कला / साहित्य
मिस्टर एण्ड मिस लिटल कोशीको उपाधी आस्था र क्रिसलाई
इटहरीः इटहरीमा भएको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि सुनसरीको इनरुवाकी १२ वर्षीया आस्था राजभण्डारी र धनकुटाका १४ वर्षीय क्रिस चेम्जोङले हात पारेका छन् । विजेताले जनही नगद ३० हजार रुपैयाँ साथै आकर्षक ट्रफी प्राप्त गरेका थिए ।
जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको मिस लिटल कोशीको फस्ट रनरअप विराटनगरकी ७ वर्षीया अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप इनरुवाकी १३ वर्षीया सृष्टि श्रेष्ठ घोषित भए ।
त्यस्तै, प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ इनरुवाकी १५ वर्षीया एलिना गुरुङ तथा सर्वोत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् ।
मिस्टर लिटल कोशीतर्फको फस्ट रनरअप इनरुवाका १३ वर्षीय आर्यन कर्ण र सेकेण्ड रनरअप इनरुवाकै १४ वर्षीय समय सुब्बा घोषित भए । स्कुलमा पढ्ने विद्यार्थीहरूको प्रतिभा उजार गर्नुको साथै व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
Facebook Comment
Banner
तराईका जिल्लामा आज होली
रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।
मगर, थारू समुदायको बाक्लो बसोबास रहेको बर्दघाट सुस्तापूर्वमा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेद्भावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।
सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए ।
Banner
नझरेका फूलहरूमा पराजुलीको प्रस्तुति
नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गायक गणेश पराजुली तथा गायिका यशोदा पराजुलीसँग कलात्मक अन्तरङ्ग समारोह सम्पन्न भएको छ।
कार्यक्रममा उनीहरूले आधा दर्जन कालजयी गीतहरू सुनाएका थिए।
उक्त कार्यक्रममा उर्लाबारीकी गायिका मनु तामाङले गीत,केराबारीका गजलकार खेम आचार्यले गजल र नव प्रतिभाशाली भाइबहिनीले गीतसङ्गीत र कविताहरू पनि प्रस्तुत गरेको बताइएको छ।
कार्यक्रममा स्रष्टाहरू किरण टी लिम्बू ,दुर्गा पराजुली, भरत बर्वरिक,प्राज्ञ रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ,मञ्जु रेग्मी, लक्ष्मीप्रसाद पराजुली, नवीन क्षत्री, युवराज ठकुरी, अम्बिका भण्डारी, जीवन कट्टेल, बालकुमार राई, सोम भट्टराई, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, प्रकाश भट्टराई, शंकर देवान, आर के प्रधान, टंक मगर, चण्डी सामपाङ, सङ्गी दुमी राई लगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा सिद्धार्थ स्कुलका कलाप्रेमी शिक्षक र विद्यार्थीहरूको पनि लोभलाग्दो सहभागिता रहेको थियो।
नझरेका फूलहरूले आयोजना गरेको कलात्मक अन्तरङ्ग कार्यक्रमको सभापति साहित्यकार पुरन याक्खा र प्रमुख अतिथि स्रष्टा हर्कमान तामाङ रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य गीतकार एवम् सङ्गीतकार जे बि थुलुङले राखेका थिए।
सुन्दरहरैँचाको सिद्धार्थ सेकेण्डरी स्कुलमा भएको कार्यक्रम नझरेका फूलहरूको नियमित शृङ्खलाका निम्ति आयोजना गरिएको नझरेका फूलहरूका परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताए।
Banner
धरानमा गुञ्जिए हेमन्त शर्मा
सुनसरीको धरानमा लोकप्रिय गायक हेमन्त शर्माले दर्शकस्रोतालाई आफ्ना एकदर्जन गीत सुनाएर साङ्गीतिक आनन्द दिएका छन् । नझरेका फूलहरूको आयोजनामा धरान आएका गायक शर्माले आफ्ना बहुचर्चित गीत सुनाउँदा धराने स्रोता छमछमी नाचेका भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा समेत भाइरल बन्दै गएका छन् ।
साङ्गीतिक प्रस्तुतिका लागि पहिलोपटक धरान आएका शर्माले धरानमा प्रस्तुति दिन पाउँदा आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन्। साङ्गीतिक प्रस्तुतिका लागि पटकपटक धरान आउने इच्छा हुँदाहुँदै पनि संयोग नमिलेको बताउँदै आएका गायक शर्माले नझरेका फूलहरूको आयोजनामा यसपटक धरान आएर आफ्ना फ्यान फलोअर्सलाई गीत सुनाउन पाउँदा आफूलाई अत्यन्तै आनन्द मिलेको समेत बताए।
कार्यक्रममा धरानका चर्चित गायक कृष्णराजा श्रेष्ठ, दीपक दर्नाल, सङ्गीतकार रोशन शर्मा र इटहरीका कवि लक्ष्मीप्रसाद पराजुलीलेसमेत आ-आफ्नो प्रस्तुति राखेका थिए।
धरान-९ स्थित रोटरी क्लबको हलमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष एवम् धरान उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष्य रमेश राई रहेका थिए। विशिष्ट अतिथिमा प्रा.डा.भीम खतिवडा,डा.अस्मिता विष्ट र किरण टी. लिम्बू रहेका थिए।
नझरेका फूलहरूको नियमित शृङ्खला अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको ‘नझरेका फूलहरू’का परिकल्पनाकार,संस्थापक एवम् प्रस्तोता केपी घिमिरेले बताए।
कार्यक्रममा दर्जनौँ सङ्घसंस्थाको सहयोग र सहभागितासमेत रहेको धरानका सङ्गीतकर्मी विनायक राईले जानकारी दिएका छन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login