Connect with us
Advertisement

आइपीओ निष्कासन अनुमति पाएका ३० हाइड्रोपावर कम्पनीमध्ये १९ को नेटवर्थ ऋणात्मक

Published

on

काठमाडौंः नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा अहिलेसम्म गरी कुल ३० हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिइसकेको छ । त्यसअघि पनि हाइड्रोपावरको आइपीओ आएकै हुन्थ्यो ।

जसअनुसार गत वर्ष २९ र चालु आर्थिक वर्षमा १ गरी ३० वटा हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न अनुमति पाएको देखिन्छ । यसरी आइपीओ बिक्री गर्न अनुमति पाएका ३० मध्ये १९ वटा कम्पनीको प्रतिशेयर नेटवर्थ ऋणात्मक अर्थात्, १०० रुपैयाँभन्दा पनि कम रहेको छ । यसरी नेटवर्थ ऋणात्मक हुनेलाई हेर्दा कुल निष्कासन अनुमति पाएका हाइड्रोपावर कम्पनीको ६३ प्रतिशत हुन आउँछ । त्यसैगरी, अधिकांश आइपीओ अनुमति पाएका हाइड्रोपावर कम्पनीको प्रतिशेयर आम्दानी पनि नोक्सानीमा रहेको देखिन्छ । गत वर्ष साधारण शेयर जारी गर्न अनुमति पाएका हाइड्रोपावर कम्पनीमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको नेटवर्थ सबैभन्दा धेरै १६५ रुपैयाँ ४ पैसा रहेको छ । यो गत वर्षको चैतमसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार हो । यसले चौथो त्रैमासको रिपोर्ट भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।

दोस्रोमा भिजन लुम्बिनी उर्जाको नेटवर्थ १३९ रुपैयाँ ७७ पैसा रहेको छ । यसले चालु आर्थिक वर्षमा आइपीओ बिक्री गर्न अनुमति पाएको हो । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ । अब सर्वसाधारणलाई सेयर बिक्री गर्न बाँकी छ । तथ्याङ्क अनुसार ३० कम्पनीमध्ये ११ वटाको मात्र नेटवर्थ १०० रुपैयाँभन्दा धेरै छ । सबैभन्दा कम नेटवर्थ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ५८ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी, भूगोल इनर्जीको ६४ रुपैयाँ ५४ पैसा, अप्पर स्याङ्गे हाइड्रोपावरको ६५ रुपैयाँ ७१ पैसा र मनकामना इन्जिनियरिङको ६९ रुपैयाँ नेटवर्थ रहेको छ ।

४ कम्पनीको प्रतिशेयर नेटवर्थ ७० रुपैयाँभन्दा कम छ । त्यस्तै, ९ वटाको ८० रुपैयाँ भन्दा कम नेटवर्थ देखिएको छ । यता, सबैभन्दा कम प्रतिशेयर आम्दानी अप्पर स्याङ्गेको देखिएको छ । यसको उक्त आम्दानी २४ रुपैयाँ ९४ पैसाले ऋणात्मक रहेको छ ।

यसरी प्रतिसेयर नेटवर्थ र प्रतिसेयर आम्दानी कम वा ऋणात्मक नै भएका कम्पनीहरुलाई समेत आइपीओ जारी गर्न स्वीकृति दिने धितोपत्र बोर्डले भने यस विषयमा लगानीकर्ता स्वयं नै सचेत भएर आवेदन दिनुपर्ने बताउदै आएको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले बेलाबेला १० कित्ताको नीतिले गर्दा पनि जस्तोसुकै कमजोर कम्पनीको आइपीओ बिक्री भएको बताउने गरेका छन् । उनले सर्वसाधारणले पनि सचेत भएर कमजोर कम्पनीको शेयर नकिन्नुपर्ने बताउँछन् । तर अति कमजोर कम्पनीलाई अनुमति दिनबाट रोक्न भने उनले चाहेको देखिँदैन ।

नियमअनुसार नै दिएको भनेर बोर्डका पदाधिकारी पन्छिने गरेका छन् । नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले प्रक्रिया पूरा गरेर आएका कम्पनीहरुलाई नियमअनुसार सार्वजनिक निष्कासन अनुमति दिएको बताए । कुनै पनि कम्पनीले पूँजी बढाउन र लगानी विस्तार गर्न सर्वसाधारणसँग रकम सङ्कलनका लागि आइपीओ जारी गर्छन् । यसमा सर्वसाधारणले शेयर खरिद गर्नुपर्ने बाध्यकारी अवस्था भने छैन । तर, १० कित्तामात्र खरिद गर्ने व्यवस्थाले गर्दा पनि जस्तोसुकै कम्पनीको शेयर बिक्री भएको जानकारहरु बताउँछन् ।

यता, वित्तीय अवस्था निकै खराब रहेका कम्पनीहरुले शेयरधनीलाई वर्षौंसम्म लाभांश वितरण गर्न नसक्ने देखिएको छ । यस्ता कम्पनीहरुले थप पूँजी बढाउन हकप्रद शेयरको सहारा पनि लिने गरेका छन् । बोर्डले कम नेटवर्थ भएका हाइड्रोपावरसहित अरु समूहका कम्पनीहरुलाई पनि शेयर बिक्री गर्न अनुमति दिइरहेको देखिन्छ । जस्तैः सिटी होटल, नेपाल रिपब्लिक मिडियालगायत कमजोर वित्तीय अवस्था भएका कम्पनीले पनि शेयर बिक्री गर्न अनुमति पाएका हुन् । हाल यही विषयलाई लिएर बोर्डको तीव्र आलोचना पनि भइरहेको छ । बोर्डले जस्तोसुकै कम्पनीलाई पनि आइपीओ बिक्री गर्न अनुमति दिन नहुने लगानीकर्ताले माग गरेका छन् । उनीहरुले शेयर सप्लाई तीव्र रुपमा आएकाले नै बजार थप घटेको भनेर आरोप लगाएका हुन् ।

नेटवर्थ के हो ?
सम्पत्तिमा दायित्वहरु घटाएर आएको रकम नै नेटवर्थ हो । सोही रकमलाई कम्पनीको शेयर संख्याले भाग गर्दा आउने फल नै प्रतिशेयर नेटवर्थ हो । यदि कम्पनी टाट पल्टिन्छ भने सामान्यतयः प्रतिशेयर नेटवर्थ बराबरको रकम त्यसले शेयरधनीलाई वितरण गर्न सक्छ भनेर बुझ्न सकिन्छ । यसकारण पनि विश्लेषकहरुले नेटवर्थ धेरै भएका कम्पनीमा लगानी गर्दा जोखिम कम हुने बताउँदै आएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक