Connect with us
Advertisement

एकै पटक धितोपत्र बोर्डले ८९ कम्पनीलाई गर्याे कारबाही

Published

on

विराटचोकः नेपाल धितोपत्र बोर्डले इतिहासमै पहिलो पटक ८९ कम्पनीलाई कारबाही गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले कारबाही गर्ने निर्णय गरेको हो ।

सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई दिनुपर्ने विवरण नबुझाएका कारण बोर्डले उनीहरूलाई कारबाही गरेको हो । कारबाहीमा पर्ने कम्पनीहरूलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय समेत भएको बताइएको छ ।

यसअघि धितोपत्र बोर्डले एकै पटक यसरी धेरै कम्पनीलाई कारबाही गरेको थिएन । सामान्यतः कम्पनीहरूले बुझाउने विवरणलाई वास्ता गर्ने गरेका थिएनन् । तर बोर्डले पछिल्लो समय भने यस्तो कारबाहीलाई तीव्रता दिन थालेको छ । यसअघि पनि केही कम्पनीलाई यस्तो कारबाही बोर्डले गरेको थियो । कसैलाई मौखिक रुपमा सम्झाएको बोर्ड यस पटक भने कम्पनीहरूप्रति रुखो देखिएको छ । कम्पनीहरूले सामान्य ठाने पनि विवरणहरू धितोपत्र बजारको लागि निकै महत्वपूर्ण हुने र त्यसले दोस्रो बजारमा निर्धारण गर्ने मूल्यलाई समेत प्रभाव पार्ने भएकोले त्यस विषयमा बोर्ड रुखो हुन बाध्य हुनुपरेको बोर्डले जनाएको छ ।

सूचीकृत कम्पनीहरूलाई समेत संस्थागत सुशासन कायम गराउनको लागि पनि उक्त कदम चाल्न बोर्ड बाध्य भएको बताइएको छ । कम्पनीहरूले आफ्ना वासलातहरू समयमै बुझाउनु पर्ने हुन्छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको परिच्छेद ७ मा सूचना, जानकारी तथा विवरण सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्था बमोजिम हरेक सूचीकृत कम्पनीले त्रैमासिक विवरण बोर्ड समक्ष पेश गर्नुपर्ने हुन्छ ।

सूचीकृत कम्पनीहरूले अर्धवार्षिक विवरण समेत बोर्डमा पेश गर्नुपर्ने हुन्छ । ती विवरण नियम बमोजिम हुनुपर्ने समेत नियमावलीमा उल्लेख छ । बोर्डलाई उपलब्ध गराउनुपर्ने विवरण समयमै उपलब्ध गराउन नसक्ने भए त्यसको जानकारी बोर्डलाई अग्रिम गराउनु पर्ने समेत नियमावलीमा उल्लेख छ ।

यिनै नियमको बर्खिलाप हुने गरी सूचीकृत कम्पनीहरूले विवरण नबुझाएपछि बोर्डले एकै पटक ८९ कम्पनीलाई कारबाही गरेको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज योग दिवस

Published

on

‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । राष्ट्रसङ्घ महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।

सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरु भइसकेको छ ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ । अहिले नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचारप्रसार भइरहेको छ ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डा. हरिप्रसाद पोखरेल बताउनुहुन्छ ।

Continue Reading

Banner

एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक

Published

on

सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।

वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।

पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।

Continue Reading

Banner

आज बजेट पारित गरिँदै,

Published

on

प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।

त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।

सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक