खेलकुद
यस वर्ष पनि भलिबल प्रतियोगिता सञ्चालन गर्दै नारदे भन्ज्याङ युबा क्लब
खाँदबारीः विगतका वर्षमा झैँ तिहारको अवसर पारेर संखुवासभाको पाँचखपन–२ आइतबारेमा रहेको नारदेभन्ज्याङ्ग युबा क्लबले कात्तिक २५ गतेदेखि २८ गतेसम्म ४ दिने खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । क्लबले २०७६ सालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको छ ।
गाउँघरमै आर्थिक सङ्कलन गर्दै पुरस्कारहरु व्यवस्थापन गरी खेल सञ्चालन गर्ने गरेको क्लबका अध्यक्ष मिलन श्रेष्ठले बताए । प्रतियोगितामा नगद ३१,१३१।– प्रथम पुरस्कार रहेको छ भने द्वितीय र तृतीय पुरस्कार क्रमश रु. २१,१२१।– र ११,१११।– रहेको अध्यक्ष श्रेष्ठले बताए । बिगतमा पनि यहाँ पूर्ण तयारीका साथ खेल सम्पन्न गर्ने गरेको पाइन्छ ।
खेल लिक.कम.नक.आउटको आधारमा खेलाइने, खेलाडी संख्या व्यवस्थापनसहित ९ जना हुनुपर्ने, खेलाडीले खानेबस्ने व्यवस्था आफैँ गर्नुपर्ने र खेलमा कुनै खेलाडीविरुद्ध विपक्षी टिमले परिचय माग गरेमा सो व्यक्तिले १५ मिनेटभित्र आफ्नो कागजात देखाइसक्नुपर्ने र यदि देखाउन नसके टिम नै खारेज हुने भएको हुँदा पूर्व तयारीका साथ उपस्थित हुन सम्पूर्ण खेलाडीहरुलाई अध्यक्ष श्रेष्ठले आह्वान गरेका छन् ।
खेलमा प्रथम पुरस्कार पाँचखपन २ (हाल मलेसिया) निवासी चन्द्रहाङ्ग लिम्बू, बिकास राई र मधु राईले प्रायोजन गरेका छन् । दोस्रो पुरस्कार सोही बजारमा बस्ने दुर्गानिलम श्रेष्ठ, हिमाल राई, मित्रकुमार बल र ताराकुमार राईले प्रायोजन गरेका छन् । टेक बहादुर थापाले तृतीय पुरस्कार प्रायोजन गरेका छन् ।
Facebook Comment
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login