कोशी प्रदेश
खाद्य मेलामा १२ स्टल पुरस्कृत, उत्साहजनक सहभागिता भएको आयोजकको भनाइ
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा लागेको ३ दिने खाद्य मेला आइतबार समापन भएको छ । मेलामा उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ ।
मेलामा विभिन्न ३ समूहमा गरी १२ ओटा स्टल पुरस्कृत भएका छन् । उत्पादनमूलक उद्योग समूह, चेतनामूलक तथा प्रबद्र्धनात्मक समूह र परम्परागत तथा स्थानीय परिकार गरी ३ समूहमा स्टललाई विभाजन गरी पुरस्कृत गरिएको थियो ।
जसमध्ये उत्पादनमूलकतर्फ हिमाली कृषि उद्योग जुम्ला, मातृभूमि टि स्टेट मोरङ, हिमालय अर्गानिक सिस्नो प्याकेजिङ उद्योग सङ्खुवासभा र नमूना कलेक्सन अचार उद्योग इलामले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाए ।
त्यस्तै, चेतनामूलक तथा प्रबद्र्धनात्मक समूहतर्फ केन्द्रीय प्रविधि क्याम्पस (न्युट्रिसन) धरान, न्युट्रिसन काउन्सिलिङ एण्ड रिसर्च प्रालि, सुनसरी टेक्निकल कलेज र नीलगिरी कलेज इटहरी क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो भए ।
परम्परागत तथा स्थानीय परिकार समूहतर्फ धोती पोगोडी किसान समूह मोरङ, नेवारी हलेसी खाजा घर मोरङ, धिमाल खाद्यान्न परिकार खाजा घर मोरङ र अन्तुडाँडा सामुदायिक होम स्टे इलामले क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाए ।
पुरस्कृत स्टलमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो हुनले क्रमश नगद १० हजार, ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगद तथा प्रमाणपत्र प्रदान गरे । समापन कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालको अध्यक्षतामा भएको थियो ।
खाद्य मेलाका सहभागी भन्छन्, ‘विराटचोकमा सोचेभन्दा राम्रो व्यापार भयो’
Facebook Comment
अर्थ
स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयको पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी गर्न नसकिने बताएका छन् ।
सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर केही मानिसले राजनीतिको रोटी सेकाउन थालेको भन्दै अर्थमन्त्रीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन ।’
Banner
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Banner
यी हुन् सिटिजन लाइफ इन्स्योरेन्सका ठूला शेयरधनी, कान्तिपुर पब्लिकेसनको हिस्सा ७.४३ प्रतिशत
सिटिजन्स लाईफ ईन्स्योरेन्समा १ प्रतिशत बढी स्वामित्व भएका लगानीकर्ताहरुको संख्या २२ जना रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।
कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।
यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व रहेको छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login