सूचना / प्रविधि
ग्राहक तान्न इन्टरनेट कम्पनीका यस्ता छन् अफर
विराटचोकः चाडपर्वलाई मध्यनजर गर्दै नेपालका ठूला इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई आकर्षित गर्न बम्पर अपर ल्याएका छन् । वर्ल्डलिंक, क्लासिक टेक, सीजी नेट, नेपाल टेलिकम, सुबिसु, भायनेट र डिसहोमले अफर सार्वजिनक गरेका छन् ।
क्लासिक टेकः
क्लासिक टेकको नयाँ ग्राहकले नयाँ कनेक्सन जोडेको खण्डमा २०० एमबीपीएस ९०७ रुपैयाँ र ३०० एमबीपीएस १ हजार १७७ रुपैयाँमा पाउने जनाएको छ । क्लासिक टेकले कारो टेल कम्पनीसँग भिडियोकनको स्मार्ट टिभी बिक्रीका लागि साझेदारी गरेको छ। भिडियोकनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी बजार मूल्यभन्दा निकै कममा पाइने कम्पनीले जनाएको छ ।
वर्ल्ड लिंकः
नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायकले दशैं तिहारलाई लक्षित गर्दै अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकलाई सामसङका उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान दिने वर्ल्डलिंकले अफर ल्याएको छ ।
सामसङ फ्रन्ट लोड इको बबल वासिङ मेसिन खरिदमा सबैभन्दा धेरै १५ हजार ५०० रुपैयाँको छुट पाइनेछ । त्यस्तै ५५ इन्चको सामसङ टेलिभिजनमा १३ हजार, ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा ८ हजार रुपैयाँ छुट दिएको छ ।
मोबाइलतर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी –याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए २४ एलटीई स्मार्टफोन ३ हजार ९९९ रुपैयाँ छुटपछि २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै ग्राहकहरुले २५० एमबीपीएसको वार्षिक नवीकरणमा ५०० एमबीपीएस इन्टरनेट पाउने कम्पनीले जनाएको छ । यस्तै, १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टनेट चलाउन सक्ने छन् ।
भायनेटः
भायनेटले तीन महिना वा १२ महिनाको इन्टरनेट जडान गर्ने वा नवीकरण गर्ने पुराना ग्राहकका लागि अफर ल्याएको छ । १२५ एमबीपीएस इन्टरनेट ८ हजार ४ सय, २०० एमबीपीएसको १० हजार ८ सय र ३०० एमबीपीएस १३ हजार २ सय रुपैयाँमा उपलब्ध हुने जनाएको छ । यो मूल्य १२ महिनाको इन्टरनेट खरिदमा हो ।
भायनेटको इन्टरनेट खरिदमा हिमस्टारको टिभी, अल्टिमा एयरबड, हिमस्टारको रेफ्रिजिरेटर, वासिङ मेसिनलगायतमा छुट हुने छ ।
सीजी नेट
चौधरी समूहको सीजी नेटले ट्रिपल स्पिड, क्यासब्याक र टिभीमा ५० प्रतिशत छुट दिने छ । सीजी डिजिटलसँगको सहकार्यमा सीजी नेटले यो अफर ल्याएको हो । कम्पनीले दैनिक क्यास टपअप, साप्ताहिक स्मार्टवाच र बम्पर उपहारमा ४३ इन्चको स्मार्ट टिभी जित्न सक्ने अफर ल्याएको जनाएको छ ।
डिस होम
डिस होमले ५० एमबीपीएसलाई १०० एमबीपीएसमा बढोत्तरी गरेको छ । यसको मूल्य वार्षिक ७ हजार ७९८ रुपैयाँ पर्ने छ । ७५ एमबीपीएस अब १५० एमबीपीएस हुने भएको छ । जसको मूल्य कम्पनीले वार्षिक ८ हजार ७५९ रुपैयाँ तोकेको छ ।
डिस होमले १०० एमबीपीएसलाई २०० एमबीपीएस बनाउँदै वार्षिक ९ हजार ६९८ रुपैयाँमा उपलब्ध गराउने भएको छ । १५० एमबीपीएसलाई ३०० एमबीपीएसमा बढोत्तरी गर्दै १० हजार ५७४ रुपैयाँमा दिने कम्पनीले जनाएको छ ।
टेलिकमले १५० प्रतिशत ब्यान्डविथ दिने
नेपाल टेलिकमले एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिड १५० प्रतिशतसम्म बढोत्तरी गरिने टेलिकमले जनाएको छ ।
हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेकाले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्ने छन् ।
यसैगरी ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेकाले सोही मूल्यमा १०० एमबीपीएस र ८० एमबीपीएस सेवा लिइरहेकालाई पुरानै दरमा १५० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सुबिसुको मंगलमय अफरः
सुबिसुले ८० एमबीपीएस इन्टरनेट चार महिनाको प्याकेज ५ हजार र १२ महिनाको ११ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । २०० एमबीपीएस १२ महिनाको इन्टरनेट प्याकेज १३ हजार र ३०० एमबीपीएस १२ महिनाको १७ हजार रुपैयाँमा दिने सुबिसुले जनाएको छ ।
Facebook Comment
Banner
निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।
समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।
समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।
यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
Banner
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।
विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।
अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।
फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।
दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।
नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।
Banner
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।
त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।
ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login