडे पनि जीतका लागि पर्याप्त भएन । भारतको बलिङमा आवेश खान र रवि बिश्नाईले समान तीन तथा अर्शदीपले दुई र साई किशोरले एक विकेट लिँदै नेपाललाई लक्ष्य पूरा गर्न दिएनन् । त्यसअघि टस जितेको भारतले बिस्फोटक ब्याटिङ गर्दै चार विकेटको क्षतिमा दुई सय २ रनको योगफल बनायो ।
आक्रामक ब्याटिङ गरेका ओपनर जैसवालले ४९ बलमा नै सय रन जोडे । नेपाली बलरमाथि पूर्ण हाबी भएका जैसवालले आठ चौका र सात छक्का प्रहार गरे । जैसवाल १६.२ ओभरमा दीपेन्द्रद्वारा क्याच आउट भए । भारत १५० रनको बलियो स्थितिमा हुँदा जैसवाल चौथो विकेटका रूपमा पवेलियन फर्किए । भारतले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ ग¥यो । भारतले ९.१ ओभमा नै सय रन बटुल्दै नेपाली बलरमाथि दबाब सिर्जना गरिराखे ।
यसै ओभरको पाँचौं बलमा दीपेन्द्रले भारतका कप्तान रुतुराज गायकवाडलाई २५ रनमा आउट गर्दै पहिलो विकेट दिलाए । त्यसपछि भने नेपालले १५ औं ओभरसम्म कसिलो बलिङ गर्याे ।
यस क्रममा नेपालले दुई विकेट लिँदै ३४ रन खर्चियो । यद्यपि, अन्तिम पाँच ओभरमा नेपालका बलरले लय गुमाउँदै ६४ रन खर्चिए । पाँचौं विकेटका लागि शिवम् दुवे र रिन्कु सिंहले ५२ रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए । रिन्कु ३७ रन र शिवम् २५ रनमा नटआउट रहे । यस क्रममा शिवम्ले १९ बलमा दुई चौका र एक छक्का र रिन्कुले १५ बलमा दुई चौका र चार छक्का हिर्काए ।
डेथ ओभरमा बलिङ गर्न आएका अविनाश बोहोराले २५ रन खचिएपछि नेपालमाथि दबाब पर्याे । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले निकै खराब बलिङ गरे । चार ओभरमा उनले ५३ रन खर्चिंदा एक विकेट पनि लिन सकेनन् । नेपालका सबै बलर महँगा साबित भए । यद्यपि, दीपेन्द्रसिंहले महत्वपूर्ण दुई विकेट लिँदै कमजोर बलिङलाई साथ दिए । तीन ओभर बलिङ गरेका सन्दीपको नाममा पनि एक विकेट रह्यो ।
Facebook Comment
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login