Banner
कांग्रेस आधिकारिकता विवादमा देउवा पक्ष निर्वाचन आयोग पुग्यो
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता–कार्यकर्ताहरुको टोली आयोग पुगेको हो । नेता कल्याण गुरुङले केन्द्रीय समितिका पदाधिकारीहरु, जिल्ला सभापतिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाको टोली निर्वाचन आयोग पुगेको बताए । ‘हामी हाम्रा कुरा राख्न आयोग आएका छौं,’ गुरुङले भने ।यही पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै सभापति शेरबहादुर देउवा पक्षले र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनउपर छानबिन गरिरहेको आयोगले जनाएको छ ।
Facebook Comment
Banner
पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ
प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा, नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो ।
प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिसपी हरिबहादुर बस्नेतका अनुसार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
त्यसैगरी, प्रहरीले मौनअवधिमा रकमसहित हिँड्दै गरेका सिरह–३ का उम्मेदवार यादवलाई पनि नियन्त्रणमा लिएको हो।
सिरहा प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्करपियोमा चार लाख ८७ हजार रुपियाँसहित यादव फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उम्मेदवार यादवसँगै प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीका सवार पाँच जनासमेत पक्राउ परेका छन् ।
प्रहरीले उनको गाडीबाट अन्य शंकास्पद सामग्रीसमेत फेला पारेको छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Banner
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न आग्रह गरेका छन् । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टलमा खाडी क्षेत्रका विभिन्न दूतावासले नेपाली श्रमिकलाई आफ्नो विवरण भर्न आग्रह गरेका हुन् ।
नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्थासम्बन्धी तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना सङ्कलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो ।
परराष्ट्र मन्त्रालयको तयार पारेको पोर्टलमा साउदी अरब, यमनमा रहेका नेपालीकाबारेमा सूचना सङ्कलन गरिनेछ । यस्तै, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी सङ्घसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।
Banner
निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
उम्मेदवार र मतदातालाई सहज बनाउनका लागि आयोगले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
यही फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य तथा सेवामा असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोधअनुरूप महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको उल्लेख गरिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ । सो कार्यका निम्ति उक्त कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ ।
नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ ।
भुक्तानीसम्बन्धी तथा आवश्यक प्रणालीको निर्वाध सञ्चालनको प्रबन्ध मिलाइएको आयोगले जानकारी दिएको छ । मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन भएकाले सो दिन वित्तीय एवं बैंकिङ सेवा सञ्चालन नहुने र सोको भोलिपल्ट फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login