कोशी प्रदेश
भोलि हुने स्कुल प्रिन्स एण्ड प्रिन्सेसको फाइनलमा २७ जना प्रतियोगी
विराटनगरः विराटनगरमा आयोजना भइरहेको स्कुल प्रिन्स एण्ड प्रिन्सेसको फाइनलमा २७ जना प्रतिष्पर्धी पुगेका छन् । फाइनल शनिबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने आयोजकले जनाएको छ ।
आयोजक हाउस अफ मिडिया एण्ड इन्टरटेन्टमेटका अनुसार प्रतियोगीहरू बन्द प्रशिक्षणमा छन् । उनीहरूले यस क्षेत्रका विज्ञहरूबाट बन्द प्रशिक्षणमा व्यक्तित्व विकासदेखि ¥याम्प र सामाजिक कार्यको बारेमा जानकारी लिँदै आएका छन् । यसअघि उनीहरूले आफनो ट्यालेन्ट शोमा प्रतिभा पनि प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ, जीवन बीमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सो प्रतियोगिताको स्कुल प्रिन्सतर्फ शुभम् कर्ण, तापस प्रधान, आयुष बास्तोला, असिमेश मगर, एलेक्स बस्नेत र रोनक अधिकारी फाइनलमा पुगेका छन् ।
त्यस्तै, स्कुल प्रिन्सेसमा बासुदा सुब्बा, निहारिका अधिकारी, सिमरन साह, इनुश्री राई, विज्ञा दुलाल, रोशनी भण्डारी, लक्ष्मी राई, एञ्जल श्रेष्ठ, दीक्षा खड्का, नितिक्षा बस्नेत, युनिता कोइराला, समृद्धि बस्नेत, प्रभा अधिकारी, प्रिया सोनार, मुस्कान यादव, केसीका पोखरेल, वर्षा मगर, सारन राई, आयुषा नेपाल र सदीक्षा कोइरालाले प्रतिष्पर्धा गर्ने भएका छन् ।
Facebook Comment
Banner
तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ ।
केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।
त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । ‘मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,’ उनले भने, ‘विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।
वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।’ मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।
Banner
गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक
विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।
सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।
नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
Banner
गायिका सज्जा चौलागाई र संगीतकार न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा
काठमाडौंः नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार कमला न्यौपानेको शब्द तथा संगीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ ।
भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् । भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् ।
निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप ।
सुशीलविक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो तरङ्ग द वेभ क्रियशनबाट बजारमा आएको हो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login