धर्म / संस्कृति
यस्तो छ दशैँको टीकाको विभिन्न देशको साइत
विराटचोकः अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको अघिल्लो साता बसेको बैठकले विभिन्न ३० वटा देशमा टीका लगाउने सही समय तय गरेको छ ।
समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार पारिएको हो । अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दशैँको टीकामा अन्योल नहोस् भनेर त्यहीँको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको बताइएको छ ।
समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकाले माग बमोजिम ३० वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।
यस्तो छ साइत समय
समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्कमा प्रातः १० बजेर ४७ मिनेटमा, केन्टुकीमा ११ बजेर ३० मिनेटमा, टेक्सासमा ११ बजेर ३ मिनेटमा, वासिङ्गटन डिसीमा १० बजेर ५३ मिनेटमा र क्यालिफोर्नियामा १० बजेर ३१ मिनेटमा टीकाको शुभसाइत जुरेको छ ।
यस्तै क्यानडाको टोरोन्टोमा ११ बजेर १७ मिनेटमा र भ्यानकुभरमा ११ बजेर ३५ मिनेटमा टीकाको शुभ साइत जुरेको छ ।
समितिले भारत, जापान, अस्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार र स्वीटजरल्याण्डलगायतका देशमा २४ तारिखमा टीकाको शुभ साइत जुराएको छ ।
भारतको दिल्लीमा १० बजेर ५५ मिनेटमा, जापानको टोकियोमा १० बजेर ४५ मिनेटमा, अस्ट्रेलियाको सिड्नीमा ११ बजेर १५ मिनेटमा, मेलबर्नमा ११ बजेर ३५ मिनेटमा, ब्रिसवेनमा १० बजेर २५ मिनेटमा र क्यानबेरामा ११ बजेर २१ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।
न्युजिल्याण्डको वेलिङटनमा ११ बजेर २१ मिनेटमा, पोर्चुगलको लिस्बनमा ११ बजेर २३ मिनेटमा, बेलायतको लण्डनमा ११ बजेर ३१ मिनेटमा, फ्रान्सको पेरिसमा ११ बजेर २५ मिनेटमा, नर्वेको ओस्लोमा ११ बजेर ३५ मिनेटमा, मलेसियाको क्वालालम्पुरमा ११ बजेर १५ मिनेटमा, युएईको अबुधाबीमा ११ बजेर ०५ मिनेटमा, कतारको दोहामा ९ बजेर ५९ मिनेटमा, थाइल्याण्डको बैंककमा १० बजेर ३९ मिनेटमा, दक्षिण कोरियाको सिओलमा ११ बजेर ३१ मिनेटमा, इजरायलको तेल अबिबमा ९ बजेर २५ मिनेटमा, सिंगापुरमा ११ बजेर ५ मिनेटमा, साउदी अरेबियामा ९ बजेर ११ मिनेटमा, म्यानमारको याङ्गुनमा १० बजेर ३१ मिनेटमा र स्वीटजरल्याण्डको जेनेभामा ११ बजेर ५५ मिनेटमा टीकाको शुभ साइत जुराइएको छ ।

Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login