Connect with us
Advertisement

एसियाली खेलकुदः क्रिकेटमा पराजित भएसँगै नेपालको पुरुष टिम क्वाटरफाइनलभन्दा अघि बढ्न सकेन

Published

on

विराटचोकः १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल मंगलबार क्वाटरफाइनलमा पराजित भएको छ । हारसँंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा भारतले नेपालाई २३ रनले पराजित गर्याे । यशस्वी जैसवालको शतकप्रेरित भारतले निर्धारित २० ओभरमा नेपालसामु दुई सय तीन रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको नोक्सानीमा १७९ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोड्दै अलराउन्ड प्रदर्शन गरे । उनले १५ बलमा चार छक्का प्रहार गरे । नेपालले सुरुदेखि आक्रामक खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । ३.४ ओभरमा आसिफ १० रनमा नै पवेलियन फर्किए । त्यसपछि आएका कुशल मल्लले पनि ठूला सट खेल्ने प्रयास गरे । यद्यपि, ११ औं ओभरमा कुशल २९ रनमा रवि बिश्नोईद्वारा आउट भए । दोस्रो विकेटका रूपमा आउट भएका भुर्तेलले २८ रन जोडे । नवौं ओभरमा पनि कप्तान रोहित पौडेल ३ रनमै आउट भए ।

दीपेन्द्र र सन्दीप जोराले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गर्दै जीतको आशा दिलाएका थिए । यद्यपि, १५ र १६ औं ओभरमा दुवै ब्याटर पवेलियन फर्किएपछि नेपालको जीत टाढियो । दीपेन्द्र ३२ रन र सन्दीप २९ रनमा आउट भए । करण केसीले १८ रन जोडे पनि जीतका लागि पर्याप्त भएन । भारतको बलिङमा आवेश खान र रवि बिश्नाईले समान तीन तथा अर्शदीपले दुई र साई किशोरले एक विकेट लिँदै नेपाललाई लक्ष्य पूरा गर्न दिएनन् । त्यसअघि टस जितेको भारतले बिस्फोटक ब्याटिङ गर्दै चार विकेटको क्षतिमा दुई सय २ रनको योगफल बनायो ।

आक्रामक ब्याटिङ गरेका ओपनर जैसवालले ४९ बलमा नै सय रन जोडे । नेपाली बलरमाथि पूर्ण हाबी भएका जैसवालले आठ चौका र सात छक्का प्रहार गरे । जैसवाल १६.२ ओभरमा दीपेन्द्रद्वारा क्याच आउट भए । भारत १५० रनको बलियो स्थितिमा हुँदा जैसवाल चौथो विकेटका रूपमा पवेलियन फर्किए । भारतले पहिलो ओभरदेखि आक्रामक ब्याटिङ ग¥यो । भारतले ९.१ ओभमा नै सय रन बटुल्दै नेपाली बलरमाथि दबाब सिर्जना गरिराखे ।

यसै ओभरको पाँचौं बलमा दीपेन्द्रले भारतका कप्तान रुतुराज गायकवाडलाई २५ रनमा आउट गर्दै पहिलो विकेट दिलाए । त्यसपछि भने नेपालले १५ औं ओभरसम्म कसिलो बलिङ गर्याे ।

यस क्रममा नेपालले दुई विकेट लिँदै ३४ रन खर्चियो । यद्यपि, अन्तिम पाँच ओभरमा नेपालका बलरले लय गुमाउँदै ६४ रन खर्चिए । पाँचौं विकेटका लागि शिवम् दुवे र रिन्कु सिंहले ५२ रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए । रिन्कु ३७ रन र शिवम् २५ रनमा नटआउट रहे । यस क्रममा शिवम्ले १९ बलमा दुई चौका र एक छक्का र रिन्कुले १५ बलमा दुई चौका र चार छक्का हिर्काए ।

डेथ ओभरमा बलिङ गर्न आएका अविनाश बोहोराले २५ रन खचिएपछि नेपालमाथि दबाब पर्याे । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका अविनाशले निकै खराब बलिङ गरे । चार ओभरमा उनले ५३ रन खर्चिंदा एक विकेट पनि लिन सकेनन् । नेपालका सबै बलर महँगा साबित भए । यद्यपि, दीपेन्द्रसिंहले महत्वपूर्ण दुई विकेट लिँदै कमजोर बलिङलाई साथ दिए । तीन ओभर बलिङ गरेका सन्दीपको नाममा पनि एक विकेट रह्यो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक