Banner
विजय लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुला
विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले आज (पुस २१ गते) देखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको हो।
निष्काशन बन्द छिटोमा पुस २४ गते हुनेछ भने ढिलोमा माघ ५ गते हुनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
Facebook Comment
Banner
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश
सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।
आज न्यायाधीशद्वय महेश शर्मा पाैडेल र नित्यानन्द पाण्डेयकाे संयुक्त इजलासले काठमाण्डाै जिल्ला अदालतबाट चैत २४ जारी भएकाे पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेकाे हाे । याे पक्राउ पूर्जी स्वतः निष्क्रिय भएकाे सर्वाेच्चकाे आदेशमा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेकाे सर्वाेच्चकाे निष्कर्ष छ ।
विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेकै बेला काठमाण्डाै जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो । याे पक्राउ अनुमतिविरुद्ध देउवाकाे तर्फबाट सर्वोच्चमा रिट दायर भएकाे थियाे ।
Banner
काभा महिला भलिबल : माल्दिभ्सलाई साेझाे सेटमा हराउँदै नेपाल सेमिफाइनलमा
माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आज नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–२० ले जित्यो ।
यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।
भाेलि हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ ।
यस्तै समूह ‘बी’ बाट काजकिस्तान र इरान लगातार दाेस्राे जीतसहित सेमिफाइनलमा प्रवेश गरेका छन् ।
Banner
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर गोली चल्यो
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ ।
यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ । ह्वाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो ।
घटनापछि ह्वाइट हाउसलाई अस्थायी रूपमा ‘लकडाउन’ गरिएको थियो, यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा ह्वाइट हाउसमै रहनुभएएको खबरमा उल्लेख छ ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login