Connect with us
Advertisement

५९ दिनपछि निर्वाचन : माघ २ बाट निर्वाचन अधिकृतको क्षेत्रगत खटाइ

Published

on

निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ। आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो।आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

अब नागरिक एपमै उपलब्ध मतदाता परिचयपत्र, स्क्रिनशट लिन सकिने

Published

on

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग को समन्वयमा नागरिक एप मा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ। एपको भर्सन २.०.९० मार्फत मतदातालाई लक्षित गर्दै यो व्यवस्था गरिएको हो।

आयोगका अनुसार अब मतदाताले नागरिक एपमा रहेको आफ्नो मतदाता परिचयपत्रको स्क्रिनशट लिएर त्यसको प्रिन्ट कपीलाई मतदान स्थलमा ‘सपोर्टिभ’ (सहायक) प्रमाणका रूपमा प्रयोग गर्न सक्नेछन्। यसले परिचयपत्र बोक्न बिर्सिएका वा हराएका मतदातालाई मतदान प्रक्रियामा सहज हुने अपेक्षा गरिएको छ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको नागरिक एप अपडेट गर्नुपर्नेछ। हाल एन्ड्रोइड प्रयोगकर्ताका लागि यो सुविधा क्रमशः उपलब्ध भइसकेको छ भने आईओएस प्रयोगकर्ताका लागि पनि छिट्टै अपडेट सार्वजनिक गरिने प्राविधिक टोलीले जनाएको छ।

डेटा सुरक्षा र व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै यसअघि नागरिक एपभित्र कुनै पनि कागजातको स्क्रिनशट लिन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो। तर निर्वाचनजस्तो विशेष परिस्थितिलाई मध्यनजर गर्दै मतदाता परिचयपत्रको मात्र स्क्रिनशट लिन मिल्ने बनाइएको हो। एपमा रहेका अन्य व्यक्तिगत कागजातको भने अझै पनि स्क्रिनशट लिन सकिँदैन।

प्राविधिक टोलीका अनुसार एउटा निश्चित कागजातको मात्र स्क्रिनशट लिन मिल्ने र अन्यमा प्रतिबन्ध कायम राख्ने प्रविधि विकास गर्नुपरेकाले यो विशेष फिचर ल्याउन केही समय लागेको हो।

यस अपडेटसँगै एपमा अन्य प्राविधिक सुधारसमेत गरिएको छ। अब नागरिकता नियमावलीअनुसार परिवर्तन भएका विवरण स्वतः अद्यावधिक हुनेछन्। साथै ई–पासपोर्ट (विद्युतीय राहदानी) बनाइसकेका प्रयोगकर्ताका लागि एपभित्रै नयाँ पासपोर्टको विवरण देखाउने सुविधा पनि थपिएको छ।

Continue Reading

Banner

एन्फा महिला च्याम्पियनशिपको ट्रफी एपीएफको पोल्टामा

Published

on

त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला च्याम्पियनशिपको उपाधि जितेको छ ।

उदयपुरको थारुहट रङ्गशालामा आज भएको फाइनलमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफका गीता राना र रेनुका नगरकोटेले १÷१ गोल गरे । आर्मीकी जेनिफर रानाले गोल गरिन् ।

योसँगै विजेता बनेको एपीएफले ७ लाख ५० हजार र उपविजेता आर्मीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

आर्मीले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो । एपीएफले दोस्रो सेमिफाइनलमा सङ्कटा एफसीलाई हराउँदै उपाधि नजिकै पुगेको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अयोजना गरेको नकआउट फुटबल प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।

Continue Reading

Banner

आठ वर्षपछि नेपाल-पोर्चुगल सरकारबीच औपचारिक संवाद

Published

on

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो बैठक नेपाल सरकार र पोर्चुगल सरकारबीच आठ वर्षपछि भएको औपचारिक भेटघाट हो । यसअघि सन् २०१८ मा तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारका तर्फबाट औपचारिक पोर्चुगल भ्रमण गरेका थिए । बीसीएमको बैठकमा राजनीतिक, आर्थिक र कन्सुलर मामिलासहित नेपाल-पोर्चुगल सम्बन्धका समग्र क्षेत्रबारे समीक्षा भएको नेपाली राजदूतावासले जनाएको छ । दुवै पक्षले जलवायु परिवर्तन र बहुपक्षीय प्रणालीमा सहयोगलगायत पारस्परिक हितका मुद्दाहरूमा  विचार आदानप्रदान गरेका थिए ।

यस्तै व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउनेमा दुवै पक्ष सहमत भएका छन् ।

बैठकमा परराष्ट्र सचिव राईले कन्सुलर प्रमाणीकरण र कागजात प्रमाणीकरण सम्बन्धी मामिलासँग सम्बन्धित नेपाली समुदायले सामना गरिरहेका समस्याहरूलाई सम्बोधन गर्न सहरीकरणका लागि पोर्चुगल पक्षलाई अनुरोध गरेका थिए । सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई अँगालेकामा पोर्चुगल सरकारलाई धन्यवाद समेत दिएका थिए । यहाँ ६० हजार भन्दा बढी नेपाली स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएको अनुमान छ । सरकारी तथ्यांकअनुसार ३० हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन् ।

पोर्चुगलका विदेश सचिव जेभियरले यहाँको अर्थतन्त्रमा नेपाली समुदायको योगदानको कदर गरिन् । पोर्चुगल पक्षले नेपाली पक्षले साझा गरेको चिन्तालाई सकारात्मक रूपमा ध्यान दिएको समेत उनले बैठकमा बताइन् ।

यसै बीच, नेपालका परराष्ट्र सचिव राईले पोर्चुगल व्यापार तथा लगानी एजेन्सी (एआइसीइपी) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रियात्मक बैठक समेत सम्पन्न गरेका छन् । बैठकमा पोर्चुगलको ऊर्जा नीतिको बारेमा जानकारी दिइएको राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए ।

सो अवसरमा सचिव राईले जलविद्युत उत्पादन, प्रसारण र वितरणलगायत नेपालमा स्वच्छ ऊर्जाका क्षेत्रमा पोर्चुगिज लगानीकर्ताहरूका लागि लगानीका अवसरहरू अन्वेषण गर्न नेपालको लगानी बोर्डसँग कार्यस्तरीय छलफल गर्न एआइसीइपीलाई सुझाव दिए ।

शुक्रबार बिहान परराष्ट्र सचिव राईले पोर्चुगिज गणतन्त्रका विदेश मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डे सौसा रिबेरो टेलेससँग शिष्टाचार भेट समेत गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक