Connect with us
Advertisement

रुसी सेनामा नेपाली : फिर्ता पठाउन गरेको अनुरोधलाई रुसले गर्‍यो बेवास्ता

Published

on

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न नेपालले गरेको अनुरोधलाई रुसले बेवास्ता गरेको छ । नेपालले मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित रुसी दूतावासमार्फत रुसी सेनामा नेपालीको भर्नामाथि आपत्ति जनाए पनि रुसले बेवास्ता गर्दै आएको हो ।

नेपालले मानव तस्करको सञ्जाल प्रयोग गरी रुसी सेनामा भर्ना गरिएका नेपालीलाई फिर्ता गर्न र थप भर्ना नगर्न एक महिनाअघि अनुरोध गरेको थियो । तर, रुसले युद्धमा खटाइएका नेपालीको यथार्थ विवरण समेत उपलब्ध गराएको छैन । रुसी सेनामा रहेका नेपालीका अनुसार युद्ध लड्न नसकी घाइते भएकाहरू फिर्ता हुन चाहे पनि रुसले फर्कने अनुमति दिने गरेको छैन । रुसी सेनामा भर्ती भइ युक्रेनसँग लड्न गएका मध्ये ९ नेपालीको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयले आफन्तहरूबाट कम्तीमा सय जना नेपालीहरू सर्म्पकविहिन भएको सूचना आएको जनाएको छ ।

पछिल्लो पटक गत पुस ४ मा परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई बोलाएर नेपालीहरूलाई सेनामा भर्ती गर्दै पूरा तालिम नदिई ‘रेड जोन’ मा नपठाउन तथा त्यहाँ भएका नेपालीलाई यथाशीघ्र पठाउन आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार राजदूत एलेक्सेईले आफूले ‘नेपालको सन्देश रुससम्म पुर्‍याइदिन्छु’ भन्दै तर्किएका थिए । उनले नेपालीहरूको सम्बन्धमा थप सूचना केही पनि उपलब्ध गराएनन् ।

परराष्ट्रमन्त्री साउदले हालसम्म रुसी सेनामा गएका सय जना नेपाली हराएको सूचना परिवार र आफन्तले दिएको बताए । ‘सरकारलाई परिवार र आफन्तहरूबाट निवेदन प्राप्त भएको छ,’ उनले भने, ‘त्यस विषयमा हामीले रुससँग कुराकानी गरिरहेका छौं ।’ उनले परराष्ट्रले नेपालीलाई सकुशल फिर्ता ल्याउनको लागि निरन्तर गृहकार्य गरिरहेको दाबी गरे । मन्त्री साउदले रुससँग सरकारले कुटनीतिक संवाद गरिरहेको बताए । ‘नतिजा आएपछि मात्र हामी सबैलाई जानकारी दिने छौं । अहिले नै के कुराकानी भएको थियो भन्नेबारेमा बाहिर बोल्नु उचित हुन्न,’ उनले भने ।

 

रुस र युक्रेनबीच १७ सय किलोमिटरको सिमानामा युद्ध भइरहेको छ । सिमाना र भित्र युक्रेनी भूमिमा पनि नेपाली तैनाथ रहेका बताइएको छ । धेरै मानवीय क्षति भइसक्दा पनि नेपालको आग्रहका बाबजुत रुसले रुसले विवरण सार्वजनिक गरेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् ।

आफन्तले दाहसंस्कार गरेको थप दुई जनाको विषयमा परराष्ट्रले औपचारिक पुष्टि गरेको छैन । ‘हामीले गर्न सक्ने र भन्नु पर्ने ठाँउमा भनिरहेका छौं । तर रुसले हामीले भनेको मानेकै छैन । जसले गर्दा त्यहाँ रहेका नेपालीहरूको अवस्था थाहा पाउन निकै गाह्रो भइरहेको छ,’ परराष्ट्रका एक पदाधिकारीले भने । उनका अनुसार सरकारले आफ्नो माध्यमबाट प्रयास गरिरहने र मस्कोस्थित दूतावासलाई पनि थप सक्रिय हुनको लागि आग्रह गरेको छ ।

रुसी सेनामा नेपालीको प्रयोग सम्बन्धमा कान्तिपुर दैनिकले काठमाडौंस्थित रुसी दूतावाससँग सम्पर्कमा आए । तर नेपालीहरूको रुसी सेनामा प्रयोगको सम्बन्धमा भने कुनै पनि जवाफ दिन चाहेनन् । रुसी सेनामा भर्ती भएका नेपालीका सम्बन्धमा परराष्ट्र मन्त्रालय लामो समय प्रतिक्रियाविहीन रहेको नेपाल सरकारले साउन १६ मा परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गरेको थियो ।

परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्र (भारत र बेलायत) बाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको परराष्ट्रको भनाइ थियो । घटना हुनु अगाडि नै परराष्ट्र मन्त्रालय सक्रिय बन्न सकेन । मस्कोमा रहेको नेपाली दूतावासले भने नेपालीहरूको रुसी सेनामा भर्ती सम्बन्धमा कुनै पनि सूचना पाउन सकेन । नेपालीहरू रुसी सेनामा एक वर्षदेखि भर्ती भएको विषय नेपालीहरू युद्धमा मारिएपछि विदेशी सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि मात्रै नेपाली दूतावासले थाहा पाएको थियो ।

दोस्रो पटक मंसिर १८ मा परराष्ट्रले ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको जानकारी दियो । रुसका लागि नेपाली राजदूतले पनि त्यहाँको परराष्ट्र मन्त्रालयमा गएर नेपाल सरकारको सन्देश सुनाएका थिए । राजदूतले रुसी सेनामा भर्ती भएका नेपालीको सम्झौतापत्र रद्द गरी नेपाल पठाइदिन अनुरोध गरेका थिए ।

राजदूत एलेक्सेईलाई मंसिर तेस्रो साता बोलाएर नेपाल सरकारले ध्यानाकर्षण गराउनुका साथै कूटनीतिक नोट पनि हस्तान्तरण गरेको थियो । पुस ४ मा पनि परराष्ट्र मन्त्रालयले राजदूत नोभिकोभलाई बोलाएर ध्यानाकर्षण गरायो । नेपाली युवाहरू एक वर्षको सम्झौता गरी रुसी सेनामा भर्ती भएका हुन्छन् ।

तालिम लिएर सैन्य क्याम्पमा प्रवेश गरेपछि सम्झौता अवधि पूरा नभएसम्म फर्कन नपाइने प्रावधान रुसको छ । बीचमै फर्किए वा भागेमा रुसी सेनाको अपराध संहिता ३३७ अनुसार कारबाही हुने उल्लेख छ । घाइते भएर वा आरामका लागि सैन्य क्याम्प आइपुगेका नेपालीहरू आफन्त र नेपाली दूतावाससमक्ष उद्धारका लागि अपिल गरिरहेका भिडियो सामाजिक सञ्जाल मार्फत् सार्वजनिक भइरहेरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक