शेयर
महिनाको पहिलो दिन बढ्यो शेयर बजार, शुल्क कटौतीको पनि पर्याे असर
विराटचोकः कात्तिक महिनाको पहिलो दिन नेपाली शेयर बजार सूचकमा उत्साहजनक वृद्धि देखिएको छ । आज नेप्से सूचक ४३.२७ विन्दुले बढेर १९०७.८९ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
ब्रोकर कमिसन घटाउने निर्णयसँगै सेयर बजारमा उत्साह छाएको छ । लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्दै आएका थिए । बोर्डले औपचारिक रुपमा निर्णय भने सार्वजनिक गरिसकेको छैन । बैंकहरुले आजदेखि नै लागू हुने गरी ब्याजदर पनि घटाएका छन् । यसको पनि सकारात्मक प्रभाव बजारमा परेको अनुमान गरिएको छ ।
आज २८६ कम्पनीको ३१ हजार ७ सय ८८ पटकमा ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँको शेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा सानिमा जीआइसी इन्स्योरेन्स, कुमारी बैंकको संस्थापक शेयर, आइएमई लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्दा बीपीडब्लु लघुवित्तको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा धेरैले झरेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण २९ खर्ब २७ अर्ब ९३ करोड ६२ लाख ६२ हजार ३ सय ४६ रुपैयाँ कायम भएको छ ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login