Connect with us
Advertisement

नेपालगञ्जका रसिकराज धरानमा भएको कविता प्रतियोगितामा पहिलो

Published

on

धरानः नेपालगञ्जका रसिकराज कवि विमल गुरुङको स्मृतिमा भएको कविता प्रतियोगितामा पहिलो भएका छन् ।

कवि विमल गुरुङको स्मृतिमा वर्षेनी आयोजना हुँदै आएको राष्ट्रिय कविता धरान–१८ स्थित विमल गुरुङ स्मृति पुस्तकालय धरानको आयोजनामा प्रतियोगिता भएको थियो । मङ्गलबार भएको राष्ट्रिय कविता प्रतियोगितामा उनकोे ‘कालो मान्छे’ शीर्षकको कविता पहिलो भएको थियो ।

सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आस्था र अस्तित्व’ शीर्षकको कविता दोस्रो र गोर्खाका सन्तोष खनालको ‘माटो जिन्दगी’ शीर्षकको कविता तेस्रो भएको छ । सान्त्वना पुरस्कार धनकुटाका सरोज कट्वालको ‘ओखरबोट र चराहरू’ले पाएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याएका कविहरूलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

स्वर्गीय गुरुङको ४९ औँ जन्मजयन्ती तथा २९ औँ विमल गुरुङ राष्ट्रिय कविता प्रतियोगिताको अवसरमा आयोजित राष्ट्रिय कविता प्रतियोगिताका विजयी कविहरुलाई प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीले पुरस्कार प्रदान गरेका हुन् ।

देशभरबाट करीब डेढ सय कविता सङ्कलन भएको र त्यसमध्येबाट उत्कृष्ट १० कविता छनोट गरिएको बताइएको छ । कार्यक्रममा पत्रकार गोपाल दाहाल र फरक क्षमताकी धनी तथा साहित्यकार लक्ष्मी राईलाई सम्मान गरिएको थियो । दुवैलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

Continue Reading

Facebook Comment

25 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तराईका जिल्लामा आज होली

Published

on

 रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।

मगर, थारू समुदायको बाक्लो बसोबास रहेको बर्दघाट सुस्तापूर्वमा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।

सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए ।

Continue Reading

Banner

नझरेका फूलहरूमा पराजुलीको प्रस्तुति

Published

on

नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गायक गणेश पराजुली तथा गायिका यशोदा पराजुलीसँग कलात्मक अन्तरङ्ग समारोह सम्पन्न भएको छ।
कार्यक्रममा उनीहरूले आधा दर्जन कालजयी गीतहरू सुनाएका थिए।
उक्त कार्यक्रममा उर्लाबारीकी गायिका मनु तामाङले गीत,केराबारीका गजलकार खेम आचार्यले गजल र नव प्रतिभाशाली भाइबहिनीले गीतसङ्गीत र कविताहरू पनि प्रस्तुत गरेको बताइएको छ।

कार्यक्रममा स्रष्टाहरू किरण टी लिम्बू ,दुर्गा पराजुली, भरत बर्वरिक,प्राज्ञ रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ,मञ्जु रेग्मी, लक्ष्मीप्रसाद पराजुली, नवीन क्षत्री, युवराज ठकुरी, अम्बिका भण्डारी, जीवन कट्टेल, बालकुमार राई, सोम भट्टराई, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, प्रकाश भट्टराई, शंकर देवान, आर के प्रधान, टंक मगर, चण्डी सामपाङ, सङ्गी दुमी राई लगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा सिद्धार्थ स्कुलका कलाप्रेमी शिक्षक र विद्यार्थीहरूको पनि लोभलाग्दो सहभागिता रहेको थियो।

नझरेका फूलहरूले आयोजना गरेको कलात्मक अन्तरङ्ग कार्यक्रमको सभापति साहित्यकार पुरन याक्खा र प्रमुख अतिथि स्रष्टा हर्कमान तामाङ रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य गीतकार एवम् सङ्गीतकार जे बि थुलुङले राखेका थिए।

सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलमा भएको कार्यक्रम नझरेका फूलहरूको नियमित शृङ्खलाका निम्ति आयोजना गरिएको नझरेका फूलहरूका परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताए।

Continue Reading

Banner

धरानमा गुञ्जिए हेमन्त शर्मा

Published

on

सुनसरीको धरानमा लोकप्रिय गायक हेमन्त शर्माले दर्शकस्रोतालाई आफ्ना एकदर्जन गीत सुनाएर साङ्गीतिक आनन्द दिएका छन् । नझरेका फूलहरूको आयोजनामा धरान आएका गायक शर्माले आफ्ना बहुचर्चित गीत सुनाउँदा धराने स्रोता छमछमी नाचेका भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल बन्दै गएका छन् ।

साङ्गीतिक प्रस्तुतिका लागि पहिलोपटक धरान आएका शर्माले धरानमा प्रस्तुति दिन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन्। साङ्गीतिक प्रस्तुतिका लागि पटकपटक धरान आउने इच्छा हुँदाहुँदै पनि संयोग नमिलेको बताउँदै आएका गायक शर्माले नझरेका फूलहरूको आयोजनामा यसपटक धरान आएर आफ्ना फ्यान फलोअर्सलाई गीत सुनाउन पाउँदा आफूलाई अत्यन्तै आनन्द मिलेको समेत बताए।

कार्यक्रममा धरानका चर्चित गायक कृष्णराजा श्रेष्ठ, दीपक दर्नाल, सङ्गीतकार रोशन शर्मा र इटहरीका कवि लक्ष्मीप्रसाद पराजुलीलेसमेत आ-आफ्नो प्रस्तुति राखेका थिए।

धरान-९ स्थित रोटरी क्लबको हलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष एवम् धरान उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष्य रमेश राई रहेका थिए। विशिष्ट अतिथिमा प्रा.डा.भीम खतिवडा,डा.अस्मिता विष्ट र किरण टी. लिम्बू रहेका थिए।

नझरेका फूलहरूको नियमित शृङ्खला अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको ‘नझरेका फूलहरू’का परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताए।
कार्यक्रममा दर्जनौँ सङ्घसंस्थाको सहयोग र सहभागितासमेत रहेको धरानका सङ्गीतकर्मी विनायक राईले जानकारी दिएका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक