शेयर
तिहारअघिको अन्तिम शेयर कारोबार राताम्य
विराटचोकः बिहीबार भएको तिहारअघिको अन्तिम कारोबारमा शयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।
बिहीबार बजार ११.८५ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक १८५२.०८ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३६ अंकले घटेर ३५७.०४ को विन्दुमा आर्लेको छ । कारोबार रकम ८३ करोड रुपैयाँको मात्रै भएको छ ।
बिहीबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । यो दिन अन्य समूह सर्वाधिक १.५५ प्रतिशतले ओरालो लागेको छ । वित्त समूह १.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२१ प्रतिशत, विकास बैंक समूहमा ०.४३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७७ प्रतिशत, जलविद्युत समूहमा ०.८४ प्रतिशत, लगानी समूहमा ०.६३ प्रतिशत, जीवन बीमा समूहमा १.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२५ प्रतिशत, लघुवित्त समूहमा ०.८३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४१ प्रतिशत र व्यापार समूहमा ०.१४ प्रतिशतको गिरावट आएको छ ।
नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका २८ लाख ३३ हजार ७३१ कित्ता शेयर ८३ करोड ६० लाख ५ हजार ६५६ रुपैयाँमा किनबेच भएका छन् । सोनापुर मिनरल्सको सर्वाधिक ७ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
बजार घटे पनि सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । माउन्टेन इनर्जीको शेयरमूल्य साढे ६ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण २८ खर्ब ५३ अर्ब १ करोड ३९ लाख ५१ हजार १ सय २७ रुपैयाँ कायम भएको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login