Banner
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट
कम्पनीले गत माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा केही समयपछि https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।
Facebook Comment
Banner
डा. शर्माको सहयोगमा अन्सले पाए नयाँ जीवन
सर्लाहीकी सकुन्तल शाह काठमाडौंको कपन–सुकेधारामा मकै पोलेर परिवार चलाइरहेकी थिइन् । दैनिक ज्याला मजदुरीमै जीवन धानिरहेकी सकुन्तलको संसार उनका नाबालक छोरा अन्सकुमार साह वरिपरि घुम्थ्यो । तर एकाएक आएको एउटा दुखद् खबरले उनको होसहवास उड्यो ।
स्थानीय बासिन्दाले आत्तिँदै आएर उनका छोरालाई गाडीले ठक्कर दिएको खबर सुनाए । ट्युसन पढेर कोठातर्फ फर्किरहेका अन्स बाटो काट्ने क्रममा दुर्घटनामा परेका थिए । खबर सुन्नासाथ आमाको मुटुले ठाउँ छोड्यो । उनी सबैथोक छोडेर घटनास्थलतर्फ दौडिइन् ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका बालकलाई तत्काल शिक्षण अस्पताल पु¥याइयो । तर त्यहाँबाट उनलाई थप उपचारका लागि भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज रेफर गरियो । एकातिर चोटको असह्य पीडाले सानो बालक अस्पतालको बेडमा छटपटाइरहेका थिए भने अर्कोतिर आमाको मन उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले जलिरहेको थियो । गरिबी, पीडा र असहायताको त्यो क्षण सकुन्तलका लागि अत्यन्तै कठिन थियो ।
संयोग पनि कहिलेकाहीँ जीवन बदल्ने गरी आउँदो रहेछ । सकुन्तलको त्यो पीडा र छटपटाहट उनकै छिमेकीसमेत रहेका सहयोगी माधव चौलागाईंले थाहा पाए । उनै चौलागाईंले नै काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा नेपाली कांग्रेसका युवानेता डाक्टर सुनीलकुमार शर्मासँग अन्सको निःशुल्क उपचारका लागि आग्रह गरे । सबै कुरा बुझिसकेपछि डा. शर्माले अन्सको उपचार तत्काल अघि बढाउन अस्पतालका पदाधिकारी र चिकित्सकहरूलाई निर्देशन दिए । त्यसपछि डाक्टरहरूको टोलीले अन्सको टाउकोको सफल शल्यक्रिया ग¥यो । समयमै पाएको उपचार, चिकित्सकहरूको मेहनत र सबैको साथले अहिले अन्स क्रमशः निको हुँदै गइरहेका छन् ।
आज सकुन्तलको आँखामा फेरि आशाको उज्यालो फर्किएको छ । छोराले नयाँ जीवन पाएको खुसीमा उनले डा. शर्मा, उपचारमा संलग्न चिकित्सक टोली र सहयोग गर्ने सबैप्रति आफ्नै मातृभाषामा भावुक हुँदै धन्यवाद व्यक्त गरेकी छन् ।
कहिलेकाहीँ एउटा सहयोग, एउटा निर्णय र समयमै गरिएको उपचारले कसैको जीवनमा नयाँ बिहानी ल्याइदिन्छ । अन्सको जीवनमा पनि यस्तै नयाँ बिहानी उदाएको छ ।
डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।
Banner
लिग–२ क्रिकेट : नेपाल स्कटल्यान्डसँग २ रनले पराजित
आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ ।
वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । नेपालका गुल्शन झाले नटआउट ६१, दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । स्कटल्यान्डका ब्राड करीले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले २/२ विकेट लिए ।
यो जीतसँगै स्कटल्यान्डले २९ खेलमा ३६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल २५ खेलमा १८ अङ्कसहित सातौँ स्थानमा छ ।
आजदेखि शुरू भएको लिग–२ शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन् । नेपालले दोस्रो खेलमा जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ मा अमेरिकासँग फेरि खेल्नेछ ।
यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो ।
यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग २÷२ वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो ।
Banner
सुनको भाउ आज तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ । हिजो तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login