Connect with us
Advertisement

ग्राहक तान्न इन्टरनेट कम्पनीका यस्ता छन् अफर

Published

on

विराटचोकः चाडपर्वलाई मध्यनजर गर्दै नेपालका ठूला इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई आकर्षित गर्न बम्पर अपर ल्याएका छन् । वर्ल्डलिंक, क्लासिक टेक, सीजी नेट, नेपाल टेलिकम, सुबिसु, भायनेट र डिसहोमले अफर सार्वजिनक गरेका छन् ।

क्लासिक टेकः
क्लासिक टेकको नयाँ ग्राहकले नयाँ कनेक्सन जोडेको खण्डमा २०० एमबीपीएस ९०७ रुपैयाँ र ३०० एमबीपीएस १ हजार १७७ रुपैयाँमा पाउने जनाएको छ । क्लासिक टेकले कारो टेल कम्पनीसँग भिडियोकनको स्मार्ट टिभी बिक्रीका लागि साझेदारी गरेको छ। भिडियोकनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी बजार मूल्यभन्दा निकै कममा पाइने कम्पनीले जनाएको छ ।

वर्ल्ड लिंकः
नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायकले दशैं तिहारलाई लक्षित गर्दै अफर ल्याएको छ । जस अन्तर्गत ग्राहकलाई सामसङका उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान दिने वर्ल्डलिंकले अफर ल्याएको छ ।

सामसङ फ्रन्ट लोड इको बबल वासिङ मेसिन खरिदमा सबैभन्दा धेरै १५ हजार ५०० रुपैयाँको छुट पाइनेछ । त्यस्तै ५५ इन्चको सामसङ टेलिभिजनमा १३ हजार, ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा ८ हजार रुपैयाँ छुट दिएको छ ।

मोबाइलतर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी –याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए २४ एलटीई स्मार्टफोन ३ हजार ९९९ रुपैयाँ छुटपछि २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै ग्राहकहरुले २५० एमबीपीएसको वार्षिक नवीकरणमा ५०० एमबीपीएस इन्टरनेट पाउने कम्पनीले जनाएको छ । यस्तै, १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टनेट चलाउन सक्ने छन् ।

भायनेटः
भायनेटले तीन महिना वा १२ महिनाको इन्टरनेट जडान गर्ने वा नवीकरण गर्ने पुराना ग्राहकका लागि अफर ल्याएको छ । १२५ एमबीपीएस इन्टरनेट ८ हजार ४ सय, २०० एमबीपीएसको १० हजार ८ सय र ३०० एमबीपीएस १३ हजार २ सय रुपैयाँमा उपलब्ध हुने जनाएको छ । यो मूल्य १२ महिनाको इन्टरनेट खरिदमा हो ।

भायनेटको इन्टरनेट खरिदमा हिमस्टारको टिभी, अल्टिमा एयरबड, हिमस्टारको रेफ्रिजिरेटर, वासिङ मेसिनलगायतमा छुट हुने छ ।

सीजी नेट
चौधरी समूहको सीजी नेटले ट्रिपल स्पिड, क्यासब्याक र टिभीमा ५० प्रतिशत छुट दिने छ । सीजी डिजिटलसँगको सहकार्यमा सीजी नेटले यो अफर ल्याएको हो । कम्पनीले दैनिक क्यास टपअप, साप्ताहिक स्मार्टवाच र बम्पर उपहारमा ४३ इन्चको स्मार्ट टिभी जित्न सक्ने अफर ल्याएको जनाएको छ ।

डिस होम
डिस होमले ५० एमबीपीएसलाई १०० एमबीपीएसमा बढोत्तरी गरेको छ । यसको मूल्य वार्षिक ७ हजार ७९८ रुपैयाँ पर्ने छ । ७५ एमबीपीएस अब १५० एमबीपीएस हुने भएको छ । जसको मूल्य कम्पनीले वार्षिक ८ हजार ७५९ रुपैयाँ तोकेको छ ।

डिस होमले १०० एमबीपीएसलाई २०० एमबीपीएस बनाउँदै वार्षिक ९ हजार ६९८ रुपैयाँमा उपलब्ध गराउने भएको छ । १५० एमबीपीएसलाई ३०० एमबीपीएसमा बढोत्तरी गर्दै १० हजार ५७४ रुपैयाँमा दिने कम्पनीले जनाएको छ ।

टेलिकमले १५० प्रतिशत ब्यान्डविथ दिने
नेपाल टेलिकमले एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिड १५० प्रतिशतसम्म बढोत्तरी गरिने टेलिकमले जनाएको छ ।

हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेकाले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्ने छन् ।

यसैगरी ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेकाले सोही मूल्यमा १०० एमबीपीएस र ८० एमबीपीएस सेवा लिइरहेकालाई पुरानै दरमा १५० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सुबिसुको मंगलमय अफरः
सुबिसुले ८० एमबीपीएस इन्टरनेट चार महिनाको प्याकेज ५ हजार र १२ महिनाको ११ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । २०० एमबीपीएस १२ महिनाको इन्टरनेट प्याकेज १३ हजार र ३०० एमबीपीएस १२ महिनाको १७ हजार रुपैयाँमा दिने सुबिसुले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक