कोशी प्रदेश
इन्द्रपुर समस्त भजन सञ्जाल समितिको आयोजनामा उद्घोषण तालीम शुरु
विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको इन्द्रपुर समस्त भजन सञ्जाल समितिको आयोजनामा शुक्रबारदेखि उद्घोषण तालीम शुरु भएको छ । आयोजक संस्थाका अनुसार तालीममा ३० जनाभन्दा बढी सहभागी छन् ।
शुक्रबार तालीमको उद्घाटन गर्दै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले उद्घोषणले बोल्ने कलाको साथै आत्मविश्वास बढाउन र नेतृत्व क्षमताको वृद्धि गर्न उद्घोषण तालीम सहायक हुने बताइन् ।
कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईँले कार्यक्रमको मुख्य व्यक्ति नै उद्घोषक भएको बताए ।
रुजा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम भीमादेवी खतिवडाले सञ्चालन गरेकी थिइन् । बालकृष्ण घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा भगवती पौडेल, यादव घिमिरे, भक्तकिरण राई, पुष्प भुजेल लगायत उपस्थित थिए ।
कार्यक्रमको सहजकर्तामा रेडियो सुसेलीका सञ्चारकर्मी केपी घिमिरे रहेका छन् । जनचेतना सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा भइरहेको कार्यक्रम आइतबार सम्पन्न हुनेछ ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login