Banner
रामेछाप बस दुर्घटनामा ९ जनाको मृत्यु, बेपत्ता खोजी तीव्र
रामेछापको तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घटनास्थलमा थप तीन शव फेला परेपछि मृतकको संख्या बढेको हो। उनका अनुसार ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो भने तीन जनाको शव घटनास्थलमै भेटिएको हो।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस आज बिहान मचानेटार क्षेत्रबाट सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए। बाटोमा थप यात्रु चढे–नचढेकोबारे भने अझै यकिन हुन सकेको छैन। सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलमा अहिले पनि बेपत्ताको खोजी जारी राखेको सीडीओ थापाले जानकारी दिए।
Facebook Comment
Banner
लिग–२ क्रिकेट : नेपाल स्कटल्यान्डसँग २ रनले पराजित
आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ ।
वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । नेपालका गुल्शन झाले नटआउट ६१, दीपेन्द्रसिंह ऐरीले ५५ रन बनाए । स्कटल्यान्डका ब्राड करीले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्यान्डका जर्ज मुन्सेले ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा करण केसी र नन्दन यादवले २/२ विकेट लिए ।
यो जीतसँगै स्कटल्यान्डले २९ खेलमा ३६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल २५ खेलमा १८ अङ्कसहित सातौँ स्थानमा छ ।
आजदेखि शुरू भएको लिग–२ शृङ्खलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन् । नेपालले दोस्रो खेलमा जेठ २ गते अमेरिकासँग, तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ ८ मा अमेरिकासँग फेरि खेल्नेछ ।
यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सँग लिग–२ शृङ्खला खेलेको थियो । यो शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जितेको थियो ।
यसबीचमा नेपालको ‘ए’ टोलीले अमेरिका र स्कटल्यान्डसँग २÷२ वटा अभ्यास खेल खेलेकोमा सबै जितेको थियो ।
Banner
सुनको भाउ आज तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।
चाँदीको भाउ पनि आज एकैदिन तोलामा ३ सय ५५ रुपैयाँले बढेको छ । हिजो तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर तोलाको ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Banner
कोशी सरकारले जलेका सवारी साधन लिलामी गर्ने
कोशी प्रदेश सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा भएको आगजनी र तोडफोडबाट क्षति पुगेका भौतिक संरचना, सवारी साधन, मेसिनरी औजार तथा कार्यालयका सामानहरूको लिलामी बिक्री गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी नयाँ कार्यविधि स्वीकृत गरेको उनले बताए ।
सरकारको कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३ लाई स्वीकृत गरेको मन्त्री पराजुलीले बताए ।
मन्त्रिपरिषद्ले प्रदेश बिउ बिजन नियमावली २०८३ र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३ लाई पनि स्वीकृत गरेको जनाइएको छ ।
सरकारले आर्थिक वर्ष २०८२८३ को लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका विभिन्न निकायहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले बताए ।
बैठकले प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश २०८३ लाई स्वीकृत गरेको छ ।
त्यस्तै, बृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोट गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
साथै, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ लाई पनि स्वीकृत गरिएको जनाइएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login