शेयर
म्युचुअल फन्डहरुले ६ महिनासम्म आरक्षित शेयर बेच्न नपाउने
विराटचोकः नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डहरुलाई आरक्षणमा पाएको शेयर ६ महिनासम्म बेच्न वा हस्तान्तरण गर्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्था आज कात्तिक २१ गतेदेखि नै लागू हुनेछ ।
बोर्डको यो निर्देशनलाई कार्यान्वयन गराउन सीडीएस एन्ड क्लियरिङ लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरुलाई समेत बोर्डले निर्देशन दिएको छ । तर कुनै म्युचुअल फन्डका इकाईहरुको अवधि पूरा भएर ६ महिनाअघि नै खारेजीमा जाने अवस्था भएमा भने त्यस्ता फन्डहरुलाई भने यस्तो शेयर बिक्री गर्न बाधा नपर्ने बोर्डले जनाएको छ ।
प्रत्येक आईपीओमा म्युचुअल फन्डहरुलाई ५ प्रतिशत शेयर आरक्षणमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यसअनुसार फन्डहरुले स्वतः ५ प्रतिशत शेयर पाउँछन् । तर यसरी पाएको शेयरको दुरुपयोग भएको आम लगानीकर्ताले गुनासो गर्दै आएका छन् । बजार निरन्तर घटेका बेलामा फन्डहरुले शेयर बजार सन्तुलन राख्न भूमिका खेल्नुपर्नेमा उल्टै ती शेयरहरु बिक्री गरेर बजारमा आपूर्ति बढाइदिने गर्नाले बजार उँभो जान नसकेको लगानीकर्ताको आरोप छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login