कोशी प्रदेश
शिक्षा सन्देश स्कुल बेलबारीमा बाल साहित्य महोत्सव हुने
विराटचोकः शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारीले बाल साहित्य महोत्सव गर्ने भएको छ । मोरङको बेलवारीस्थित लालभित्तीमा रहेको सो स्कुलले माघ १५ र १६ गते बाल साहित्य महोत्सव गर्ने आइतबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
किताबी ज्ञानले मात्र बालबालिकामा पूर्णता नहुने भएकाले अतिरिक्त क्रियाकलापलाई जोड दिँदै अन्य विद्यालयभन्दा फरक शैली अपनाइएको विद्यालयले जनाएको छ । साहित्य र कलाका क्षेत्रमा केही नौलो काम गर्ने हेतुले विद्यालयले बालबालिकाको रुचि, क्षमता र ज्ञान तथा सीपको मापन गराउने महोत्सवले सघाउ पुग्ने जनाएको छ । विद्यार्थीको आत्मविश्वास बढाउने खालका विभिन्न विधामा साहित्य महोत्सव नै आयोजना गरिने विद्यालयले जनाएको हो ।
बाल साहित्य महोत्सवअन्तर्गत कविता प्रतियोगिता, चित्रकला प्रतियोगिता, नाटक मञ्चन, बालसाहित्यका पुस्तक प्रदर्शनलगायत साहित्यसम्बन्धी अन्य कार्यक्रमसमेत गर्न लागिएको विद्यालयले जनाएको छ ।
बालबालिकाले समाजमा खारिएका साहित्यकारसँग बसेर साहित्यका विषयमा ज्ञन लिन पाउने र साहित्य विधामा प्रवेश गर्ने अवसरसमेत मिल्ने भएकाले यस्तो महोत्सव गर्न लागिएको विद्यालयका प्रिन्सिपल राजेश खत्रीले बताए ।
बाल साहित्य महोत्सवमा अभिभावकलाई अवलोकन गर्ने व्यवस्था समेत मिलाइएको बताइएको छ । यस्तै, अन्य विद्यालयका विद्यार्थीलाई समेत अवलोकन गराउने विद्यालयले पत्रकार सम्मेलनमार्फत् जनाएको छ । बालबालिकाहरु सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रममा केन्द्रित भइरहेको वर्तमान अवस्थामा यो नौलो र बेलबारीकै पहिलो बाल साहित्य महोत्सव भएको बताइएको छ ।
यो कार्यक्रमले फरकफरक क्षमता भएका बालबालिकालाई उनीहरुको रुचि के रहेछ भन्ने चिनाउन महत्वपूर्ण अवसर हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणजंग थापाले बताए ।
पछिल्लो पुस्तामा साहित्यप्रति लगाव र आकर्षण घट्दै गएको अवस्थामा यो कार्यक्रमले बालबालिकालाई साहित्यप्रति जागरुक गराउन सक्ने विद्यालयले जनाएको छ । विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई साहित्यमार्फत् दक्ष, प्रभावशाली र क्षमतावान् नागरिक बनाई गाउँ, समाज र राष्ट्रिय स्तरमा दखल राख्ने एक प्रतिभाशाली नागरिक बनाउने प्रमुख उद्देश्य रहेको विद्यालयका काउन्सिलर भुपाल बस्नेतले बताए ।

Facebook Comment
Banner
निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।
समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।
समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।
यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
Banner
आधुनिक विज्ञान्, ब्रह्माण्डको उत्पत्तिको कथा र हाम्रो कक्षाकोठा
हरेक बालबालिकालाई आजको दैनिक जीवनमा प्रयोग हुने प्रविधिहरूको पछाडि रहेको भौतिकशास्त्र र ब्रह्माण्ड कसरी सिर्जना भयो भन्ने सुन्दर कथा बुझ्ने अधिकार छ। हरेक जातिको ब्रह्माण्डको उत्पत्तिबारे आफ्नै कथा छ तर सबैका कथा अपूर्ण र तथ्यभन्दा फरक छन्। यो ज्ञान केवल विश्वविद्यालयका विद्वानहरूको मुठ्ठीमा सिमित छ। सामान्य कक्षाकोठासम्म विरलै मात्र पुग्छ।
नेपालका कक्षा १० का विद्यार्थीहरूलाई ब्ल्याक होल (Black hole) के हो भनेर सोध्नुहोस्, उनीहरूले पाठ्यपुस्तकको एउटा हरफ घोकेर सुनाउलान् तर स्पेसटाइम (Spacetime) किन बाङ्गिन्छ? फोटोन (photon) के हो ? भनेर सोध्ने वित्तिकै जवाफ हराउँछ। यो विद्यार्थीको दोष होइन यो पाठ्यक्रमको समस्या हो। नेपालको कक्षा १० को विज्ञान पाठ्यक्रमले बल, दबाब र ऊर्जा अनि सौर्यमण्डल र ताराहरूको छोटो, वर्णनात्मक परिचयलाई मात्र समेट्छ। जुन प्रायः ३०० वर्ष पुरानो भौतिकशास्त्र हो। सापेक्षता (Relativity), क्वान्टम प्रविधि (Quantum technology), र बिग ब्याङ (Big bang) — जुन विचारहरूले वास्तवमा आधुनिक प्रविधि र ब्रह्माण्डको उत्पत्तिलाई व्याख्या गर्छन्, तिनको उल्लेख विरलै मात्र हुन्छ। न्युटनपछि विज्ञान धेरै अगाडि बढिसकेको छ। भूकेन्द्रित मोडेलले सूर्यकेन्द्रित मोडेललाई ठाउँ दियो। त्यसपछि आइन्स्टाइनको सापेक्षता आयो, र अन्ततः विग व्याङ सिद्धान्त आयो। यो हाम्रो युगको सृष्टि कथा नै हो भन्दा फरक पर्दैन।
यो ब्रह्माण्डीय उत्पत्तिको कथाको निर्माण विश्वभरका वैज्ञानिकहरू मिलेर शताब्दी लगाएर गरेका हुन्। जसलाई अहिले हब्बल (Hubble) र जेडब्ल्यूएसटी (JWST) जस्ता टेलिस्कोपहरूबाट प्राप्त प्रमाणहरूले पुष्टि गरिरहेका छन्। बिडम्बना, अधिकांश विद्यार्थीले यो कथा कहिल्यै सुन्दैनन् जुन आम मनिसले सुन्न, बुझ्न जरुरी भइसकेको छ । त्यसैले हामीले अब यसलाई विद्यालय शिक्षामा पाठ्यक्रममै समविष्ट गरी हरेक बच्चालाई सुनाउन आवश्यक छ। पाठ्यक्रममा समाविष्ट गरेर मात्र यो समस्याको हल हुन्न । कक्षाकोठामा विज्ञान कसरी पढाइन्छ? भन्ने कुरामा पनि भर पर्छ। नेपाली कक्षाकोठाहरू, विश्वभरका अन्य पठनविधि जस्तै, अझै पाठ्यपुस्तक र व्याख्यानमै भर पर्छन्। जसमा पढ्ने, घोक्ने, परीक्षाका लागि दोहोर्याउने क्रियाकलाप पर्छन्। यसरी पढाउँदा विज्ञान रोचक हुनुको साटो उल्टै दिक्क लाग्दो र झन्झटिलो बन्छ। यसको विकल्प हामीले सोच्नुपर्ने जरुरी भैसकेको छ।
एउटा परीक्षण गरिएको विकल्प पहिले नै आफ्नो अस्तित्वमा छ। विगत एक दशकदेखि, “आइन्स्टाइन–फस्ट (Einstein-First)” भनिने एउटा दृष्टिकोण ७० बढि अस्ट्रेलियाली विद्यालयहरूमा परीक्षण गरी राखिएको छ। अहिले यो परीक्षण युरोपसम्म फैलिदै छ। यसले व्याख्यानको सट्टा व्यावहारिक क्रियाकलाप र नमुनाहरू प्रयोग गरी कक्षा ३ देखि नै अणु, फोटोनजस्ता आधारभुत अवधारणाहरु सिकाइ स्पाइरल करिकुलम (Spiral curriculum) को सिद्धान्त अनुरुप माथिल्ला कक्षाहरुमा तिनलाई थप विस्तृत बनाई पाठ्यक्रम निर्माण गरेको छ। जसले गर्दा कक्षा १० सम्म आइपुग्दा विद्यार्थीहरुमा आधुनिक प्रविधि र ब्राह्मण्डको उत्पत्तिको कथा बुझ्न चाहिने सम्पूर्ण ज्ञान हुन्छ। यस परीक्षणको उल्लेखनीय परिणाम पनि देखिएका छन् जुन अन्तराष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित छन्। यस प्रयोगले विद्यार्थीहरूमा उत्सुकता, आत्मविश्वास र विज्ञानप्रतिको रूचि बढेको पाइएको छ। भौतिकशास्त्रप्रतिको रुचिमा रहेको लैङ्गिक खाडल समेत घट्दै गएको र सोच्ने क्षमतामा वृद्धि भएको पाइएको छ। सिकाइपश्चात् विद्यार्थीहरुले वास्तविकता र भ्रम चिर्न सफल भएको उदाहरणहरु प्रस्तुत गरिएको छ।
यदि हामीले पनि यस प्रोजेक्टसँग सहकार्य गरी नेपालमा यो पठ्यक्रम लागु गर्न सके हाम्रा बालबालिकाहरुले युगानुकूल उत्कृष्ट शिक्षा हाँसिल गर्ने थिए। ब्रह्माण्डलाई एक शताब्दी अगाडि बुझिएको जस्तो नभई, त्यो जस्तो छ वास्तवमा त्यस्तै बुझ्नेथे। भावी भौतिकशास्त्रीहरूले मात्र नभई सबै विद्यार्थीले आफ्नो संसार बुझ्ने र गलत सूचनालाई प्रश्न गर्ने क्षमता निर्माण गर्ने थिए। भलै पाठ्यक्रम सुधार जहाँसुकै ढिलो हुन्छ, हामीले यसलाई गम्भीरतापूर्वक लिई चाँडो भन्दा चाँडो यो पाठ्यक्रम अनुसरण गर्न अत्यन्त जरुरी देखिन्छ ।
Banner
आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको थियो ।
त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login